टी-२० विश्वकप एशिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १९, २०८०
|
|
२१ पटक हेरिएको
Shares
टी-२० विश्वकप एशिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै

सारांश

  • काठमाडौं।
  • टी-२० विश्वकप एशिया छनोटको फाइनलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ।
  • आगामी वर्ष अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुन लागेको टी-२० विश्वकप खेल्न एशिया क्षेत्रबाट छनोट भएका यी दुवै टोली आज उपाधिका लागि भिड्न लागेका हुन्।

काठमाडौं। टी-२० विश्वकप एशिया छनोटको फाइनलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ। आगामी वर्ष अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुन लागेको टी-२० विश्वकप खेल्न एशिया क्षेत्रबाट छनोट भएका यी दुवै टोली आज उपाधिका लागि भिड्न लागेका हुन्।

नेपालको आफ्नै मैदानमा भइरहेको छनोट खेलबाट आयोजक नेपाल र पाहुना टोली ओमान विश्वकप खेल्न छानिएका हुन्। यो खेल ११ बजे किर्तिपुरस्थित टियु मैदानमा हुनेछ। समूह चरणमा एकै समूहमा रहेका नेपाल र ओमानबीच जारी प्रतियोगितामै भएको खेलमा नेपाल ५ रनले पराजित भएको थियो।

नेपाल र ओमान सहित युएइ, मलेसिया, सिंगापुर, हङहङ, कुवेत र बहराइन सहभागी रहेको छनोट खेलको फाइनलमा पुग्दै नेपालले विश्वकपमा स्थान बनाएको हो। अब आजको खेल जित्दै विजेता बनेर विश्वकप खेल्न जाने लक्ष्य दुवै टोलीको छ।

टी-२० विश्वकप खेल्ने २० टोलीहरु मध्ये १८ टोलीको छनोट भइसकेका छन् भने यसै महिना भित्र अफ्रिका क्षेत्रबाट छानिने बाँकी दुई टोलीको पनि टुङ्गो लाग्नेछ। टी-२० विश्वकप क्रिकेट प्रतियोगिता सन् २०२४ को जुनमा आयोजना हुदैँछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?