टीकापुर काण्डका योजनाकारलाई करोडौं दिइएकोमा विरोधसहित सेनाले पठायो सन्देश : पर्यो फसाद

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ६, २०७४
|
|
१८ पटक हेरिएको
Shares
टीकापुर काण्डका योजनाकारलाई करोडौं दिइएकोमा विरोधसहित सेनाले पठायो सन्देश : पर्यो फसाद

सारांश

  • काठमाडौं, ६ असार ।
  • तराई मधेसमा विखण्डनकारीका गतिविधि बढेको भन्दै नेपाली सेनाले राजनीतिक रूपमा समस्याको समाधान नभए सक्रिय हुने चेतावनी दिएको छ ।
  • राजपाले चलाइरहेको आन्दोलनमा सीके राउतका कार्यकर्ताको सहभागिता, तराईमा महन्थ ठाकुर र सीके राउत मिलेर विखण्डनको आवाजलाई बलियो बनाउन लागेको रिपोर्ट सेनाको गुप्तचर टोलीबाट पाएपछि प्रधानसेनापति राजेन्द्र क्षत्रीले राजनीतिका नाममा विखण्डनका गतिविधिलाई प्रश्रय दिन नसकिने भन्दै राजनीतिक रुपमा समाधान खोज्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सन्देश पठाएको स्रोतले जनाएको छ ।

काठमाडौं, ६ असार । तराई मधेसमा विखण्डनकारीका गतिविधि बढेको भन्दै नेपाली सेनाले राजनीतिक रूपमा समस्याको समाधान नभए सक्रिय हुने चेतावनी दिएको छ ।

राजपाले चलाइरहेको आन्दोलनमा सीके राउतका कार्यकर्ताको सहभागिता, तराईमा महन्थ ठाकुर र सीके राउत मिलेर विखण्डनको आवाजलाई बलियो बनाउन लागेको रिपोर्ट सेनाको गुप्तचर टोलीबाट पाएपछि प्रधानसेनापति राजेन्द्र क्षत्रीले राजनीतिका नाममा विखण्डनका गतिविधिलाई प्रश्रय दिन नसकिने भन्दै राजनीतिक रुपमा समाधान खोज्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सन्देश पठाएको स्रोतले जनाएको छ ।

यसबारे उनले पूर्व प्रधानसेनापतिहरु पनि छलफल गरेर राजनीतिक रूपमा समस्याको समाधान नभए देश बचाउनका लागि सेना सक्रिय हुने चेतावनीसहित प्रधानमन्त्रीलाई जानकारी गराएको स्रोतको भनाई छ ।

नेपाली सेना लोकतन्त्रलाई स्वीकार गर्छ तर लोकतन्त्रको नाममा विभाजनको राजनीति स्वीकार्य नहुने भन्दै प्रधानसेनापति क्षत्रीले त्यस्ता अप्रिय घटना हुनसक्ने सम्भावना टार्नका लागि नेपाली सेना सक्रिय हुने भनेका छन् । उनले राजनीतिक रुपमै समस्यको सामाधान हुनुपर्ने कुरामा पनि जोड दिएका छन् ।

राजपाले चुनावको विरोध गरी आन्दोलनमा जानु, तराई वा मधेस भन्ने वेग्लै देशको आन्दोलन अघि बढाउनुपर्ने भन्दै सीके राउतले बधाईसहितको पत्र पठाउनु गम्भीर कुरा भएको पनि बताएका छन् ।

‘देशलाई खण्डिकरण गर्ने राजनीति, विखण्डन गर्ने आवाजले राष्ट्रिय एकतामा खलल पुग्छ त्यसको परिणाम नराम्रो हुने संकेत पाइएको छ तत्काल यसप्रति ध्यान पुगोस् अन्यथा सेनाले देश बचाउनका लागि सक्रिय हुनुपर्ने अवस्था आउँछ’, सरकारलाई दिएको सुझावमा भनिएको छ, ‘लोकतन्त्र जीवित राख्नका लागि पनि विखण्डनकारी शक्तिले टाउको उठाउने अवसर राज्यले दिन हुँदैन, राज्य असक्षम भए सेनाले यसमा सक्षमता देखाउनेछ ।’

यस्तै, सेनाले सांकेतिक रुपमा टीकापुर घटनाका प्रमुख योजनाकार रेशम चौधरीलाई क्षतिपूर्ति वाफत १ करोड ७५ लाख रुपैयाँ दिने निर्णयमा असन्तुष्टि जनाएको छ । अपराध र आतङ्कसँग जोडिएका व्यक्तिलाई सजायको साटो क्षतिपूर्ति र पुरस्कार दिने प्रवित्तिले विखण्डनकारीहरूको मनोबल बढेको सेनाको ठहर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशकै ठूलो परियोजना सुरु हुँदै, माथिल्लो अरुणमा जुट्यो ५३ अर्ब
देशकै ठूलो परियोजना सुरु हुँदै, माथिल्लो अरुणमा जुट्यो ५३ अर्ब
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
रुसलाई सैन्य वा आर्थिक सहयोग नगर्न चीनलाई अमेरिकाको चेतावनी
रुसलाई सैन्य वा आर्थिक सहयोग नगर्न चीनलाई अमेरिकाको चेतावनी
यस्ता छन् कम्युनिष्ट आन्दोलनबारे केपी र प्रचण्डका संयुक्त विचार
यस्ता छन् कम्युनिष्ट आन्दोलनबारे केपी र प्रचण्डका संयुक्त विचार
कपिलवस्तुका एसपी हटे !
प्रधानमन्त्री दाहालले भने : पुनःनिर्माणको काम बाँकी भए सरकारको पूर्ण साथ रहन्छ
प्रधानमन्त्री दाहालले भने : पुनःनिर्माणको काम बाँकी भए सरकारको पूर्ण साथ रहन्छ
बुद्धले संघ निर्माण गर्नु अघि नै बुद्धको शरणमा आउने दुई बर्मेली दाजुभाई
बुद्धले संघ निर्माण गर्नु अघि नै बुद्धको शरणमा आउने दुई बर्मेली दाजुभाई
आज दुई तिहाई विश्वासको मत लिंदै, ओली सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बन्दै, विपक्षमा कांग्रेस मात्र
आज दुई तिहाई विश्वासको मत लिंदै, ओली सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बन्दै, विपक्षमा कांग्रेस मात्र
एमालेले टुंग्यायो १४ जिल्लाका जिसस प्रमुख र उपप्रमुख उम्मेदवार
एमालेले टुंग्यायो १४ जिल्लाका जिसस प्रमुख र उपप्रमुख उम्मेदवार
अपहरणमा परिएको बालकको उद्धार, अपहरणकारी पक्राउ
अपहरणमा परिएको बालकको उद्धार, अपहरणकारी पक्राउ

तपाईंले छुटाउनुभयो कि?