विमलेन्द्र निधि र छवि जोशीले गरे रेष्टुरेन्ट उद्घाटन (हेर्नुहोस् १६ तस्बिरमा)
सारांश
- सुजन पन्त काठमाडौं ।
- काठमाडौंको ठमेलमा सुविधासम्पन्न ‘ओजि लन्च’ रेष्टुरेन्टको उद्घाटन गरिएको छ ।
- पूर्वगृहमन्त्री विमलेन्द्र निधि र काठमाडौं प्रहरी प्रमुख छवि जोशीले संयुक्त रुपमा रेष्टुरेन्टको उद्घाटन गरेका हुन् ।
- सुजन पन्त
काठमाडौं । काठमाडौंको ठमेलमा सुविधासम्पन्न ‘ओजि लन्च’ रेष्टुरेन्टको उद्घाटन गरिएको छ । पूर्वगृहमन्त्री विमलेन्द्र निधि र काठमाडौं प्रहरी प्रमुख छवि जोशीले संयुक्त रुपमा रेष्टुरेन्टको उद्घाटन गरेका हुन् ।
नेपालमै रहेर अन्य व्यवसाय समेत गर्दै आइरेका काठमाडौं निवासी दिनेश श्रेष्ठको पहलमा यो रेष्टुरेन्ट खुलेको हो । रेष्टुरेन्टमा झण्डै ५० लाख रुपैयाँ लगानी भइसकेको छ ।
विस्तारै नेपालीहरुमा बढ्दै गएको परिकारको मोहलाई ध्यानमा राख्दै वास्तविक स्वाद चखाउन रेस्टुरेन्ट खोलिएको ओजिका संचालक दिनेश श्रेष्ठ बताउँछन् ।
रेष्टुरेन्टमा लगानी गर्ने श्रेष्ठ सफल रेस्टुरेन्ट व्यवसायी हुन् । श्रेष्ठले यसै क्षेत्रमा आफ्नो करिब १० वर्षको अनुभव हासिल गरेका छन् ।
शान्त र पारिवारिक वातावरण
रेस्टुरेन्ट भीआईपी क्षेत्र मानिने ठमेलको शान्त वातावरणमा अवस्थित छ । ओजिमा पारिवारिक र कोलाहलमुक्त वातावरण भएकाले यसले ग्राहकलाई आकषिर्त गर्न समय नलागेको श्रेष्ठले बताए ।
‘ओजि नयाँ भएर पनि सुरुवातमै यहाँ आउने र यहाँका परिकार चाख्नेहरुको मायाले हामीले हौसिएका छौं’ श्रेष्ठले भने,’त्यसैले अब तत्काल ओजिको अर्को चेन खोल्ने तयारीमा जुटेका छौं ।’
स्वस्थ र स्वादिष्ट परिकार
रेस्टुरेन्टका सबै परिकारहरु पूर्ण रुपमा हाइजेनिक रहेको दावी सञ्चालको छ । मेनुमा झण्डै १ सय प्रकारमा स्वादिष्ट परिकारहरु समावेश छन् ।
रेष्टुरेन्टमा काम गरेका अनुभवी कुक र हेल्परहरु छन् । नेपालमा बढी रुचाइने मुस्ताङे आलु, नेपाली खाना, बफ विङ्स लगायतका परिकार यहाँका विशिष्ट परिकार हुन् ।
नेपालीसँगै यहाँ इण्डियनसहित कन्टिनेन्टल परिकारहरु उपलब्ध छन् । एकैपटक १ सय भन्दा धेरै ग्राहकलाई सेवा गर्न यहाँ २५ भन्दा बढी कर्मचारी खटिएका छन् ।
सकेजति बियर पिउनुस्
रेस्टुरेन्टमा जानेहरुका लागि बारको पनि सुविधा छ । मदिरा पारखीहरुका लागि यो रेस्टुरेन्ट अति नै उपयोगी छ । ठमेलको मनोरम दृश्य हेर्दै मदिरा पिउन सकिनेछ ।
रेस्टुरेन्टमा जानेहरुले पार्किङको सास्ती पनि भोग्नुपर्ने छैन । रेस्टुरेन्टले ठूलो पार्किङ क्षेत्र राखेको छ ।
‘उत्कृष्ट सेवा, स्वाद, गुणस्तर र ग्राहककको स्वास्थ्यमा रेस्टुरेन्ट प्रतिवद्ध छ,’ ओजिका संचालक श्रेष्ठले भने, ‘मेरो दावी छ कि एकपटक हाम्रो सेवा लिनेलाई दोस्रोपटक यहाँ आउन रहर नै लाग्छ ।’

प्रतिक्रिया