ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव अमेरिकाको तल्लो सदनबाट पारित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ३, २०७६
|
|
३६ पटक हेरिएको
Shares
ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव अमेरिकाको तल्लो सदनबाट पारित

सारांश

  • अमेरिकी संसद हाउस अफ रिप्रिजेन्टेटिभले राष्ट्रपति डोनल्ड जे ट्रम्पबिरुद्ध महाभियोग लागाउनेसम्बन्धी प्रस्तावमा डिसेम्बर १८ साँझमा मतदान गर्दै पारित गरेको छ ।
  • डेमोक्र्याटहरुको बहुमत रहेको सो संसदमा महाभियोगसम्बन्धी प्रस्तावको पक्षमा २३० मत र विपक्षमा १९७ मत परेको थियो ।
  • त्यसैगरी ३ सांसदहरुले नो भोट मा मतदान गरेका थिए ।

अमेरिकी संसद हाउस अफ रिप्रिजेन्टेटिभले राष्ट्रपति डोनल्ड जे ट्रम्पबिरुद्ध महाभियोग लागाउनेसम्बन्धी प्रस्तावमा डिसेम्बर १८ साँझमा मतदान गर्दै पारित गरेको छ ।

डेमोक्र्याटहरुको बहुमत रहेको सो संसदमा महाभियोगसम्बन्धी प्रस्तावको पक्षमा २३० मत र विपक्षमा १९७ मत परेको थियो । त्यसैगरी ३ सांसदहरुले नो भोट मा मतदान गरेका थिए । मतदानमा डेमोक्रेटिक पार्टीका दुईजना सांसदहरुले राष्ट्रपति ट्रम्पका पक्षमा मतदान गरेका छन् ।

संसद्की सभामुख डेमोक्रेटिक पार्टीकी नेतृ न्यान्सी पलोसीले राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग हाउस अफ रिप्रिजेनटेटिभबाट पारित भएको घोषणा गरेकी थिइन् । राष्ट्रपति ट्रम्पबिरुद्ध अधिकारको दुरुपायोग गरी व्यक्तिगत राजनैतिक फाइदाका लागि काम गरेको र अमेरिकी कंग्रेसको छानविन प्रक्रियालाई अबरोध गरेको गरी दुईवटा गम्भीर आरोपहरु लगाइएको छ । दुबै आरोपबारे संसद्मा छुट्टा छुट्टै मतदान गरिएको थियो ।

युक्रेनलाई अमेरिकाले दिने तय भएको सैन्य सहयोग रोकी आफ्ना राजनैतिक प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका सम्भावित राष्ट्रपतिका उम्मेद्वार जो वाइडेन र उनका छोरामाथि छानविन गर्न युक्रेनलाई दवाव दिएको आरोप राष्ट्रपति ट्रम्पमाथि लागाइएको छ ।

कंग्रेसबाट महाभियोग लगाइए पनि यो प्रस्ताव अमेरिकी अर्को संसद सिनेटमा प्रस्तुत गर्नुपर्ने कानूनी व्यबस्था छ । दुबै संसदबाट पारित नभएसम्म राष्ट्रपतिमाथि महाभियोग पारित भएको मानिदैन र उनले पदत्याग गर्नु पर्दैन । सिनेटमा राष्ट्रपतिको पार्टी रिपब्लिकको बहुमत छ ।

अहिलेसम्मको छलफलमा कुनै पनि रिपब्लिकन सिनेटरहरुले राष्ट्रपतिबिरुद्ध महाभियोगको पक्षमा मतदान गर्न कोही तयार देखिएका छैनन् । राष्ट्रपति ट्रम्प र रिपब्लिकनहरुले महाभियोगलाई ‘ह्वीच हन्ट’ भनेका छन् । महाभियोग प्रकरणमा अमेरिकी राजनीति निकै विभाजित देखिएको छ ।

ट्रम्प समर्थकहरुले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि त्यसलाई स्वीकार्न नसकेर माहाभियोगको नाटक गरेको आरोप लगाउँदै आएका छन् ।
बासिङ्गटन डिसीमा उनीबिरुद्ध महाभियोगको पक्ष—विपक्षमा मतदान भइरहेका बेला राष्ट्रपति ट्रम्प भने मिचिगन राज्यमा एक र्‍यालीको आयोजना गरी विपक्षीबिरुद्ध खनिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालकाे लगातार दाेस्राे जित, दिपेन्द्रकाे सतकिय पारी र सागरकाे अलराउण्ड प्रदर्शन महत्वपूर्ण !
नेपालकाे लगातार दाेस्राे जित, दिपेन्द्रकाे सतकिय पारी र सागरकाे अलराउण्ड प्रदर्शन महत्वपूर्ण !
यसरी बन्दैछन् नारायणकाजी र बामदेव ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री !
यसरी बन्दैछन् नारायणकाजी र बामदेव ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री !
गर्मी बढेपछि सर्लाहीका विद्यालय बन्द
गर्मी बढेपछि सर्लाहीका विद्यालय बन्द
सरकारको निणर्य कार्यान्वयनमा, अब सातै प्रदेशबाट श्रम स्वीकृति
सरकारको निणर्य कार्यान्वयनमा, अब सातै प्रदेशबाट श्रम स्वीकृति
राष्ट्रियसभाका लागि पाँच नम्बर प्रदेशमा ११ जनाको मनोनयन दर्ता (हेर्नुहोस् नामावली)
राष्ट्रियसभाका लागि पाँच नम्बर प्रदेशमा ११ जनाको मनोनयन दर्ता (हेर्नुहोस् नामावली)
कमलपोखरी संरक्षणमा स्थानीयवासी !
कमलपोखरी संरक्षणमा स्थानीयवासी !
प्रतिनिधिसभा बैठक रोकिएपछि रविले भनेः बार्गेनिङ मात्र चल्छ
प्रतिनिधिसभा बैठक रोकिएपछि रविले भनेः बार्गेनिङ मात्र चल्छ
न्यून चापीय प्रणालीको प्रभाव, पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु
न्यून चापीय प्रणालीको प्रभाव, पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु
कतारमा एकता समाजले मनायो मजदूर दिवस
कतारमा एकता समाजले मनायो मजदूर दिवस
गाडी चलाउँदै १ महिलालाई पालैपालो बलात्कार गरेकाे अाराेपमा ४ जना प्रहरीकाे नियन्त्रणमा
गाडी चलाउँदै १ महिलालाई पालैपालो बलात्कार गरेकाे अाराेपमा ४ जना प्रहरीकाे नियन्त्रणमा

तपाईंले छुटाउनुभयो कि?