डेनमार्ककी राजकुमार योकिम हेल्गर गोरखामा…

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १५, २०७३
|
|
५०४ पटक हेरिएको
Shares
डेनमार्ककी राजकुमार योकिम हेल्गर गोरखामा…

सारांश

  • दशदिने अनौपचारिक भ्रमणका लागि नेपाल आउनुभएका डेनमार्कका राजकुमार योकिम हेल्गर वाल्दीमार क्रिश्चियनले भूकम्पपछि गोरखाको खोप्लाङ र गाँखु गाविसमा खाद्य सुरक्षा, भूकम्पपीडितको जीविकोपार्जनको अवस्था र पुनःनिर्माणको अवस्थाबारे आज अवलोकन भ्रमण गर्नुभएको छ ।
  • केयर नेपाल र डेनमार्क दूतावासको आमन्त्रणमा नेपाल आउनुभएका राजकुमारले गोरखाको खोप्लाङस्थित पुतलीखेतमा खोप्लाङ महिला कृषि सहकारीले केयरको आर्थिक सहयोगमा गर्दै आएको व्यावसायिक तरकारीखेती अवलोकन गर्नुभएको हो ।
  • खोप्लाङका १२१ जना महिला आबद्ध रहेको सहकारीले काउली, गोलभँेडा, साग, प्याज, लसुन, गाजरलगायत तरकारीखेती गरी बजारमा बिक्री गरेर मनग्य आम्दानी लिँदै आएका छन् ।

दशदिने अनौपचारिक भ्रमणका लागि नेपाल आउनुभएका डेनमार्कका राजकुमार योकिम हेल्गर वाल्दीमार क्रिश्चियनले भूकम्पपछि गोरखाको खोप्लाङ र गाँखु गाविसमा खाद्य सुरक्षा, भूकम्पपीडितको जीविकोपार्जनको अवस्था र पुनःनिर्माणको अवस्थाबारे आज अवलोकन भ्रमण गर्नुभएको छ ।

केयर नेपाल र डेनमार्क दूतावासको आमन्त्रणमा नेपाल आउनुभएका राजकुमारले गोरखाको खोप्लाङस्थित पुतलीखेतमा खोप्लाङ महिला कृषि सहकारीले केयरको आर्थिक सहयोगमा गर्दै आएको व्यावसायिक तरकारीखेती अवलोकन गर्नुभएको हो ।

खोप्लाङका १२१ जना महिला आबद्ध रहेको सहकारीले काउली, गोलभँेडा, साग, प्याज, लसुन, गाजरलगायत तरकारीखेती गरी बजारमा बिक्री गरेर मनग्य आम्दानी लिँदै आएका छन् ।

सहकारीकी अध्यक्ष दुर्गा तिवारीले भन्नुभयो, “महिला मिलेर सामूहिक रुपमा तरकारीखेती गरेका छौँ । कमाइ राम्रो भएको छ । बेसारखेती पनि गरिएको छ । बिचौलियाले गर्दा भने जस्तो तरकारीको मूल्य पाएका छैनौँ ।” बजार टाढा हुँदा तरकारी बिक्री गर्न असहज भएको तिवारीको भनाइ छ ।

डेनमार्क केयरले केयर नेपालमार्फत पठाएको आर्थिक सहयोग स्वाँरा सघन गाविसको साझेदारीमा खोप्लाङका भूकम्पपीडित महिलालाई तरकारीखेती गर्न उपलब्ध गराइएको थियो ।

केयर नेपालका गोरखास्थित प्रमुख माधव ढकालले गोरखाको खोप्लाङ, गाँखु, छोप्राक र हर्मी गाविसमा गरी भूकम्पपछि रु दुई करोड ५४ लाख सहयोग गरिएको बताउनुभयो ।

भूकम्प प्रभावितको जीविकोपार्जनमा सुधार ल्याउन गरिब घरपरिवार छनोट गरी बङ्गुरपालन, बाख्रापालनमा खोर निर्माण, तरकारीका बीउविजन सहयोग, कृषिउपज सङ्कलन केन्द्र भवन निर्माण सहयोग, तरकारीखेती सिँचाइका लागि कुलो तथा प्लास्टिक पोखरी निर्माणमा सहयोग, तरकारीखेती, वित्तीय व्यवस्थापनका लागि तालिम र भ्रमणलगायत कार्यक्रम गर्न सहयोग गरिएको स्वाँरा सघन केन्द्रका कार्यकारी निर्देशक सीताराम श्रेष्ठले जानकारी दिनुभयो ।

भूकम्पपछि डेनमार्क केयरको आर्थिक सहयोगमा केयर नेपालले गोरखामा भूकम्पप्रति कार्यक्रम, जीविकोपार्जनमा सुधार ल्याउने कार्यक्रम, यौन तथा प्रजनन स्वास्थ्य, प्राकृतिक स्रोत व्यवस्थापन र विभिन्न प्रकोपका पूर्वतयारीबारे कार्यक्रम गर्दै आएको छ ।

