बिआरआईका लागि २३ खर्बको योजना प्रस्ताव

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २७, २०७४
|
|
१६ पटक हेरिएको
Shares
बिआरआईका लागि २३ खर्बको योजना प्रस्ताव

सारांश

  • सडक र रेल पूर्वाधारका ७ आयोजना छनोट- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)अन्तर्गत निर्माण गर्न ७ वटा पूर्वाधार आयोजनाको प्रारम्भिक छनोट गरेको छ ।
  • ती आयोजना थप छलफल र अन्तिम छनोट गर्न अर्थ मन्त्रालयमा प्रस्ताव गरिएको भौतिक पूर्वाधार मन्त्रालयका योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख राजेन्द्रराज शर्माले जानकारी दिए ।
  • ‘चिनियाँ पक्षसँग विभिन्न समयमा भएको छलफल र उनीहरूको योजनालाई सहयोग पुग्ने गरी पूर्वाधार आयोजनाहरू प्रस्ताव गरिएको छ,’ महाशाखा प्रमुख शर्माले भने ।

सडक र रेल पूर्वाधारका ७ आयोजना छनोट-

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)अन्तर्गत निर्माण गर्न ७ वटा पूर्वाधार आयोजनाको प्रारम्भिक छनोट गरेको छ । ती आयोजना थप छलफल र अन्तिम छनोट गर्न अर्थ मन्त्रालयमा प्रस्ताव गरिएको भौतिक पूर्वाधार मन्त्रालयका योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख राजेन्द्रराज शर्माले जानकारी दिए ।

‘चिनियाँ पक्षसँग विभिन्न समयमा भएको छलफल र उनीहरूको योजनालाई सहयोग पुग्ने गरी पूर्वाधार आयोजनाहरू प्रस्ताव गरिएको छ,’ महाशाखा प्रमुख शर्माले भने । प्रस्ताव गरिएका आयोजना अधिकांश चीन जोड्ने नाकामा छन् । प्रस्तावित आयोजना दुवै देशका लागि प्राथमिकतामा परेका र रणनीतिक योजनाअनुसार रहेको मन्त्रालयको भनाइ छ । मन्त्रालयले ६ वटा सडक करिडोर आयोजना र १ वटा रेल आयोजनाको छनोट गरेको छ ।

आयोजनाको अनुमानित लागत २३ खर्ब
आयोजनाको प्रारम्भिक लागत अनुमान मन्त्रालयले न्यूनतम १२ खर्ब ८० अर्ब रुपैयाँ राखेको छ । त्यस्तै, अधिकतम लागत २२ खर्ब ८० अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ । प्रस्तावित ६ वटा सडक करिडोर आयोजनाको मात्र कुल लम्बाइ २ हजार १०८ किलोमिटर छ । चीन जोड्ने सडक निर्माण गर्दा भौगोलिक विटकता र अन्य समस्याले एक किलोमिटर कालोपत्रे गर्न न्यूनतम ५० करोड रुपैयाँ लाग्ने सडक विभागको भनाइ छ । त्यस्तै, अधिकतम १ अर्ब रुपैयाँ लाग्नेछ । यसअनुसार मन्त्रालयले प्रस्ताव गरेको सडक निर्माण सम्पन्न गर्न न्यूनतम १० र अधिकतम २० खर्ब रुपैयाँ लाग्ने भौतिक पूर्वाधार मन्त्रालयका योजनाअनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख राजेन्द्रराज शर्माले जानकारी दिए ।

