विश्वकप फुटबल: १९९४ अमेरिका देखी २०१४ ब्राजिल सम्म यस्ताे छ इतिहास !
सारांश
- अस्बिन खड्का, २१ जेठ ।
- सन् १९९४ मा अमेरिकाले विश्वकप फुटबल प्रतियोगिता आयोजना गरेको थियो।
- सन् १९९४ देखि सन् २०१४ ब्राजिल सम्म आई पुग्दा का विश्वकप फुटबल प्रतियोगिता को बारेमा केही जानकारी हरु।
अस्बिन खड्का, २१ जेठ । सन् १९९४ मा अमेरिकाले विश्वकप फुटबल प्रतियोगिता आयोजना गरेको थियो। सन् १९९४ देखि सन् २०१४ ब्राजिल सम्म आई पुग्दा का विश्वकप फुटबल प्रतियोगिता को बारेमा केही जानकारी हरु।
१. सन् १९९४ अमेरिका – १९९४ मा अमेरिकाले विश्वकप फुटबल प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगिता २४ टिमले प्रतिस्पर्धा गरेका थिए ।
सो विश्वकप फुटबल ब्राजिलले जितेको थियो। फाइनलमा ब्राजिल र इटाली बीच कडा प्रतिस्पर्धा भएको थियो खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा ब्राजिलले ३–२ ले बिजयी भई विश्वकप बिजेता बन्न सफल भयो,सो विश्वकप फुटबल प्रतियोगिता मा ब्राजिलका रोमारियो उत्कृष्ट खेलाडी घोषित भएका थिए भने ,नेदरल्यान्ड्सका मार्का ओभरमार्स युवा खेलाडी बने। बेल्जियमका मिचेल प्रेउढोम उत्कृष्ट गोलकिपर र ब्राजिलले फेयर प्ले टिम हात पारो भने रसिया का सालेङको र बुल्गेरियाका रिस्टो स्टोइचोभ सर्वाधिक गोलकर्ताहरु भएका थिए। ब्राजिल को यो चौथोपटक को उपाधी थियो।
२. सन् १९९८ फ्रान्स- १९९८ मा फ्रान्समा विश्वकप आयोजना भएको थियो । जहाँ पहिलोपटक ३२ देस हरुले खेल्ने मौका पाउन थाले। त्यो भन्दा अगाडी २४ देस को खेल्न पाउथे । १९९८ मा फ्रान्समा भएको विश्वकप देखि ३२ देस ले खेल खेलिरहेका छन्। फाइनलमा आयोजक फ्रान्स र ब्राजिलबीच भिडन्त भयो। जहाँ घरेलु टिमले ३–० को जित निकाल्दै उपाधि जित्यो।
नेदरल्यान्ड्सलाई पराजित गरेर क्रोएसियाले तेस्रो स्थान हात पारेको थियो। ब्राजिलका रोनाल्डो उत्कृष्ट खेलाडी बने। क्रोएसियाका डोभोर सुकरले सर्वाधिक गोलकर्ता बने। फ्रान्सका फाबियन बार्थेज उत्कृष्ट गोलकिपर बन्दा फ्रान्स र इंग्ल्यान्डले फेयर प्ले टिम बने। सो विश्वकप देखि रोनाल्डो र जीनेदीन जिदान चर्चामा हुन पुगे ।
३.सन् २००२ जापान र कोरिया – २००२ को विश्वकपमा एसिया महादेसले अायाेजना गर्ने अवसर पाएको थियो जसमा जापान र कोरियाले संयुक्त रुपमा विश्वकप आयोजना गरेका थिए।
३२ देश ले प्रतियोगिता मा भाग लियका भयपनी सो प्रतियोगिताको फाइनल भिडन्त जर्मनी र ब्राजिलबीच भएको थियो । फाइनल मा ब्राजिलले जर्मनीलाई २–० गोलले हराउँदै पाँचौ पटक विश्वकको उपाधि उचाल्यो।
