टि–२० ब्याटिङको बरियतामा पारसले धोनी, क्रिस गेललाई समेत जिते

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २२, २०७६
|
|
२२ पटक हेरिएको
Shares
टि–२० ब्याटिङको बरियतामा पारसले धोनी, क्रिस गेललाई समेत जिते

सारांश

  • काठमाडौं।
  • नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले टि–२० अन्तर्राष्ट्रिय क्रिकेटको बरियतामा ठूलो छलाङ मारेका छन् ।
  • उनले टि–२० अन्तर्राष्ट्रियको ब्याटिङ बरियतामा भारतका पूर्वकप्तान महेन्द्र सिंह धोनी, वेष्ट इण्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल जता हस्तीलाई समेत पछि पारेका छन् ।

काठमाडौं। नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले टि–२० अन्तर्राष्ट्रिय क्रिकेटको बरियतामा ठूलो छलाङ मारेका छन् । उनले टि–२० अन्तर्राष्ट्रियको ब्याटिङ बरियतामा भारतका पूर्वकप्तान महेन्द्र सिंह धोनी, वेष्ट इण्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल जता हस्तीलाई समेत पछि पारेका छन् । यो पारसको मात्र नभइ अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि नेपाली खेलाडीले पाएको अहिलेसम्मको ठूलो उपलब्धी हो ।

टि–२० को ब्याटिङ बरियतामा पारस ६६ औं स्थानमा छन् । महेन्द्र सिंह धोनी ६७, क्रिस गेल ७३ औं स्थानमा छन् । यो कुनै पनि नेपाली ब्याट्म्यानको अहिलेसम्मको सबैभन्दा माथिल्लो बरियता हो । ब्याटिङतर्फ टप १०० मा पारसबाहेक अन्य नेपाली ब्याट्सम्यान भने परेका छैनन् ।टि–२० अलराउण्डरतर्फ पनि पारसले करिअरकै उच्च स्थान पाएका छन् ।

अलराउण्डरतर्फ उनी २६ औं स्थानमा छन् । अलराउण्डरतर्फ सोमपाल कामी ६७ औं स्थानमा छन् । अन्य नेपाली खेलाडीले टप १०० मा स्थान बनाउन सकेनन् । अलराउण्डरतर्फ पारसले भारतका हार्दिक पण्ड्या, दक्षिण अफ्रिकाका क्रिस मोरिस, वेस्ट इन्डिजका आन्द्रे रसेल, इङ्ल्यान्डका बेन स्टोक्सजस्ता नाम चलेका अलराउण्डरलाई पछि पारेका छन् । बलिङको वरियतामा वसन्त रेग्मी सोमपाल क्रमशः ७१ औं र ७८ औँ स्थानमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?