फेरि राजधानीकै होटलमा युवतीमाथि सामूहिक बलात्कार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०७५
|
|
३३ पटक हेरिएको
Shares
फेरि राजधानीकै होटलमा युवतीमाथि सामूहिक बलात्कार

सारांश

  • काठमाडौं, २ असोज ।
  • कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरण टुङ्गोमा नपुग्दै राजधानीमै एक होटलमा एक युवतीमाथि सामूहिक बलात्कार भएको सार्वजनिक भएको छ ।
  • कलंकीस्थित एक होटलमा युवतीको सामूहिक बलात्कार भएको र प्रहरीले उनलाई सोमबार होटलबाट उद्धार गरेको छ ।

काठमाडौं, २ असोज । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरण टुङ्गोमा नपुग्दै राजधानीमै एक होटलमा एक युवतीमाथि सामूहिक बलात्कार भएको सार्वजनिक भएको छ । कलंकीस्थित एक होटलमा युवतीको सामूहिक बलात्कार भएको र प्रहरीले उनलाई सोमबार होटलबाट उद्धार गरेको छ ।

युवती हराएको निवेदनपछि महानगरीय प्रहरी वृत्त कालीमाटीले खोजतलास गर्दा ती युवतीलाई होटलमा भेटेको थियो । प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ पनि गरिसकेको छ । २१ वर्षीया युवतीलाई जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ पर्नेहरुमा नुवाकोट रालुकादेवी गाउँपालिका– ९ घर भई हाल कलंकी बस्ने ३९ वर्षीय अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिका– ८ मजुवा बस्ने ३३ वर्षीय सूर्य राना र भीमढुङ्गा नर्सरीमा होटल सञ्चालन गर्ने ४० वर्षीय रामकृष्ण नगरकोटी रहेका छन् ।

नागार्जुन नगरपालिका– ७ हसनटार बस्ने २१ वर्षीया युवतीलाई ललाई फकाई नगरकोटीले सञ्चालन गरेको होटलमा जबरजस्ती करणी गरेको बताइएको छ । ती युवती सोमबार स्यूचाटारबाट हराएकी भन्ने खबर प्राप्त भएको थियो । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा नगरकोटीको होटलमा उनलाई फेला पारेको थियो । उक्त घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?