आयोजक देश कोरिया ले चौथो भयर हालसम्म कै एसिया को तर्फबाट सहआयोजक कोरियालाई हराउँदै टर्की तेस्रो बन्यो। जर्मन गोलकिपर ओलिभर पायो कानले उत्कृष्ट खेलाडी र गोलकिपरको ट्रफी हात पारे भने अमेरिकाका डोनोभान युवा खेलाडी घोषित भए। बेल्जियमले फेयर प्लेको ट्रफी पाएकाे थियाे ।
४. सन् २००६ जर्मनी- सन् २००६ को विश्वकपमा ३२ टिमले भाग लिए । जर्मनीमा आयोजना भएको सन् २००६ को विश्वकपमा इटाली र फ्रान्सबीच फाईनल मा कडा भिडन्त भएको थियो। निर्धारित र थप गरिएको समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा इटालीले फ्रान्सलाई ५–३ गोलले हराएर उपाधि जित्यो।
फ्रान्सले यो उपाधी आफ्नो देश लग्ने ठुलो सम्भावना रहेपनि पेनाल्टी सुटआउटमा इटाली सँग पराजित हुनुपरेको कारण फ्रान्स का समर्थक धेरै निराश भएका थिए ।
फ्रान्सका जिनेदिन जिदान उत्कृष्ट खेलाडी घोषित भए। जर्मनीका मिरोस्लाव क्लोसले सर्वाधिक गोलकर्ता र जर्मनीकै लुकास पोडोस्की युवा खेलाडी बने। इटालीका बुफोन उत्कृष्ट गोलकिपर बन्दा स्पेन र ब्राजिलले फेयर प्लेको अवार्ड हात पारे भने पोर्चुगललाई हराएर जर्मनी तेस्रो भयो।
५. सन् २०१० दक्षिण अफ्रिका-दक्षिण अफ्रिकामा आयोजना भएको सन् २०१० को विश्वकपमा पनि ३२ टिम सहभागी थिए। फरक सैली को खेल देखाउदै फाइनलमा स्पेनले नेदरल्यान्ड्सलाई १–० गोलले हराउँदै पहिलो पटक विश्वकपको ट्रफी उचालेको थियो। 
जर्मनीले उरुग्वेलाई हराएर तेस्रो स्थान हात पारेको थियो। उरुग्वेका डिएगो फोर्लान प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदा जर्मनीका थोमर मुलरले सर्वाधिक गोलकर्ताको अवार्ड हात पारे। स्पेनका इकार कासिलास उत्कृष्ट गोलकिपर र थोमस मुलरले युवा खेलाडीको अवार्ड हात पारे। स्पनेले फेयर प्लेको ट्रफी पनि हात पारेको थियो।
६.सन् २०१४ ब्राजिल
सन् २०१४ को ब्राजिल विश्वकपमा ३२ टिमले सहभागिता जनाएका थिए। ब्राजिल विश्वकपमा आफ्नो देशमा भयको खेल को फाईदा उठायर विश्वकप उपाधि ६ पटक हात पार्न सोचेको थियो। तर उसको सपना जर्मनीले ७ गोल हानेर ब्राजिल लाई आफ्नो देशमा भएको विश्वकप को टिकट कटाईदियो ।फाइनलमा जर्मनीले अर्जेन्टिनालाई १–० गोलले हराएर उपाधि जित्यो।
तेस्रो स्थान नेदरल्यान्ड्सले हात पार्दा ब्राजिल चौथो स्थानमा सीमित बन्यो। अर्जेन्टिनाका फरवार्ड लिओनस मेसीले उत्कृष्ट खेलाडीको अवार्ड जित्दा कोलम्बियाका हामेस रोद्रिगेजले गोल्डेन बुट जिते। जर्मनीका म्यानुयल नेउर उत्कृष्ट गोलकिपर भए। फ्रान्सका पाउल पोग्बा युवा खेलाडी तथा कोलम्बियाले फेयर प्लेको अवार्ड हात पार्यो।
अब को केही दिन मै रसिया मा २०१८ विश्वकप हुदैछ।अब बाकी छ त् केवल यो विश्वकपमा कस्ले बाजी मार्ला भन्नेमा ।
प्रतिक्रिया