मन्त्री बास्कोटाद्वारा हुवाबेलाई ३२ करोड जरिवाना

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २३, २०७५
|
|
३४ पटक हेरिएको
Shares
मन्त्री बास्कोटाद्वारा हुवाबेलाई ३२ करोड जरिवाना

सारांश

  • काठमाडौं, २३ मंसिर ।
  • सूचना तथा सञ्चार प्रबिधि मन्त्री गोकुल बास्कोटाले आठ वर्षसम्म परियोजना सम्पन्न गर्न नसकेको भन्दै चिनियाँ कम्पनी हुवाबेलाई ३२ करोड रुपैयाँ जरिवाना गरेका छन् ।
  • नेपाल टेलिकमको सिडिएमए मोबाइल परियोजना सम्पन्न गर्नुपर्ने मिति ६ वर्ष नाघ्दा काम नभएपछि मन्त्री बास्कोटाले यस्तो निर्णय गरेका हुन् ।

काठमाडौं, २३ मंसिर । सूचना तथा सञ्चार प्रबिधि मन्त्री गोकुल बास्कोटाले आठ वर्षसम्म परियोजना सम्पन्न गर्न नसकेको भन्दै चिनियाँ कम्पनी हुवाबेलाई ३२ करोड रुपैयाँ जरिवाना गरेका छन् । नेपाल टेलिकमको सिडिएमए मोबाइल परियोजना सम्पन्न गर्नुपर्ने मिति ६ वर्ष नाघ्दा काम नभएपछि मन्त्री बास्कोटाले यस्तो निर्णय गरेका हुन् ।

नेपाल टेलिकमका हाल जारी दशवटै परियोजना ठेकदार कम्पनीको लापरवाही र टेलिकम नेतृत्वका कारण अलपत्र परेको भन्दै मन्त्री आफैंले कारवाही प्रक्रिया थालेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फोरजी परियोजना अघि बढाउन आवश्यक सबै निर्णय लिने अधिकार मन्त्रालयलाई दिएपछि उहाँ टेलिकम सुधार्ने अभियानमा लागेका हुन् ।

हुवाबेले सिडिएमए परियोजना २०११ मा शुरु गरेको थियो । नेपाल टेलिकम र हुवाबेबीचको सम्झौता अनुसार सन् २०१३ भित्रमा सिडिएमए बिस्तारको काम सकिनुपर्ने थियो । तर, सन् २०१८ सकिन लाग्दा पनि काम सम्पन्न नभएपछि मन्त्रीले टेलिकम पदाधिकारी र ठेकेदारलाई राखेर ३२ करोड बिगो भराउने निर्णय सुनाएको स्रोतले जनाएको छ । उनले सिडिएमए परियोजनालाई अब फोरजी परियोजनामा समायोजन गर्न निर्देशन दिएका छन् ।  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?