टानमा नवनिर्वाचित दाहाल नेतृत्वद्वारा पदभार ग्रहण

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ४, २०७४
|
|
३५ पटक हेरिएको
Shares
टानमा नवनिर्वाचित दाहाल नेतृत्वद्वारा पदभार ग्रहण

सारांश

  • काठमाडौं ।
  • ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को गत कात्तिक १२ गते सम्पन्न निर्वाचनबाट निर्वाचित नवराज दाहालको नेतृत्वले आज (सोमबार) पदभार ग्रहण गरेको छ ।
  • टानको कार्यालय मालिगाउँमा वर्तमान अध्यक्ष चन्द्र रिजालको नेतृत्वले नवनिर्वाचित टिमलाई पदभार हस्तान्तरण गरेको हो ।

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को गत कात्तिक १२ गते सम्पन्न निर्वाचनबाट निर्वाचित नवराज दाहालको नेतृत्वले आज (सोमबार) पदभार ग्रहण गरेको छ । टानको कार्यालय मालिगाउँमा वर्तमान अध्यक्ष चन्द्र रिजालको नेतृत्वले नवनिर्वाचित टिमलाई पदभार हस्तान्तरण गरेको हो ।

होटल ह्यातमा सम्पन्न टानको ३९ औं वार्षिक साधारणबाट अध्यक्षमा नवराज दाहाल, वरिष्ठ उपाध्यक्षमा खुम बहादुर सुवेदी, प्रथम उपाध्यक्षमा जीवन थापामगर, द्धितिया उपाध्यक्षमा निलहरी बास्तोला, महासचिवमा आङ पेम्बा शेर्पा, सचिवमा सुजन लामिछाने, कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना, सह–कोषाध्यक्षमा, तारा राना निर्वाचित भएका थिए ।

त्यस्तै सदस्यहरुमा ऋतु ग्याम्दान, रविन्द्र अधिकारी, राजन प्रसाद काप्री, गोपाल श्रेष्ठ, जीवन लामा, बाबुराम गुरुङ, सुक बहादुर लामा, शेर बहादुर परियार र जंग बहादुर लामा निर्वाचित भएका थिए ।

पदरभार ग्रहण पश्चात दाहालले सबै पदयात्रा व्यवसायीहरुको समस्या समाधानको लागि आफू अग्रसर हुने बताउँदै सबै पक्षसँग सहकार्य गर्दै समग्र पर्यटन विकासको लागि आफू समाहित हुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?