जिल्ला अस्पतालमा औषधि अभावका कारण सेवाग्राही मारमा
सारांश
- जिल्ला अस्पताल कलैयामा औषधि अभाव भएको छ ।
- औषधि अभावका कारण सेवाग्राही मारमा परेका छन् ।
- औषधि अभावबारे अस्पताल व्यवस्थापन समिति बेखबर छ ।
जिल्ला अस्पताल कलैयामा औषधि अभाव भएको छ । औषधि अभावका कारण सेवाग्राही मारमा परेका छन् । औषधि अभावबारे अस्पताल व्यवस्थापन समिति बेखबर छ ।अस्पतालमा चिकित्सकसहित ५९ जनाको दरबन्दी रहेकामा पाँच चिकित्सकसहित ११ कर्मचारी मात्र कार्यरत छन् । जनशक्ति नहुँदा अस्पतालको कामकाज प्रभावित भएको छ ।
सेवा नै बन्द गर्नुपर्ने अवस्था रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रेमचन्द्र चौरसियाले बताउनुभयो ।यसअघि दैनिक दुई सयदेखि तीन सयसम्म बिरामी उपचारका लागि आउने गरेका थिए । “अहिले सेवाग्राहीको सङ्ख्या घटेको छ”, उहाँले भन्नुभयो । चिकित्सक नहुँदा सुत्केरी सबैभन्दा बढी प्रभावित छन् । उनीहरु निजी क्लिनिक तथा अन्य अस्पताल धाउन बाध्य छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया