मिस वर्ल्ड २०१८,नेपाललाइ धाेका!
सारांश
- काठमाडाै, २३ मंसिर।
- चीनमा सम्पन्न भएकाे मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोले जितेको छ ।
- अन्तिम ५ मा छानिएका थाइल्याण्ड, युगाण्डा, मेक्सिको, बेलारुस र जमैकामध्ये निर्णायक मण्डलको मन जित्दै मेक्सिकोकी सुन्दरी भेनेसा देलिओनले मिस वर्ल्ड २०१८को ताज पहिरिएकी हुन् ।
काठमाडाै, २३ मंसिर। चीनमा सम्पन्न भएकाे मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोले जितेको छ । अन्तिम ५ मा छानिएका थाइल्याण्ड, युगाण्डा, मेक्सिको, बेलारुस र जमैकामध्ये निर्णायक मण्डलको मन जित्दै मेक्सिकोकी सुन्दरी भेनेसा देलिओनले मिस वर्ल्ड २०१८को ताज पहिरिएकी हुन् । १३ जना निर्णायकले अन्तिम ५ प्रतिस्पर्धीमध्यबाट उनलाई विजेता घोषणा गरेका थिए । युगाण्डा मेक्सिको तथा थाइल्याण्डले सबैभन्दा बढी पब्लिक भोट पाएका थिए । त्यस्तै थाइल्याण्डकी प्रतियोगी फर्स्ट रनर अप हुन सफल भइन् ।
नेपालकी श्रृङ्खला खतिवडा भने अन्तिम १२ सम्ममात्र पुग्न सफल भइन् । तर मिस वल्ड जस्तो गरिमामय संसारको प्रतिष्ठित प्रोग्राममा यति सम्म गरियो मिस वल्डको आधिकारिक भेरिफाइड पेजमा टप ५ मा युगाण्डा, मेक्सिको, बेलारुस, जमैका र नेपाल लेख्दै पोष्ट गर्यो तर एकाएक नेपालको नाम हटाईयो र थाइल्याण्डको नाम उदघोष गरियो ।

केहि मिनेट पछि त्यो पोष्ट डिलिट गर्यो जुन पोष्टमा ८६८ लाईक आइसकेको थियो र लाईभ ब्रोडकाष्टमा थाइल्याण्डको नाम आयो । यसरी संसारकै चर्चित कार्यक्रममा यस्तो गर्नु कति जायज हो त्यो त समीक्षाकै विषय हो ।
शृंखला खतिवडाले यस पटक भारतलाई पछि पार्दै टप १२ मा भने पर्न सफल भईन । अन्तिम ५ मा पर्नका लागि मिस वर्ल्ड एसिया एण्ड ओसियानिया २०१८ को उपाधि जित्नु जरुरी थियो तर त्यो उपाधि थाइल्याण्डले जितेसँगै नेपाल तथा श्रृङ्खलाको उपाधि यात्रामा विराम लागेको हो ।
अन्तिम ५ मा पुग्न नसके पनि उनले मल्टिमिडिया र ब्यूटी विद् अ पर्पस अवार्ड जितेर भने धेरैको मन जित्न सफल भएकी थिइन् । ब्यूटी विद् अ पर्पस जितेपछि प्रतिक्रिया दिँदै उनले त्यो अवार्ड जित्नु मिस वर्ल्डको ताज जितेसरह भएको बताएकी थिइन् ।
प्रतिक्रिया