विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड २५ लाख नाघ्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १४, २०७७
|
|
५३ पटक हेरिएको
Shares

सारांश

  • विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड २५ लाख नाघेको छ ।
  • बितेको २४ घन्टामा संक्रमित संख्या ६ लाखले बढेको हो ।
  • मृतकको संख्या १४ लाख ५८ हजार नाघेको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड २५ लाख नाघेको छ । बितेको २४ घन्टामा संक्रमित संख्या ६ लाखले बढेको हो । मृतकको संख्या १४ लाख ५८ हजार नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार संक्रमित संख्या ६ करोड २५ लाख ७३ हजार पुगेको छ । मृतकको संख्या १४ लाख ५८ हजार तीन सय पाँच पुगेको छ । विश्वभर कुल सक्रिय कोरोना संक्रमितको संख्या एक करोड ७७ लाख पुगेको छ । जसमध्ये ४ करोड ३१ लाख संक्रमणमुक्त भएका छन् ।

सबैभन्दा बढी अमेरिकामा एक करोड ३६ लाख कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये २ लाख ७२ हजारको मृत्यु भइसकेको छ ।

भारतमा ९३ लाख संक्रमितमध्ये एक लाख ३६ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ६२ लाख ९० हजार संक्रमितमध्ये एक लाख ७२ हजारको मृत्यु भएको छ ।

फ्रान्समा २२ लाख ८ हजार संक्रमित संख्यामध्ये ५२ हजारको मृत्यु भइसकेको छ । रुसमा २२ लाख संक्रमितमध्ये ३९ हजारको मृत्यु भएको छ । स्पेनमा १६ लाख संक्रमितमध्ये ४४ हजारको मृत्यु भइसकेको छ । बेलायतमा १६ लाख कोरोना संक्रमितमध्ये ५८ हजारको मृत्यु भएको छ । इटालीमा १५ लाख संक्रमितमध्ये ५४ हजारको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ स

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?