लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउनु पर्नेमा प्रचण्डको यस्तो तर्क

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३०, २०७६
|
|
१९ पटक हेरिएको
Shares
लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउनु पर्नेमा प्रचण्डको यस्तो तर्क

सारांश

  • काठमाडौं ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउन आवश्यक रहेको बताएका छन् ।
  • नेपाल प्रज्ञा प्रतिष्ठान र मिथिला प्रतिष्ठानको सयुक्त आयोजनामा सोमबार यहाँ ‘राष्ट्रिय विभूति सीता जन्मजयन्ती समारोह’ मा उनले ती धार्मिकस्थललाई जोडेर सर्किट बनाएर मुलुकको धार्मिक पर्यटन विकास गर्न सकिने बताए ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउन आवश्यक रहेको बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान र मिथिला प्रतिष्ठानको सयुक्त आयोजनामा सोमबार यहाँ ‘राष्ट्रिय विभूति सीता जन्मजयन्ती समारोह’ मा उनले ती धार्मिकस्थललाई जोडेर सर्किट बनाएर मुलुकको धार्मिक पर्यटन विकास गर्न सकिने बताए ।

उनले हिन्दू र वौद्ध धर्मलाई जोड्ने सर्किट बनाउन सके विश्वको ध्यान केन्द्रीत गर्न सकिने समेत धारणा राखे । जनकपुर, पशुपतिनाथ र लुम्बिनीलाई ज्ञान विज्ञानको रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।

“भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि जिन पिङसँग कुरा हँुदा एशियाको आर्थिक, राजनीतिक र सांस्कृतिक समीक्षा गर्दे भविष्य कसरी लैजाने भन्नेमा मेरो बहस भएको थियो” उनले भने,‘‘ दुवै नेताले ‘नेपाल देश सानो नभएको र नेपालको इतिहासको गौरव पनि कम छैन, अहिले पनि नेपालले खेल्ने भूमिका ठूलो छ’ भने । ।

दुई नेताको भनाइबाट जनकपुर, लुम्बिनी र पशुपतिनाथलाई सम्झन्छन् भन्ने देखाउछ ।’’ अध्यक्ष दाहालले पूर्व पाथीभरादेखि बडिमालिकासम्म रहेका सबैका शक्तिपिठलाई जोड्ने एउटा शक्तिपिठ सर्किट बनाउन आवश्यक रहेको बताए ।

नेपाल–भारतका शक्तिपिठ जोड्ने सर्किट

यस्तै उनले नेपाल र भारतका शक्तिपिठलाई जोड्ने सर्किट बनाउनुपर्ने बताए । नेपालका शक्तिपिठ र भारतका शक्तिपिठ मिलाएर शक्तिपिठ सर्किट बनाउने हो भने पर्यटन विकासमा क्रान्ति ल्याउन सकिने उनको भनाइ थियो ।

अध्यक्ष दाहालले नेपाल र भारतका केही विद्धानलाई राखेर यसको सम्भाव्यता अध्ययन गर्न लगाउनुपर्ने बताए ।

मिथिला सभ्यतालाई विकास गर्नुपर्ने

उनले मिथिला सभ्यतालाई ज्ञान, आर्थिक समाजिक र विकासको केन्द्रको रुपमा लैजानुपर्ने समेत धारणा राखे । मिथिला र मिथिला सभ्यता आफैमा नेपालको मात्र नभइ विश्वका मानव जातिको संस्कृतिको केन्द्रविन्दु रहेको उल्लेख गर्दै उनले मिथिला सभ्यताबाट मानिसले ज्ञान र विज्ञान सिक्ने सिकाउने भए पनि अहिले मिथिला यहाँबाट अयन्त्र सरेको बताए ।

जनकपुरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र दुवै प्रधानमन्त्रीद्वारा रामायण सर्किटको उद्घाटन, अयोध्यामा चल्ने बसको उद्घाटन जस्ता कार्य्िमथिला सभ्यतालाई नै बुझेर गरेको उनले उल्लेख गरे ।

पौराणिक तथा ऐतिहासिककालमा रहेका सबै गौरवलाई अन्वेषण गर्ने र त्यसका बारेमा जनचेतना अभिवृद्धि गदै इतिहासका गौरवलाई जनता र वर्तमान समाजको सेवामा सदुपयोग गर्नुपर्ने उनले बताए ।

रामजस्तै सीताको जयन्ती मनाउनुपर्ने

अध्यक्ष दाहालले सीतालाई आर्दश नारीको रुपमा चिनिएकोले रामजयन्ती जस्तै सीता जयन्तीलाई पनि भव्य रुपमा मनाउनुपर्ने बताए । “रामको जन्मलाई जसरी मनाउँदा सीताको जन्मलाई भने कम गरी मनाउने परम्परा रहेको छ । त्यो पितृसत्तावादी सोचको अभावले भएको हो” उनले भने, “रामभन्दा सीताको जन्म कत्ति पनि कम मान्नुहुदैन । महिला हुनुको नाताले सीतालाई बढी चर्चा, सम्मान हुनुपर्दछ । सीताको भूमिकालाई बढी प्रचार गर्नुपर्दछ ।”

अध्यक्ष दाहालले चीन भ्रमणमा जाँदा ल्हासाबाट काठमाडाँै हँुदै पोखरा लुम्बिनीसम्म रेल लैजाने कुरा र भृकुटीले खेलेको भूमिका स्थापित गराउने कुरा पूरा हँुदै गइरहेको बताए । उनले ल्हासाबाट रेल चाँडै अब आइपुग्ने भन्दै त्यसले पर्यटन र विकासका निम्ति कोशेढुङ्गा सावित गराउने बताए ।

अध्यक्ष दाहालले नेपालको ऐतिहासिक गौरवलाई स्थापित गर्न देखेका सपना चाँडै पूरा गर्ने समेत बताए । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री धनबहादुर बुढाले सीताको जन्मस्थल जनकपुरलाई ऐतिहासिक नगरिको रुपमा विकास गरिने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“पशुपति शमशेर राजनिति हिसावमा अार्यघाट लगिसकेकाे मान्छे हाे”-रेशम लामा
“पशुपति शमशेर राजनिति हिसावमा अार्यघाट लगिसकेकाे मान्छे हाे”-रेशम लामा
लोडसेडिङ हटाएपछि अब कुलमानको नजर  ट्रान्सर्फमरतिर
लोडसेडिङ हटाएपछि अब कुलमानको नजर ट्रान्सर्फमरतिर
प्रधानमन्त्रीसहित छ मन्त्री निर्वाचित, पाँच पराजित
प्रधानमन्त्रीसहित छ मन्त्री निर्वाचित, पाँच पराजित
कांग्रेसले एमालेसँग एक्लै लड्ने सामर्थ्य गुमाइसक्यो ;योगेश भट्टराई
कांग्रेसले एमालेसँग एक्लै लड्ने सामर्थ्य गुमाइसक्यो ;योगेश भट्टराई
भारतबाट आउने विजुलीमा कटौती, हिउँदमा लोडसेडिङको संभावना
भारतबाट आउने विजुलीमा कटौती, हिउँदमा लोडसेडिङको संभावना
इंल्याण्डका कप्तान एलेस्टर कुकले लिए क्रिकेटबाट  सन्यास !
इंल्याण्डका कप्तान एलेस्टर कुकले लिए क्रिकेटबाट सन्यास !
‘सेकेन्ड ह्यान्ड’ गाडी किन्दा फसिएला, ध्यान दिनुस् यी कुरा
‘सेकेन्ड ह्यान्ड’ गाडी किन्दा फसिएला, ध्यान दिनुस् यी कुरा
प्रदेश नम्बर दुईमा कांग्रेसको ‘आक्रामक’ चुनावी तयारी, केन्द्रीय कमिटीले के निर्णय गर्यो ?
प्रदेश नम्बर दुईमा कांग्रेसको ‘आक्रामक’ चुनावी तयारी, केन्द्रीय कमिटीले के निर्णय गर्यो ?
अोली र प्रचण्डबीच तीन घन्टा ‘वान टु वान’ वार्ता:  यस्तो भयो सहमति ?
अोली र प्रचण्डबीच तीन घन्टा ‘वान टु वान’ वार्ता: यस्तो भयो सहमति ?
बार्सिलोना गोलरहित बराबरीमा
बार्सिलोना गोलरहित बराबरीमा

तपाईंले छुटाउनुभयो कि?