भुरा र मझौला पछि अब ठूला माछा समाउने पालो : गृहमन्त्री बादल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २४, २०७५
|
|
३७ पटक हेरिएको
Shares
भुरा र मझौला पछि अब ठूला माछा समाउने पालो : गृहमन्त्री बादल

सारांश

  • काठमाडौं, जेठ २४ – गृहमन्त्री रामबहादुर थापा बादललेले सुन काण्डका मुख्य नाइके निगरानीमा रहेको बताउँदै ठूला माछा हात पर्न लागेको बताएका छन् ।
  • उनले छानबिन समितिले मझौला र भुरा माछा हात पारेपछि ठूला माछाको पालो आएको बताए ।
  • गृह मन्त्रालयको नेतृत्व सम्हालेको सय दिन पुगेको अवसरमा आफूले गरेका कामबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा ठूला माछालाई धेरैतिरबाट जोगाउन खोजेपनि नसक्ने बताए ।

काठमाडौं, जेठ २४ – गृहमन्त्री रामबहादुर थापा बादललेले सुन काण्डका मुख्य नाइके निगरानीमा रहेको बताउँदै ठूला माछा हात पर्न लागेको बताएका छन् । उनले छानबिन समितिले मझौला र भुरा माछा हात पारेपछि ठूला माछाको पालो आएको बताए ।

गृह मन्त्रालयको नेतृत्व सम्हालेको सय दिन पुगेको अवसरमा आफूले गरेका कामबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा ठूला माछालाई धेरैतिरबाट जोगाउन खोजेपनि नसक्ने बताए ।

३३ किलो सुन तस्करी र सनम हत्या प्रकरणसम्बन्धी उच्चस्तरीय छानबिन समितिको कामलाई असर पार्न खोज्नेको समेत निगरानी रहेको बताए ।

‘गृह मन्त्रालयको कदम हचुवाको भरमा होइन, ठोस तथ्य र प्रमाणका आधारमा छानबिन भइरहेको छ । हामीसँग ठोस प्रमाण छन् । कोही कसैले पनि तस्करलाई सहयोग गर्ने गरी वा छानबिन समितिलाई प्रभाव पार्ने प्रयास गरे निस्तेज पारिनेछ’, गृहमन्त्री थापाले भने ।

छानबिन समिति तस्कर नजिक पुग्दा ठूला माछा छटपटाइरहेको दाबी गरे । उनले भने, ‘यसलाई छटपटीको रुपमा बुझेका छौं । तथ्यलाई तोडमोड गर्ने भ्रम खडा गर्ने काम भइरहेको छ, अब भुरा माछा र मझौला माछापछि ठूला माछा हात पर्न लागेका छौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?