ज्यान मार्ने उद्योगका फरार अपराधी पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २४, २०७३
|
|
१८७ पटक हेरिएको
Shares
ज्यान मार्ने उद्योगका फरार अपराधी पक्राउ

सारांश

  • ताप्लेजुङ प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार अपराधी सरोज मादेनलाई पक्राउ गरेको छ ।
  • ताप्लेजुङ नगरपालिका ९का मादेनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले पक्राउ गरेका हुन् ।
  • जिल्ला अदालतले पाँच वर्ष कैद सजायँको फैसला सुनाएपछि उनी फरार थिए ।

ताप्लेजुङ प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार अपराधी सरोज मादेनलाई पक्राउ गरेको छ । ताप्लेजुङ नगरपालिका ९का मादेनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले पक्राउ गरेका हुन् ।

जिल्ला अदालतले पाँच वर्ष कैद सजायँको फैसला सुनाएपछि उनी फरार थिए ।

त्यस्तै पाँचथरमा आधा किलो लागूऔषध गाँजासहित आङसराङ गाविस ४का जीवन आङदम्बे पक्राउ परेका छन् ।

आङदम्बेलाई विशेष सूचनाका आधारमा प्रहरी चौकी आङसराङको टोलीले पक्राउ गरेको हो । उनलाई थप अनसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखिएको प्रहरीले जनाएको छ|

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?