काठमाडौं–केरुङ रेलमार्गलाई २ सय ८० अर्ब
त्यस्तै, काठमाडौंदेखि केरुङसम्मको ७२ किलोमिटर लामो रेलमार्ग निर्माण गर्न २ खर्ब ८० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । नेपालमा रेलमार्ग विकासबारे स्थलगत अध्ययन भ्रमणको गर्न २० कात्तिकमा नेपाल आएको चिनियाँ रेलवे प्रशासनका उच्च तहका अधिकारीहरूले केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि २ खर्ब ८० अर्ब रुपैयाँको प्रारम्भिक लागत अनुमान गरेका थिए । रेलमार्ग निर्माणपूर्व अध्ययनमा आवश्यक पर्ने वातावरणीय, भौगर्भिक, वनलगायतका क्षेत्रका दक्ष विज्ञसहित आएको चिनियाँ टोलीले उक्त प्रारम्भिक अनुमान गरेको थियो ।

यसअघि १० मंसिरमा अर्थ मन्त्रालयले विकासे मन्त्रालयलाई कार्यान्वयनमा जाने तयारी अवस्थामा रहेका आयोजनाको सूची पाँच दिनभित्र बुझाउन निर्देशन दिएको थियो । त्यसरी आएका प्रस्तावित आयोजनालाई अर्थ मन्त्रालयले अध्ययन गरेर सबैभन्दा बढी प्रभावकारी र उपयुक्त आयोजना छनोट गर्ने बताएको छ । छलफल प्रारम्भिक अवस्थामै रहेकाले अझै चीनसँग आयोजना प्रस्ताव गर्ने स्थितिमा पुग्न थप समय लाग्ने अर्थ मन्त्रालयका अधिकारीहरूको भनाइ छ । नेपाल र चीनबीच बिआरआईअन्तर्गत सहयोगसम्बन्धी समझदारीपत्रमा २९ वैशाख २०७४ मा हस्ताक्षर भएको थियो ।नयाँपत्रीका बाट

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Milanphuyal Badalphuyal

    nice

    Comment Author

    Raju Sth

    कांग्रेस को सरकार मै

    Comment Author

    Shyam Khatri

    Nice

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल एसीसी यु–१९ इस्टर्न क्रिकेटको फाइनलमा
नेपाल एसीसी यु–१९ इस्टर्न क्रिकेटको फाइनलमा
एनपीएलको लिग चरणबाटै बाहिरिने लुम्बिनी पहिलो टिम बन्दा कुन-कुन टिम छन् रेड जोनमा ?
एनपीएलको लिग चरणबाटै बाहिरिने लुम्बिनी पहिलो टिम बन्दा कुन-कुन टिम छन् रेड जोनमा ?
बदर मत : सबैभन्दा कम मनाङमा, सबैभन्दा बढी २ नं प्रदेशमा
Mostbet Uzbekistan Официальный сайт спортивных ставок и онлайн-казино UZ 202
एक साताभित्र कांग्रेस सरकारमा सहभागी हुन्छ : कांग्रेस नेता रिजाल
एक साताभित्र कांग्रेस सरकारमा सहभागी हुन्छ : कांग्रेस नेता रिजाल
भूकम्प प्रभावित जिल्ला लमजुङमा ३२ महिनापछि पुनर्निर्माण कार्यालय स्थापना
भूकम्प प्रभावित जिल्ला लमजुङमा ३२ महिनापछि पुनर्निर्माण कार्यालय स्थापना
हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् नेपालका विपिन जोशी
हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् नेपालका विपिन जोशी
पानीको भाडामा डुबेर सोलुखुम्बुमा एक बालिकाको मृत्यु
पानीको भाडामा डुबेर सोलुखुम्बुमा एक बालिकाको मृत्यु
राजदुत प्रस्तावित माथिको उजुरी खोलिँदै
राजदुत प्रस्तावित माथिको उजुरी खोलिँदै
नीति, सिद्धान्त र विचारमा मेल नभै राजपासँग पार्टी एकता हुन सक्दैन : फोरम सहअध्यक्ष श्रेष्ठ
नीति, सिद्धान्त र विचारमा मेल नभै राजपासँग पार्टी एकता हुन सक्दैन : फोरम सहअध्यक्ष श्रेष्ठ

तपाईंले छुटाउनुभयो कि?