एटीएम मेसिन तोडफोड गरी चोरी गरेको आरोपमा ललितपुरबाट तीन जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १५, २०७९
|
|
३७ पटक हेरिएको
Shares
एटीएम मेसिन तोडफोड गरी चोरी गरेको आरोपमा ललितपुरबाट तीन जना पक्राउ

सारांश

  • काठमाडौँ ।
  • प्रहरीले ललितपुरबाट तीन जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका–३ घर भई ग्वार्को बस्ने ३१ वर्षीय वसन्त तिवारी, ललितपुर सुन्धारा बस्ने २४ वर्षीय विजय तिवारी र सुनसरी धरान उपमहानगरपालिका१५ भानुचोकका ३५ वर्षीय अनिल राई छन् ।

काठमाडौँ । प्रहरीले ललितपुरबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका–३ घर भई ग्वार्को बस्ने ३१ वर्षीय वसन्त तिवारी, ललितपुर सुन्धारा बस्ने २४ वर्षीय विजय तिवारी र सुनसरी धरान उपमहानगरपालिका१५ भानुचोकका ३५ वर्षीय अनिल राई छन् ।

ललितपुर महानगरपालिका–५ कुमारीपाटीस्थित एनएमबी बैंकको एटीएम मेसिन तोडफोड गरी चोरीको प्रयास गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

कात्तिक ४ गते राति उनीहरूले उक्त बैंकको एटीएम मेसिन तोडफोड गरी रकम चोरी गर्ने प्रयास गरेका थिए । प्रहरीले उक्त बैंकमा रहेको सीसीटीभी फुटेजको आधारमा अनुसन्धान तथा पक्राउ गरेको ललितपुर प्रहरी प्रवक्ता एसपी सुधीरराज शाहीले जानकारी दिए ।

उनीहरूविरुद्ध जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(https://fleshbot.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महामन्त्री थापा भन्छन् : जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्छ
महामन्त्री थापा भन्छन् : जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्छ
रुसमा ७.७ रिक्टरको भूकम्प, क्षतिको विवरण आउन बाँकी
रुसमा ७.७ रिक्टरको भूकम्प, क्षतिको विवरण आउन बाँकी
विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा नेपाल स्काउटको राहत संकलन
विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा नेपाल स्काउटको राहत संकलन
मतदाता नामावलीमा सात हजारको नाम
मतदाता नामावलीमा सात हजारको नाम
नेपाल भारत सम्बन्ध अहिलेजस्तो कहिल्यै थिएनः भारतीय विदेशमन्त्री
नेपाल भारत सम्बन्ध अहिलेजस्तो कहिल्यै थिएनः भारतीय विदेशमन्त्री
लमजुङमा सुरु भयो बाह्रौ राष्ट्रिय बौद्ध सम्मेलन
लमजुङमा सुरु भयो बाह्रौ राष्ट्रिय बौद्ध सम्मेलन
भान्छामै जैविक तरकारी पु¥याउँछन् थारु महिला
भान्छामै जैविक तरकारी पु¥याउँछन् थारु महिला
चैते छठ आज उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन
सत्तारुढ दलबिचमा चरम असन्तुष्टि, मन्त्री परिषदको विस्तारको महाभारत ,अझै टुङ्गो लागेन..
सत्तारुढ दलबिचमा चरम असन्तुष्टि, मन्त्री परिषदको विस्तारको महाभारत ,अझै टुङ्गो लागेन..
विप्लवको समूहले गर्यो बम विस्फोट
विप्लवको समूहले गर्यो बम विस्फोट