आजदेखि जिल्लामा रहने र खारेज हुने कार्यालयहरुको नामावली
सारांश
- काठमाडौं १ साउन ।
- संघीय संरचना अनुसार जिल्लाका अधिकांश कार्यालय आजदेखि खारेज हुँदैछन् ।
- आजदेखि नयाँ आर्थिक वर्षको शुरुवात भएको छ ।
काठमाडौं १ साउन । संघीय संरचना अनुसार जिल्लाका अधिकांश कार्यालय आजदेखि खारेज हुँदैछन् । आजदेखि नयाँ आर्थिक वर्षको शुरुवात भएको छ । आर्थिक वर्षको शुरुवातसँगै संघीयता कार्यान्वयनका क्रममा जिल्लामा रहेका कार्यालय गाउँपालिका र नगरपालिकामा हस्तान्तरण भएका हुन् ।
सरकारले साउन १ गतेदेखि लागू हुने गरी खारेज हुने जिल्लामा हालसम्म रहेका कार्यालयहरुको सूची सार्वजनिक गरेको थियो । ११ वटा कार्यालय मात्र जिल्लामा रहने भएका छन् । १८ वटा कार्यालय खारेज हुँदैछन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार खारेज गरिएका १८ जिल्ला कार्यालयको सेवा–सुविधा स्थानीय तहमा हस्तान्तरण गर्दै खारेज भएका हुन् । खारेज भएका कार्यालयबाट लिइ आएको सेवा सुविधा अबदेखि गाउँपालिका, नगरपालिका, उपमहानगर, महानगरपालिकाबाट पाइने भएको मन्त्रालयले जनाएको छ ।
- जिल्लामा रहने कार्यालय
- जिल्ला प्रशासन कार्यालय
- प्रहरी कार्यालय
- हुलाक कार्यालय
- जिल्ला समन्वय समिति
- जिल्ला अदालत
- कारागार कार्यालय
- सरकारी वकिलको कार्यालय
- कोष तथा लेखा नियन्त्रण कार्यालय
- जिल्ला निर्वाचन कार्यालय
- मालपोत कार्यालय
- नापी कार्यालय
- खारेज भएका कार्यालय
- जिल्ला शिक्षा कार्यालय
- जिल्ला जनस्वास्थ्य कार्यालय
- जिल्ला कृषि विकास कार्यालय
- जिल्ला पशुसेवा कार्यालय
- जिल्ला सहकारी कार्यालय
- जिल्ला सिँचाइ कार्यालय
- जिल्ला खानेपानी कार्यालय
- सहरी विकास डिभिजन कार्यालय
- जिल्ला खेलकुद विकास समिति
- भू–संरक्षण कार्यालय
- घरेलु तथा साना उद्योग
- महिला तथा बालबालिका कार्यालय
- जिल्ला वन कार्यालय
- जिल्ला अस्पताल
- जिल्ला प्राविधिक कार्यालय
- जिल्ला वन कार्यालय
- जिल्ला बाल कल्याण समिति
- शान्ति समितिको कार्यालय
प्रतिक्रिया