नेपाल टेलिकमले इन्टरनेटकाे मुल्य घटाउदै !
सारांश
- काठमाडाैँ, २८ मंसिर ।
- नेपाल टेलिकमले विदेशबाट खरिद गरेर ल्याउने इन्टरनेट ब्यान्डविथकाे मूल्य घटाउने तयारी भइरहेकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री गाेकुल बाँस्काेटाले बताएका छन् ।
- टेलिकमकाे लागत मूल्य घटाएर उपभाेक्तालार्इ समेत सस्ताे बनाउने पहल भइरहेकाे जानकारी दिँदै मन्त्री बाँस्काेटाले अबकाे एक हप्तामा नै मूल्य समायाेजन गरिने बताएका हुन् ।
काठमाडाैँ, २८ मंसिर । नेपाल टेलिकमले विदेशबाट खरिद गरेर ल्याउने इन्टरनेट ब्यान्डविथकाे मूल्य घटाउने तयारी भइरहेकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री गाेकुल बाँस्काेटाले बताएका छन् ।टेलिकमकाे लागत मूल्य घटाएर उपभाेक्तालार्इ समेत सस्ताे बनाउने पहल भइरहेकाे जानकारी दिँदै मन्त्री बाँस्काेटाले अबकाे एक हप्तामा नै मूल्य समायाेजन गरिने बताएका हुन् ।नेपालकाे सबैभन्दा ठूलाे दूर सञ्चार सेवा प्रदायक नेपाल टेलिकमले हाल भारत र चीनबाट प्रति एमबीपिएस १८ अमेरिकी डलर तिरेर ब्यान्डविथ ल्याइरहेको छ । यस मूल्यमा समायोजन गरेर कम्तीमा १२ डलरमा झार्ने पहल भइरहेकाे उनले जानकारी दिए ।
अाफू मन्त्री भएर आउँदा टेलिकमले प्रति एमबीपिएसकाे ३० डलर तिरिहेको बताउँदै मन्त्री बाँस्काेटाले भने, ‘बीचमा सिधै मूल्य घटाउन मिल्दैनथियो तर पनि हामीले सहमति गरेर १८ डलरमा झारेका हाैँ । फेरि पनि हामी छलफलमै छौँ, यसबाट न्यूनतम ६ डलर मूल्य घट्नेछ ।’ विदेशबाट ल्याइने व्यान्डविथको मूल्य घट्दा उपभोक्ता र कम्पनी दुवैलाई फाइदा हुने उनकाे भनाइ ।
प्रतिक्रिया