टी-२० विश्वकपमा आज चार खेल हुँदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २६, २०८१
|
|
१८ पटक हेरिएको
Shares
टी-२० विश्वकपमा आज चार खेल हुँदै

सारांश

  • काठमाडौं।
  • जारी आइसीसी टी-२० विश्वकपमा आज चार खेल हुँदै छन्।
  • आज पहिलो खेल समूह सी अन्तर्गत अफगानिस्तान र न्यूजील्याण्डबीच हुँदै छ।

काठमाडौं। जारी आइसीसी टी-२० विश्वकपमा आज चार खेल हुँदै छन्। आज पहिलो खेल समूह सी अन्तर्गत अफगानिस्तान र न्यूजील्याण्डबीच हुँदै छ। गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ५ बजेदेखि सुरू भएकाे छ।

जारी विश्वकपमा अफगानिस्तानले आफ्नो पहिलो खेल जितेको छ। अफगानिस्तानले युगान्डालाई पराजित गर्दै २ अंक हासिल गरेको छ। त्यस्तै न्यूजील्याण्डको बने यस विश्वकपमा यो पहिलो खेल हो। अफगानिस्तान र न्यूजील्याण्डबीच अहिलेसम्म केवल एक टी-२० खेल भएको छ, जुन न्यूजील्याण्डले जितेको छ।

त्यस्तै आज दोस्रो खेलमा समूह डी मा रहेको बंगलादेश र श्रीलंका खेल्दै छन्। डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ६ ब्नाजेदेखी शुरु हुँदै छ।

यस विश्वकपमा श्रीलंकाले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग हार बेहोरेको छ भने बंगलादेशको यो पहिलो खेल रहेको छ। त्यसैगरी बंगलादेश र श्री लंका अहिलेसम्म टी-२० अन्त्र्रश्त्रिउ खेलमा १६ पटक आमने सामने भएका छन् । जसमा श्री लंकाले ११ पटक जितेको छ भने बंगलादेशले ५ पटक जितेको छ।

त्यस्तै आज तेस्रो खेलमा समुह डी अन्तर्गतकै नेदरल्याण्डस र दक्षिण अफ्रिका पनि खेल्दै छन्। न्यूयोर्कस्थित नसाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८ : १५ बजेदेखि शुरु हुने छ।

जारी विश्वकपमा नेदरल्याण्डस र दक्षिण अफ्रिकाले आ-आफ्ना पहिलो खेलमा जित हासिल गरेर २-२ अंक बटुलेका छन्। नेदरल्याण्डसले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकाले श्रीलंकालाई पराजित गरेको थियो। दक्षिण अफ्रिका र नेदरल्याण्डसबीच अहिलेसम्म २ टी-२० खेल भएका छन्, जसमा दुवैले एक एक खेल जितेका छन्। नेदरल्याण्डसले पछिल्लो २०२२ मा सम्पन्न टी-२० विश्वकपमा दक्षिण अफ्रिकालाई १३ रनले पराजित गरेर स्तब्ध बनाइदिएको थियो।

त्यसैगरी आज चौथो खेल समूह बी अन्तर्गत अस्ट्रेलिया र इङल्याण्डबीच हुँदै छ। बार्बाडोसस्थित केन्सिंगटन ओभल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति १०: ४५ बजेदेखि हुने छ। जारी विश्वकपमा आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले ओमानलाई पराजित गरेर २ अंक हासिल गरेको छ भने इङल्याण्डले भने स्कटल्याण्डविरुद्धको खेल बर्षाले रद्द भएपछि एक अंक हासिल गरेको छ।

अस्ट्रेलिया र इङल्याण्डबीच अहिलेसम्म २३ टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन्। जसमा इङल्याण्डले ११ खेल जितेको छ भने अस्ट्रेलियाले १० खेल जितेको छ। त्यस्तै २ खेलको नतिजा आएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बहस– २ : वामगठबन्धनले बाबुरामलाई अर्थमन्त्री बनाए के हुन्छ ?
बहस– २ : वामगठबन्धनले बाबुरामलाई अर्थमन्त्री बनाए के हुन्छ ?
नेपाली क्रिकेट टोलीलाई सभामुखको बधाई
नेपाली क्रिकेट टोलीलाई सभामुखको बधाई
मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
द्वन्द्व पीडित राष्ट्रिय संजालद्वारा बालुवाटारमा धर्ना
द्वन्द्व पीडित राष्ट्रिय संजालद्वारा बालुवाटारमा धर्ना
‘किस’ खाएर लुटपाट गर्ने पक्राउ, यसरी परे प्रहरीको फन्दामा
‘किस’ खाएर लुटपाट गर्ने पक्राउ, यसरी परे प्रहरीको फन्दामा
रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज पनि खुल्ला
निर्मला पन्तका विषयमा गृहमन्त्रीको अर्को अभिव्यक्ति
निर्मला पन्तका विषयमा गृहमन्त्रीको अर्को अभिव्यक्ति
प्रधानमन्त्रीले राजीनामा नदिने, तीन सदस्यमा देउवाको आँखा
प्रधानमन्त्रीले राजीनामा नदिने, तीन सदस्यमा देउवाको आँखा
गुण्डानाइके राधे पक्राउ, उनी नेका तरुण दल धादिङका उपसभापति पनि हुन्
गुण्डानाइके राधे पक्राउ, उनी नेका तरुण दल धादिङका उपसभापति पनि हुन्
अब तोकेको मितिमा होइन, नतोकिएको मितिमा एकता: पुष्पकमल दाहाल ‘प्रचण्ड’

तपाईंले छुटाउनुभयो कि?