ट्रम्पले ८२७ दिनमा कति झुट बोले ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १८, २०७६
|
|
१९ पटक हेरिएको
Shares
ट्रम्पले ८२७ दिनमा कति झुट बोले ?

सारांश

  • वाशिंटन।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म आफ्नो कार्यकालको ८२७ दिनमा १० हजार झुट र भ्रामक दाबी गरिसकेका छन्।
  • अमेरिकी पत्रिका वाशिंटन पोस्टका अनुसार पहिलो ५ हजार झुट बोल्न ट्रम्पलाई ६०१ दिन लागेको थियो।

वाशिंटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म आफ्नो कार्यकालको ८२७ दिनमा १० हजार झुट र भ्रामक दाबी गरिसकेका छन्। अमेरिकी पत्रिका वाशिंटन पोस्टका अनुसार पहिलो ५ हजार झुट बोल्न ट्रम्पलाई ६०१ दिन लागेको थियो। प्रतिशतको आधारमा हेर्दा ट्रम्पले एक दिनमा आठ झुट बोल्ने गरेका छन्। यद्यपी अरु पाँच हजार झुट ट्रम्पले २२६ दिनमा बोलेका थिए। अर्थात उनी प्रत्येक दिन २३ झुट र दाबी जनता समक्ष पेश गर्छन्।

दुई वर्षको कार्यकाल पूरा गर्दासम्म ट्रम्ले बोल्ने झुटको संख्या ८ हजार नाघी सकेको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार ट्रम्पले बोल्ने यति धेरै झुट गत वर्ष भएको मध्यावधि चुनावका कारण हो। यो क्रममा ट्रम्पले म्याक्सिकोसँगको सीमामा वाल लगाउने कयौं भ्रामक प्रचार गरेका थिए। त्यसबाहेक उनले इमिग्रेशनको मुद्दामा प्रत्येक पाँचमध्ये एउटा झुट बोलेका थिए।

ट्रम्पले सभाहरुमा मात्रै २२ प्रतिशत झुट बोलिसकेका छन्। त्यसबाहेक उनको ट्विटर ह्याण्डिलमा झुटा दाबी धेरै हुने गरेका छन्। २५ देखि २८ अप्रिलकोबीचमा मात्रै उनले करिव १७१ झुट बोलेका छन्। यसमा जापान, चीन र योरोपियन युनियनसँग व्यापार घाटाका विषयमा पनि उनले झुट बेलेका थिए। त्यस बाहेक उनले ट्याक्स सिस्टम र ओबामाकेयरका विषयमा पनि झुट बोलेका थिए।

ट्रम्पले केही समय अगाडि मात्रै सहयोगी मुलुकसँगको सम्बन्धका विषयमा पनि झुट बोलेका थिए। उनले अमेरिकाले नेटोको शत प्रतिशत खर्च दिएको बताएका थिए, जबकि यो झुट थियो। त्यसबाहेक उनले साउदी अरब र अमेरिकाबीच ४५० अरब डलरको सम्झौता भएको बताएका थिए, जसलाई रक्षा विशेषज्ञले झुटो भएको बताएका थिए।

वाशिंटन पोस्टले फ्याक्ट चेकर डेटा बेसले ट्रम्पका प्रत्येक अभिव्यक्तिमाथि नजर राखेको थियो। वाशिंटन पोस्टका अनुसार राष्ट्रपतिको १०० दिनको कभरेजका क्रममा अनलाइन प्रोजेक्टमार्फत फ्याक्ट चेक गर्न सुरु गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?