निर्मला बलात्कार-हत्याको अनुसन्धान जिम्मा कन्चनपुर प्रहरीलाई

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १, २०७५
|
|
२७ पटक हेरिएको
Shares
निर्मला बलात्कार-हत्याको अनुसन्धान जिम्मा कन्चनपुर प्रहरीलाई

सारांश

  • काठमाडौं – तेह्र वर्षीया निर्मला पन्तको हत्याका विषयमा अनुसन्धान गर्न केन्द्रीय स्तरबाट प्रहरी र गृह मन्त्रालयले अलगअलग समिति गठन गरे पनि छानबिनको सम्पूर्ण जिम्मेवारी कञ्चनपुर जिल्ला प्रहरी कार्यालयलाई नै दिइएको छ।
  • कञ्चनपुर जिल्ला प्रहरी कार्यालयलाई आवश्यक जनशक्ति र प्राविधिक जनशक्ति उपलब्ध गराउने गरी प्रहरी प्रधान कार्यालयले अनुसन्धानको सबै जिम्मा कञ्चनपुर प्रहरीलाई दिएको हो ।
  • घटनास्थल कञ्चनपुर भएकाले अनुसन्धान गर्ने पहिलो दायित्व स्थानीय प्रहरीकै भए पनि त्यसलाई सहयोग गर्न काठमाडौंबाट अनुसन्धान टोली पठाइएका थिए।

काठमाडौं – तेह्र वर्षीया निर्मला पन्तको हत्याका विषयमा अनुसन्धान गर्न केन्द्रीय स्तरबाट प्रहरी र गृह मन्त्रालयले अलगअलग समिति गठन गरे पनि छानबिनको सम्पूर्ण जिम्मेवारी कञ्चनपुर जिल्ला प्रहरी कार्यालयलाई नै दिइएको छ। कञ्चनपुर जिल्ला प्रहरी कार्यालयलाई आवश्यक जनशक्ति र प्राविधिक जनशक्ति उपलब्ध गराउने गरी प्रहरी प्रधान कार्यालयले अनुसन्धानको सबै जिम्मा कञ्चनपुर प्रहरीलाई दिएको हो । घटनास्थल कञ्चनपुर भएकाले अनुसन्धान गर्ने पहिलो दायित्व स्थानीय प्रहरीकै भए पनि त्यसलाई सहयोग गर्न काठमाडौंबाट अनुसन्धान टोली पठाइएका थिए।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले कञ्चनपुर प्रहरीले माग्ने साधानस्रोत उपलब्ध गराउने गरी अनुसन्धान गर्ने जिम्मा दिइएको बताए। ‘छानबिन समितिका सुझाव, प्रहरी प्रधान कार्यालयको सहयोग सबै उपलब्ध हुनेछन्। हत्यारा पत्ता लगाउने र कारबाही गर्ने जिम्मा कञ्चनपुर प्रहरीकै हो। अनुसन्धान र मुद्दा उतैबाट चल्छ’, उनले भने। उनका अनुसार कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कठायतले अनुसन्धान सुरु गरिसकेका छन्।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?