फोक्सो सुरक्षित राख्न यस्तो खानपान
सारांश
- फोक्सो हाम्रो शरीरको निकै संवेदनशील अंग हो ।
- फोक्सोको सुरक्षामा सामान्य पनि लापरबाही गरियो भने मानिसको ज्यानसमेत जान सक्छ ।
- यसलाई स्वस्थ राख्नका लागि खानपानमा निकै ध्यान दिनुपर्छ ।
फोक्सो हाम्रो शरीरको निकै संवेदनशील अंग हो । फोक्सोको सुरक्षामा सामान्य पनि लापरबाही गरियो भने मानिसको ज्यानसमेत जान सक्छ । यसलाई स्वस्थ राख्नका लागि खानपानमा निकै ध्यान दिनुपर्छ । फोक्सोलाई स्वस्थ राख्नका लागि यस्ता खानेकुरा खान जरुरी छ :
-कागती, मौसम, सुन्तला, गोलभेँडालगायतको जुस नियमित खानुहोस् । यस्तैगरी भुइँकटहर, आँप पनि खाने गर्नुहोस् । विशेषगरी भिटामिन सीयुक्त फलफूल तथा तरकारीले फोक्सोका विकार हटाउने र शरीरमा अक्सिजनको सञ्चार तीव्र बनाउने काम गर्छन् ।
-त्यसो त हामीले हाम्रो खानपानमा प्याजलाई कहिल्यै छुटाउँदैनौँ । तर, कतिपयले प्याज गनाउँछ भन्दै नखाएको पनि पाइन्छ । तर, हरेक मानिसले प्याज अनिवार्य खानुपर्छ । प्याजले फोक्सोलाई सफा र स्वस्थ राख्न मद्दत गर्छ ।
-वेलावेलामा ताजा मकै खाने गर्नुपर्दछ । मकैमा पाइने बेटा–क्रिप्टोसान्थिन भन्ने तत्वले फोक्सोको क्यान्सर हुने सम्भावनालाई कम गर्छ।
-सुन्तला मौसमी फल हो । यो फल पाइएसम्म खानुपर्छ । यसले फोक्सोको क्यान्सर हुने जोखिम कम गर्छ ।
-अदुवा नियमित खानुहोस् । यसले फोक्सोमा जम्मा भएका विकारलाई कम गर्छ । अदुवालाई विभिन्न माध्यमबाट खान सकिन्छ । तरकारी, अचार तथा चियामा समेत राखेर खान सकिन्छ ।
-फलफूलका बोक्रा खाने हाम्रो बानी छैन । तर, कतिपय फलफूलका बोक्रा निकै गुणी हुन्छन् । सुन्तलाको बोक्रा पनि खाने गर्नुहोस् । यसले फोक्सोलाई सफा राख्छ ।
-गाउँघरमा पाइने सिस्नु निकै फाइदाजनक छ । यसमा आइरनको मात्रा उच्च हुन्छ । सिस्नु खानाले फोक्सोमा भएको इन्फेक्सनको प्रभाव कम हुन्छ ।
-लसुनले फोक्सोलाई निकै फाइदा पु¥याउँछ । लसुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले इन्फेक्सनविरुद्ध लड्ने शरीरको क्षमतालाई बढाउने गर्दछ ।
प्रतिक्रिया