ठेकेदारले फिर्ता गरे किसानको रकम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १५, २०७७
|
|
४१ पटक हेरिएको
Shares
ठेकेदारले फिर्ता गरे किसानको रकम

सारांश

  • गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले किसानलाई अनुदानमा उपलब्ध गराएको हाते ट्रयाक्टरका सप्लायर्सको जिम्मेवारी पाएका ठेकेदारले किसानसँग लिएको कमिशन रकम फिर्ता गरेका छन् ।
  • ‘अनुदानको ट्र्याक्टरमा किसानबाट रकम उठाइँदै’ शीर्षकमा बुधबार राससमा समाचार प्रकाशन भएपछि ठेकेदारले रकम फिर्ता गरेका हुन् ।
  • रुरुक्षेत्र गाउँपालिकाको आर्थिक वर्ष २०७६÷७७ को कार्यक्रमानुसार गाउँपालिकाका ३४ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरिएको थियो ।

गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले किसानलाई अनुदानमा उपलब्ध गराएको हाते ट्रयाक्टरका सप्लायर्सको जिम्मेवारी पाएका ठेकेदारले किसानसँग लिएको कमिशन रकम फिर्ता गरेका छन् । ‘अनुदानको ट्र्याक्टरमा किसानबाट रकम उठाइँदै’ शीर्षकमा बुधबार राससमा समाचार प्रकाशन भएपछि ठेकेदारले रकम फिर्ता गरेका हुन् ।
रुरुक्षेत्र गाउँपालिकाको आर्थिक वर्ष २०७६÷७७ को कार्यक्रमानुसार गाउँपालिकाका ३४ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरिएको थियो ।
सप्लायर्स कम्पनी गिरिधारी कृषि मेशिनरी सप्लायर्सका सञ्चालक गिरिधारी चौधरीले प्रतिकिसान रु एक हजार पाँच सयका दरले कुल रु ५१ हजार गैरकानूनी ढङ्गबाट उठाएका थिए । त्यसरी उठाइएको रकमको कुनै रसिदसमेत नदिँदा स्थानीयवासीले कमिशनको आशङ्का गरी न्यायका लागि सञ्चारमाध्यमको सहयोग लिएका थिए ।
त्यसलगत्तै ठेकेदारले गाउँपालिकाको आन्तरिक राजस्व खातामा आफूले लिएको सबै रकम जम्मा गरिदिएको गाउँपालिकाका सूचना अधिकारी ईश्वरी न्यौपानेले जानकारी दिनुभयो । गाउँपालिकाको खातामा जम्मा भएको रकम कार्यपालिका बैठक बसेर निर्णय गरी आइतबारसम्म सबै किसानलाई फिर्ता गरिने गाउँपालिकाका अध्यक्ष नीलकण्ठ गौतमले जानकारी दिनुभयो ।

(https://sharonsteelerealestate.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?