विदेशमन्त्रीस्तरीय बिमस्टेक बैठक सुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १, २०८०
|
|
३७ पटक हेरिएको
Shares
विदेशमन्त्रीस्तरीय बिमस्टेक बैठक सुरु

सारांश

  • बैङ्कक ।
  • थाईल्याण्ड ।
  • बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) विदेशमन्त्रीहरूको बैठक थाइल्याण्डको राजधानी बैङ्ककमा सोमबारदेखि शुरु भएको छ ।

बैङ्कक । थाईल्याण्ड । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) विदेशमन्त्रीहरूको बैठक थाइल्याण्डको राजधानी बैङ्ककमा सोमबारदेखि शुरु भएको छ ।

बिम्स्टेक एक आर्थिक र प्राविधिक पहल हो जसले बहुआयामिक सहयोगका लागि बङ्गालको खाडीका देशहरूलाई एक साथ ल्याउँछ । बैठकमा बिम्स्टेकको एजेन्डालाई अझ प्रगाढ बनाउने र संगठनलाई मजबुत बनाउने विषयमा छलफल हुनेछ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रीय बहुपक्षीय सङ्गठन हो ।

यसका सदस्यहरू बङ्गालको खाडीको तटीय र आसपासका क्षेत्रहरूमा अवस्थित छन् जसले एक सन्निकट क्षेत्रीय एकताको आह्वान गर्दछ ।

बिम्स्टेकले दक्षिण र दक्षिणपूर्व एसियासहित ग्रेट हिमालय र बङ्गालको खाडीको पारिस्थितिकीय प्रणालीलाई पनि जोड्छ ।

यसको मुख्य उद्देश्य तीव्र आर्थिक विकासको लागि सक्षम वातावरण सिर्जना गर्नु हो । सामाजिक प्रगतिलाई गति दिनु र यस क्षेत्रमा साझा चासोका विषयहरूमा सहयोगलाई बढावा दिनु यसको लक्ष्य हो ।

विदेशमन्त्रीहरूले बिम्स्टेकअन्तर्गत क्षेत्रीय सहयोगका क्षेत्रमा हालै भएका महत्वपूर्ण प्रगति र यसको संस्थागत ढाँचालाई मजबुत बनाउन चालिएका कदमको समीक्षा गर्नेछन् ।

बिम्स्टेक सहयोगका एजेन्डा र आगामी घटनाक्रमलाई अझ प्रगाढ बनाउने विषयमा पनि छलफल भएको छ, भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश विकासको सम्भावनाको खोजी गरिने – मन्त्री चौधरी
प्रदेश विकासको सम्भावनाको खोजी गरिने – मन्त्री चौधरी
बालिका बलात्कारको आरोप लागेका व्यक्तिको घरमा आक्रोसित स्थानीयले गरे आगजानी
बालिका बलात्कारको आरोप लागेका व्यक्तिको घरमा आक्रोसित स्थानीयले गरे आगजानी
काठमाडौँमा सात हजार एक सय एक बैङ्किङ कसुरका मुद्दा
काठमाडौँमा सात हजार एक सय एक बैङ्किङ कसुरका मुद्दा
दाँतले बाेका काट्ने याे परम्परा
दाँतले बाेका काट्ने याे परम्परा
ट्रमा सेन्टरमा तीन मेसिन बिग्रिएपछि रोकिए मेजर अप्रेसन
ट्रमा सेन्टरमा तीन मेसिन बिग्रिएपछि रोकिए मेजर अप्रेसन
बझाङको साइपाल गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
बझाङको साइपाल गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
प्रदेश नं २ मा सरकारको गठजोडमा मधेश केन्द्रित दल
प्रदेश नं २ मा सरकारको गठजोडमा मधेश केन्द्रित दल
बिष्णु पौडेलले लिएको जग्गा बैधानिक छ । मन्त्री अर्याल
बिष्णु पौडेलले लिएको जग्गा बैधानिक छ । मन्त्री अर्याल
राप्रपाले स्थानीय तहको निर्वाचनमा ठूला पार्टीसँग तालमेल गर्ने
राप्रपाले स्थानीय तहको निर्वाचनमा ठूला पार्टीसँग तालमेल गर्ने
नयाँबसपार्कको कान्तिपुर मल दशैँ योजना स् मोटरसाइकलदेखि टेलिभिजनसम्म उपहार
नयाँबसपार्कको कान्तिपुर मल दशैँ योजना स् मोटरसाइकलदेखि टेलिभिजनसम्म उपहार