दाङका सबै सरकारी विद्यालय पढ्ने विद्यार्थीका हातमा किताव, कापी र शिक्षण सामग्री

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १५, २०७५
|
|
३२ पटक हेरिएको
Shares
दाङका सबै सरकारी विद्यालय पढ्ने विद्यार्थीका हातमा किताव, कापी र शिक्षण सामग्री

सारांश

  • दाङमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका शैक्षिक सामग्री वितरण शुरु दाङ, १५ बैशाख ।
  • राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका लागि दाङमा शैक्षिक सामग्री वितरण शुरु भएको छ ।
  • जनता माध्यमिक विद्यालय कालाकाटेमा शुक्रवार एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामग्री वितरण कार्यको शुभारम्भ गरिएको हो ।

दाङमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका शैक्षिक सामग्री वितरण शुरु

दाङ, १५ बैशाख । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका लागि दाङमा शैक्षिक सामग्री वितरण शुरु भएको छ । जनता माध्यमिक विद्यालय कालाकाटेमा शुक्रवार एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामग्री वितरण कार्यको शुभारम्भ गरिएको हो ।

शैक्षिक सामग्री वितरण कार्यक्रमलाई शुभारम्भ गर्दै शिक्षा विकास तथा समन्वय एकाई दाङका शाखा अधिकृत अधिकृत देवमणि चौधरीले सरकारी विद्यालयहरुको शैक्षिकस्तर खस्कँदै गइरहेको सन्दर्भमा मुलुकका १६ वटा जिल्लामा राष्ट्रिय प्रारम्भिक पढाइ कार्यक्रम सघनरुपमा लागू भएको चर्चा गर्दै अब शैक्षिक गुणस्तर बृद्धिमा दत्तचित्त भएर लाग्नुपर्ने बताए । प्रारम्भिक कक्षा पढाई कार्यक्रम (इजीआरपी)का दाङ जिल्ला संयोजक हल्लुप्रसाद चौधरीले यसपटक कक्षा १, २ र ३ का प्रत्येक विद्यार्थीहरुको हातहातमा पुग्नेगरी शैक्षिक सामग्रीहरु आएको जानकारी दिँदै यसको व्यवहारिक र कुशल प्रयोग र सदुपयोगका लागि आग्रह गरेका थिए । उनले जिल्लाका प्रत्येक विद्यालयबाट २ जना शिक्षकहरुलाई १० दिने तालिम र ५ दिनको फिल्ड प्रोजेक्ट गराएर विद्यालयमा पठनपाठन गराइने जानकारी दिए ।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका शिक्षा प्रमुख एवं स्रोतव्यक्ति मोहनकुमार दाहालले राष्ट्रिय प्रारम्भिक पढाई कार्यक्रमलाई प्रभावकारीरुपमा विद्यालयमा सञ्चालन गर्न सबैमा आग्रह गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर केसीले यो कार्यक्रमलाई प्रभावकारी बनाएर विद्यालयको शैक्षिक सुधारका लागि व्यवस्थापन समितिको तर्फबाट जुनसुकै चुनौतिको पनि सामना गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोकेन्द्र केसी, सहायक प्रधानाध्यापक भानु जीएम, सरस्वती मावि गोबरडिहाका प्रधानाध्यापक कुलचन्द्र पौडेल, गढवा गाउँपालिका– १ का वडाध्यक्ष बाबुराम अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण गिरी, शिक्षक अभिभावक संघ सदस्य जसबहादुर रोका, विद्यालय व्यवस्थापन समितिका सदस्य पवित्रा जीसीलगायतले राष्ट्रिय प्रारम्भिक पढाई कार्यक्रमअन्तर्गत आएका शैक्षिक सामग्रीहरु उपयोगी देखिएको र यसको सदुपयोगमा जोड दिएका थिए ।

यो कार्यक्रमअन्तर्गत दाङमा रहेका जम्मा ४ सय २० सरकारी विद्यालयहरुमा कक्षा १, २ र ३ का विद्यार्थीहरुका लागि शैक्षिक सामग्री वितरण हुँदैछ । यी शैक्षिक सामग्रीहरुलाई विद्यालयमा कुशलतापूर्वक अध्ययन र अध्यापन गर्न तथा गराउनका लागि जिल्लास्तरमा तालिम भइसकेको छ । दोस्रो चरणमा छिटै प्रत्येक स्थानीय तहमा स्थापित स्थानीय शिक्षा एकाईस्तरमा प्रत्येक विद्यालयबाट २ जना शिक्षक÷शिक्षिकाहरुका लागि तालिम सञ्चालन हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवाह पञ्चमीः राम–सीताको विवाह गरी मनाइँदै
विवाह पञ्चमीः राम–सीताको विवाह गरी मनाइँदै
वीरगञ्जमा कोरोनाबाट एक महिलाको मृत्यु
वीरगञ्जमा कोरोनाबाट एक महिलाको मृत्यु
टुंगो लाग्या सत्ता गठबन्धनबीच सिट बाँडफाँट, कांग्रेसलाई ८६, अरू दललाई कति ?
टुंगो लाग्या सत्ता गठबन्धनबीच सिट बाँडफाँट, कांग्रेसलाई ८६, अरू दललाई कति ?
ओली–प्रचण्ड सहमति : दुई प्रहरी संगठनमा दुई खनाल
ओली–प्रचण्ड सहमति : दुई प्रहरी संगठनमा दुई खनाल
आज आश्विन १५ गते सोमवार, यी राशिहरूको चम्किनेछ भाग्य
आज आश्विन १५ गते सोमवार, यी राशिहरूको चम्किनेछ भाग्य
तीज पर्वले सामाजिक, सांस्कृतिक एकतालाई सुमधुर बनाउने : राष्ट्रपति
शीतलनिवास पुग्दा ज्ञानेन्द्रले सम्झिए आफ्नो विवाह
शीतलनिवास पुग्दा ज्ञानेन्द्रले सम्झिए आफ्नो विवाह
एप्पल वल्र्ड मोबाइलमा पुरानो मोबाइलसँग नयाँमोबाइल साट्ने अफर
एप्पल वल्र्ड मोबाइलमा पुरानो मोबाइलसँग नयाँमोबाइल साट्ने अफर
नुवाकोट २ मा एमालेका नारायणप्रसाद खतिवडा विजयी, अर्जुननरसिंह केसी पराजित
नुवाकोट २ मा एमालेका नारायणप्रसाद खतिवडा विजयी, अर्जुननरसिंह केसी पराजित
पत्नी सिताको उच्च- ब्लडप्रेसरको बहाना बनाइ किन जादैछन प्रचण्ड थाइल्यान्ड ?
पत्नी सिताको उच्च- ब्लडप्रेसरको बहाना बनाइ किन जादैछन प्रचण्ड थाइल्यान्ड ?