टर्की भूकम्प: १२८ घण्टापछि बालकको जीवितै उद्धार, मृतकको सङ्ख्या २४,००० नाघ्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २९, २०७९
|
|
४० पटक हेरिएको
Shares
टर्की भूकम्प: १२८ घण्टापछि बालकको जीवितै उद्धार, मृतकको सङ्ख्या २४,००० नाघ्यो

सारांश

  • बीबीसी।
  • टर्कीमा विनाशकारी भूकम्प गएको पाँच दिनसम्म पनि भत्किएका भवन र संरचनाका भग्नावशेषबाट मानिसहरूको जीवितै उद्धार भइरहेको छ।
  • भूकम्प आएको १२८ घण्टापछि हटाईमा एक जना १३ वर्षका बालकको भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ।

बीबीसी। टर्कीमा विनाशकारी भूकम्प गएको पाँच दिनसम्म पनि भत्किएका भवन र संरचनाका भग्नावशेषबाट मानिसहरूको जीवितै उद्धार भइरहेको छ। भूकम्प आएको १२८ घण्टापछि हटाईमा एक जना १३ वर्षका बालकको भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ।

अर्दा क्यान ओभुलाई दक्षिणी टर्कीमा एउटा भत्किएको घरबाट बाहिर निकालेर स्ट्रेचरमा राखिएका तस्बिरहरू सार्वजनिक भएका छन्। भूकम्पको केन्द्रबिन्दु रहेको गाजियान्टेपमा एकजना गर्भवती महिला र उनकी सानी छोरीको ११५ घण्टापछि जीवित उद्धार गरिएको छ।

भत्किएको भवनबाट ती महिला र बालिकालाई निकाल्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राखिएका छन्। टर्कीमा गत सोमवार बिहानै ७.८ म्याग्निच्युडको भूकम्प आएको थियो।
अपराह्न पुन ७.५ म्याग्निच्युडको दोस्रो भूकम्पले थप क्षति पुर्‍याएको थियो। दुवै भूकम्पमा परि टर्की र सिरियामा मृत्यु हुनेहरूको सङ्ख्या २४,००० नाघेको छ।

भूकम्प प्रभावित क्षेत्रहरूबाट ११० घण्टा पछिसम्म पनि एक जना किशोरी सहित कैयौँ मानिसहरू जीवितै उद्धार गरिएका विवरण आएका छन्। जर्मन विपद् प्रतिकार्य संस्थाले भग्नावशेषमा च्यापिएकी एकजना बालिकालाई ११० घण्टापछि जीवितै उद्धार गरेको भिडिओ सार्वजनिक गरेको छ। टर्कीको मानवीयता सहायता संस्थाले समेत एकजना पुरुषलाई स्ट्रेचरमा हालेर एम्बुलेन्समा लैजाँदै गरेको भिडिओ सार्वजनिक गरेको छ।

हिलो र सबैभन्दा शक्तिशाली भूकम्पको केन्द्रबिन्दु रहेको गाजियान्टेपमा शनिवार समेत परकम्पहरू महसुस भएका छन्। पछिल्लो परकम्प ४.६ म्याग्निच्युड मापन गरिएको छ।

पछिल्लो अवस्था
सिरियाका सरकारी सञ्चार माध्यमहरूका अनुसार दमास्कसले अब आफ्ना नियन्त्रण रेखा हुँदै विद्रोही नियन्त्रित क्षेत्रमा अन्तर्राष्ट्रिय सहायता पठाउने अनुमति दिएको छ। राष्ट्रसङ्घीय महासचिवका एकजना प्रवक्ताले बीबीसीलाई बताए अनुसार उनीहरू विद्रोही पकड क्षेत्रमा “सक्दो छिटो” थप सहायता पुर्‍याउने प्रयास गरिरहेका छन्।

उनले यति बेला सिरियामा रहेको भन्दा “थप जटिल आपत्कालको कल्पना गर्न कठिन रहेको” बताएका छन्। सिरियामा मात्र ५३ लाख मानिसहरू घरबारविहीन बनेको आशङ्का गरिएको छ। संयुक्त राष्ट्रसङ्घले ठन्डी मौसमकाबीच सीमाका दुवैतर्फ झन्डै नौ लाख मानिसहरूलाई तत्काल तातो खाना आवश्यक पर्ने जनाएको छ।

आवास, पानी, इन्धन र विद्युत् आपूर्तिको अभावका कारण टर्की र सिरियामा अझै कैयौँले ज्यान गुमाउन सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआन र सिरियाका राष्ट्रपति बसर अल असदले सोमवार आ-आफ्नो देशमा भूकम्प प्रभावित क्षेत्रहरूको भ्रमण गरेका छन्।

एर्दोआनले भूकम्पप्रति सरकारको प्रारम्भिक प्रतिक्रिया आफूले सोचे जस्तो छिटो नभएको स्वीकार गरे। विद्रोहीहरूको नियन्त्रणमा रहेको उत्तरी सिरियामा खटिएका एक चिकित्सकले चिकित्सकीय सहायता बढाउन देशहरूलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

के ‘द कपील शर्मा शो’ मा फर्किन्छन् सुनील?
के ‘द कपील शर्मा शो’ मा फर्किन्छन् सुनील?
जीवित कुमारीको नाउँमा पनि कमाउ धन्दा
जीवित कुमारीको नाउँमा पनि कमाउ धन्दा
मोटरसाइकल हराएको छ ? महाशाखामा बुझ्नुहोस्, फेला पर्न सक्छ !
मोटरसाइकल हराएको छ ? महाशाखामा बुझ्नुहोस्, फेला पर्न सक्छ !
अस्पतालबाट डिस्चार्ज भए लगत्तै मन्त्रिमण्डल पूर्नगठनको तयारीमा प्रम ओली, यी बन्न सक्छन् मन्त्री
अस्पतालबाट डिस्चार्ज भए लगत्तै मन्त्रिमण्डल पूर्नगठनको तयारीमा प्रम ओली, यी बन्न सक्छन् मन्त्री
विश्वकै सबैभन्दा महँगो चामल, कति छ त यसको मुल्य ?
विश्वकै सबैभन्दा महँगो चामल, कति छ त यसको मुल्य ?
मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठलार्इ अाक्रमण गर्नेकाे पहिचान भएकाे अाशंका
मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठलार्इ अाक्रमण गर्नेकाे पहिचान भएकाे अाशंका
अभिनेता ऋतिक रोशन र टाइगर श्राफ ‘वार’को प्रचार एकसाथ नगर्ने भएका छन्:यस्तो छ कारण !
अभिनेता ऋतिक रोशन र टाइगर श्राफ ‘वार’को प्रचार एकसाथ नगर्ने भएका छन्:यस्तो छ कारण !
निगमको प्रथम वाइड बडी जहाज आज पहिलोपटक बिमानस्थलमा अवतरण
निगमको प्रथम वाइड बडी जहाज आज पहिलोपटक बिमानस्थलमा अवतरण
कोप-२९ मा जलवायु न्यायका विषय सशक्तरुपमा उठाउन प्रधानमन्त्रीको आग्रह
कोप-२९ मा जलवायु न्यायका विषय सशक्तरुपमा उठाउन प्रधानमन्त्रीको आग्रह
सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच शिष्टाचार भेटवार्ता, के भयो कुराकानी ?
सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच शिष्टाचार भेटवार्ता, के भयो कुराकानी ?

तपाईंले छुटाउनुभयो कि?