कार्यकर्तालाई महासचिव पोखरेलको निर्देशनः पार्टी र नेतृत्वमाथि भइरहेको हमलाविरुद्ध खरो उत्रिनुस्
सारांश
- काठमाडौं।
- नेकपा (एमाले) केन्द्रीय संगठन विभागको आयोजनामा आजदेखि पार्टी कामका विषयमा राष्ट्रिय कार्यशाला शुरू भएको छ।
- तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुई दिने कार्यशालामा प्रदेश र जिल्ला कमिटीका अध्यक्ष, सचिव र संगठन विभागका प्रमुख, प्रदेश कमिटीबाट थप दुई जना महिलाहरू, जनसंगठनका केन्द्रीय अध्यक्ष र महासचिव तथा महानगर र उपमहानगरका निर्वाचित मेयर, उपमेयरहरूको सहभागिता रहेको छ।
काठमाडौं। नेकपा (एमाले) केन्द्रीय संगठन विभागको आयोजनामा आजदेखि पार्टी कामका विषयमा राष्ट्रिय कार्यशाला शुरू भएको छ। तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुई दिने कार्यशालामा प्रदेश र जिल्ला कमिटीका अध्यक्ष, सचिव र संगठन विभागका प्रमुख, प्रदेश कमिटीबाट थप दुई जना महिलाहरू, जनसंगठनका केन्द्रीय अध्यक्ष र महासचिव तथा महानगर र उपमहानगरका निर्वाचित मेयर, उपमेयरहरूको सहभागिता रहेको छ।
कार्यशालामा आज पहिलो दिन प्रमुख वक्ताका रूपमा महासचिव शंकर पोखरेलले पार्टीको बार्षिक कार्ययोजनाका बारेमा अभिमुखीकरण गर्दै पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने आधारहरू र सम्पादित कामका बारेमा सहभागीहरूको ध्यानाकर्षण गराए ।
महासचिव पोखरेलले मिसन–२०८४ मा आधारित बार्षिक कार्ययोजना कार्यान्वयनमा असफल हुने छुट पार्टीलाई नभएको बताए । यस सन्दर्भमा पार्टी सदस्यता नवीकरण सर्वाधिक महत्वपूर्ण काम भएको बताउँदै उनले पार्टी कमिटीहरूले युवा तथा महिलाको क्षेत्रमा विशेष महत्वका साथ काम गर्नुपर्नेमा त्यसो नभइरहेको बताए ।
स्थानीय तहदेखि नै युवा र महिलाको क्षेत्रमा विशेष जोड दिएर काम गर्नुपर्ने बताउँदै महासचिव पोखरेलले प्रश्न गरे,‘पार्टी निर्माणका सन्दर्भमा जहाँ जोड दिनुपर्ने हो, त्यहाँ किन जोड दिन सकिरहेका छैनौं ? किन ध्यान गएको छैन ?’
उनले योजना बनाए बमोजिम काम नगरे अपेक्षित परिणाम आउँदैन भन्ने कुरालाई नेतृत्वमा रहने सबैले बुझ्नुपर्ने बताए । पार्टी जीवनका समस्याहरू औल्याउँदै महासचिव पोखरेलले पार्टीको नीति जनतासम्म पुग्ने÷पुर्याउने तथा वैचारिक राजनीतिक सङ्घर्षमा जनतासँग संवाद गर्नुपर्ने पक्षमा कमी रहेको र अहिले जुन ढङ्गले काम भइरहेको छ, यसरी एमालेलाई राष्ट्रिय शक्ति निर्माण गर्न कठिन हुने बताए ।
उनले भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको मत परिणामको विष्लेषण सुनाउँदै हेर्दा विगतको तुलनामा उपलब्धि देखिए पनि परिणाम उत्साहित हुनुपर्ने खालको नभएको बताए । महासचिव पोखरेलले स्थानीय तहमा जनप्रतिनिधिले गर्ने काम पार्टी निर्माणमा प्रयोग गर्नुपर्ने उल्लेख गर्दै जनप्रतिनिधिका काम पनि पार्टीलाई सहयोग पुग्ने खालका हुनुपर्नेमा जोड दिए ।
उनले मानिसलाई वैचारिक तथा राजनीतिक प्रशिक्षण दिइएन भने अवसरवादी र अराजक हुने बताए । उनले पार्टी सदस्यहरूलाई प्रशिक्षण दिने काममा तल्ला कमिटीहरूको ध्यानाकर्षणसमेत गराए । पार्टी सदस्यहरूलाई केन्द्रीय स्कुल विभागले मात्र प्रशिक्षण दिएर सम्भव नहुने बताउँदै माध्यमिक र आधारभूत तहको प्रशिक्षणको काम प्रदेश र जिल्ला कमिटीहरूले सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
महासचिव पोखरेलले पार्टी र पार्टी नेतृत्वविरूद्ध हमला र भ्रमपूर्ण प्रचार भइरहँदा त्यसविरूद्ध पार्टीपङ्ती खरोरूपमा उत्रनुपर्नेमा प्रतिरक्षा कमजोर भइरहेको बताए । उनले यसलाई गम्भीरतापूर्वक लिन ध्यानाकर्षण गराए ।
उनले मुलुकमा देखिएको निराशालाई चिर्न राजनीतिक स्थायित्व आवश्यक रहेको हुँदा निर्वाचनबाट बलियो शक्ति स्थापना गरेर त्यसकै जगमा स्थिर सरकार निर्माण गर्नुपर्ने बताए ।
Melden Sie sich an, um 100 USDT zu erhalten
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?