भ्रमणका क्रममा आज व्यावसायिक तरकारीखेती गरिएको खोप्लाङको पुतलीखेत पुग्नुभएका राजकुमारले तरकारीको उत्पादन र बजारीकरणबारे जिज्ञासा राख्नुभएको थियो । “यहाँबाट बजार कत्तिको टाढा पर्छ ? उत्पादन भएका तरकारी बिक्री भएको छ त ? तरकारी ढुवानी गर्न समस्या के छन् ?” भन्नेजस्ता प्रश्न गर्नुभएको थियो ।

राजकुमारको प्रश्नको जवाफ दिँदै सहकारीकी अध्यक्ष दुर्गा तिवारीले खेतबाट बजार १५ किलोमिटर टाढा रहेकाले भनेका बेला तरकारी बिक्री गर्न जान नसकिएको बताउनुभयो । सहकारीको आफ्नै जिप नभएकाले भाडाका यात्रुवाहक बसमा तरकारी ढुवानी गर्नुपर्दा झन्झट भएको बताउनुभयो ।

उत्पादन भएको तरकारी गोरखाबजार, डुम्रेबजार, पालुङटार, चरौँदीलगायत क्षेत्रमा बिक्री गर्दै आएको तिवारीको भनाइ छ ।

डेनमार्क केयरका संरक्षकसमेत रहनुभएका राजकुमारले आजै गाँखु गाविसमा केयर नेपालले पुनःनिर्माण गरेको स्वास्थ्य चौकी भवनको अवलोकन गर्नुका साथै गाँखुमै निर्माण भएको तरकारी सङ्कलन केन्द्र, भूकम्प प्रतिरोधी नमुना घर, खानेपानी आयोजनाको अवलोकन गर्नुभएको छ ।

जवाफमा स्वास्थ्यचौकी प्रमुख ललिता गुरुङले पाँच जना स्वास्थ्यकर्मीले बिरामीको उपचार गर्दै आएको र स्वास्थ्यचौकी मातहतमा एम्बुलेन्स नरहेको बताउनुभयो । स्वास्थ्यचौकीबाट उपचार सेवा नपाएका बिरामीलाई थप उपचारका लागि अर्को अस्पताल पु¥याउनुपर्ने भए पनि एम्बुलेन्स नहुँदा बिरामीले तत्कालै सेवा र उपचार नपाउने अवस्था रहेको बताउनुभयो ।

गाँखुमा गाउँघर क्लिनिक निर्माण प्रक्रिया अघि बढाएकाबारे पनि कार्यक्रममा राजकुमारलाई जानकारी गराएको थियो ।

राजकुमार कच्ची बाटो हुँदै खोप्लाङ र गाँखु पुगेर अपराह्न तनहुँस्थित बन्दीपुर फर्किनुभएको छ ।

केयर डेनमार्कले केयर नेपालसँग मिलेर गोरखालगायत तनहुँ, स्याङ्जा, काभ्रेपलाञ्चोक, धनुषा, सिराहा, सिन्धुलीलगायत जिल्लामा विभिन्न क्षेत्रमा गर्दै आएको सहयोग र कार्यक्रम हेर्न राजकुमार ती जिल्ला पुग्ने कार्यक्रम रहेको छ ।

शनिबार नेपाल आउनुभएका उहाँ आज गोरखा प्ुगनुभएको हो । विभिन्न कार्यक्रममा सहभागी रहेका भूकम्पपीडित स्थानीयले राजकुमारलाई एम्बुलेन्सलगायत क्षेत्रमा सहयोग गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Kajol unveils new poster of ‘Helicopter Eela’!
Kajol unveils new poster of ‘Helicopter Eela’!
सभामुख महराले गरे नेपाली क्रिकेट टोलीलाई बिदार्इ (फाेटाेफिचर)
सभामुख महराले गरे नेपाली क्रिकेट टोलीलाई बिदार्इ (फाेटाेफिचर)
विश्वकप क्रिकेटः पाकिस्तानमाथि भारतको रोमाञ्चक जीत
विश्वकप क्रिकेटः पाकिस्तानमाथि भारतको रोमाञ्चक जीत
उपेन्द्र यादवले राज्यमन्त्री अर्याललाइ हट्नुुहोस भनेपछि….
उपेन्द्र यादवले राज्यमन्त्री अर्याललाइ हट्नुुहोस भनेपछि….
चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’ सार्वजनिक (भिडियोसहित)
चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’ सार्वजनिक (भिडियोसहित)
नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनु हुँदैन : शिक्षा मन्त्री
नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनु हुँदैन : शिक्षा मन्त्री
पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एड्स, मानिसमा सर्ने खतरा
रवि लामिछानेको रुपन्देहीमा बयान सकियो
रवि लामिछानेको रुपन्देहीमा बयान सकियो
प्रधानन्यायाधीश भन्छन–‘एयरपोर्ट बन्ने वा नबन्ने पनि अदालतले हेर्छ’
प्रधानन्यायाधीश भन्छन–‘एयरपोर्ट बन्ने वा नबन्ने पनि अदालतले हेर्छ’
केरा बेचेर वार्षिक रू डेढ करोडभन्दा बढी आम्दानी
केरा बेचेर वार्षिक रू डेढ करोडभन्दा बढी आम्दानी