अस्ट्रेलिया जाने नयाँ आप्रवासीलाई ग्रामीण क्षेत्रमा पठाइने !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
अस्ट्रेलिया जाने नयाँ आप्रवासीलाई ग्रामीण क्षेत्रमा पठाइने !

सारांश

  • सिड्नी, २३ असोज ।
  • अस्ट्रेलिया सरकारले प्रमुख शहरहरुमा मानिसको बढ्दो चापलाई ध्यानमा राखी आप्रवासीहरुलाई अस्थायी रुपमा क्षेत्रीय र ग्रामीण क्षेत्रहरुमा मात्र बस्न दिने नयाँ योजना घोषणा गरेको छ ।
  • बिशाल अस्ट्रेलियाको बस्ती छरिएर रहेको भएपनि अस्ट्रेलियाको जनसंख्या वृद्धिदर वार्षिक १।

सिड्नी, २३ असोज । अस्ट्रेलिया सरकारले प्रमुख शहरहरुमा मानिसको बढ्दो चापलाई ध्यानमा राखी आप्रवासीहरुलाई अस्थायी रुपमा क्षेत्रीय र ग्रामीण क्षेत्रहरुमा मात्र बस्न दिने नयाँ योजना घोषणा गरेको छ । बिशाल अस्ट्रेलियाको बस्ती छरिएर रहेको भएपनि अस्ट्रेलियाको जनसंख्या वृद्धिदर वार्षिक १।६ प्रतिशत रहेको छ । यो जनसंख्या वृद्धिदर आर्थिक सहयोग तथा विकास संगठनमा आबद्ध मुलुकको तुलनामा सबैभन्दा बढी हो ।

सिड्नी, मेलबोर्न र दक्षिणपूर्वी क्वीन्सल्यान्ड विश्वमै सर्वाधिक तीव्र गतिमा विकास भइरहेका शहरमध्येका हुन्, र यसो हुनुमा विदेशी आप्रवासी प्रमुख कारण हो, जनसंख्या मन्त्री अलान टजले भने । अस्ट्रेलियाका पूर्वी क्षेत्रका सहरहरुमा यही कारण पूर्वाधारमा मात्र गत वर्ष करिब १५ अर्ब अस्ट्रेलियाली डलर खर्च भएको थियो । बेलैमा नरोकिए सन् २०३० सम्ममा यो रकम करिब ४० अर्ब अस्ट्रेलियाली डलर पुग्नेछ, मेलबोर्नको मेन्जीज अनुसन्धान केन्द्रमा आयोजित कार्यक्रममा मन्त्री टजले बताए ।

“यो अति घनाबस्ती परिवारहरुका लागि गम्भीर चुनौती हो र मुलुकका लागि गम्भीर आर्थिक चुनौती हो,” उनले बताए । “अस्ट्रेलिया आउने मानिसलाई हामी साना प्रान्त र क्षेत्रमा स्थानान्तरित गर्ने उपायको खोजी गरिरहेका छौं र उनीहरु त्यहाँ केही वर्ष बस्नै पर्दछ ।” अस्ट्रेलिया वर्षौंदेखि विश्वभरका मानिसका लागि आकर्षक गन्तव्यस्थल रहँदै आएको छ ।

(Generic Ambien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चलचित्र कलाकार संघका अध्यक्षकाे निधनबारे प्रत्यक्षदर्शिकाे भनाइ यस्ताे छ
चलचित्र कलाकार संघका अध्यक्षकाे निधनबारे प्रत्यक्षदर्शिकाे भनाइ यस्ताे छ
विरगन्जका मेयर परिवारका दुई जनासहित चार कर्मचारीमा कोरोना पुष्टि
विरगन्जका मेयर परिवारका दुई जनासहित चार कर्मचारीमा कोरोना पुष्टि
मासिक ५० हजारको बे–वास्ता गर्दै विदेशको लहडबाजी
मासिक ५० हजारको बे–वास्ता गर्दै विदेशको लहडबाजी
प्रधानमन्त्रीको सल्लाहमा चीन जाँदै प्रदेश ५ का मुख्यमन्त्री
भरतपुर अपडेट-भरतपुरमा पुनः मतदान रोक्न माग गर्दै सर्वोच्चमा रिट, भोलि सुनुवाई हुने
भरतपुर अपडेट-भरतपुरमा पुनः मतदान रोक्न माग गर्दै सर्वोच्चमा रिट, भोलि सुनुवाई हुने
बेनी–जोमसोम सडकखण्ड बन्द
बेनी–जोमसोम सडकखण्ड बन्द
काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल निर्वाचित
काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल निर्वाचित
बोर्ड बैठक बस्ने तयारीमा गरिबी निवारण कोष
बोर्ड बैठक बस्ने तयारीमा गरिबी निवारण कोष
कस्तो अनौठो परम्परा छोरा परार्इघर पठाउँने, ज्वाइँ भित्र्याउने !
कस्तो अनौठो परम्परा छोरा परार्इघर पठाउँने, ज्वाइँ भित्र्याउने !
गोरखामा गठबन्धन : कांग्रेस र माओवादी मात्रै भाग लिने अन्य दललाई नदिने !
गोरखामा गठबन्धन : कांग्रेस र माओवादी मात्रै भाग लिने अन्य दललाई नदिने !

तपाईंले छुटाउनुभयो कि?