डा. गोविन्द केसीलाई आजै काठमाडौं ल्याउने नेकपाको तयारी
सारांश
- काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीले जुम्लामा अनसनन बसिरहेका डा.
- गोविन्द केसीलाई आजै काठमाडौँ ल्याउने तयारी गरेको छ ।
- नेकपाको वैठकले असनरत डा.
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीले जुम्लामा अनसनन बसिरहेका डा. गोविन्द केसीलाई आजै काठमाडौँ ल्याउने तयारी गरेको छ । नेकपाको वैठकले असनरत डा. केसीलाई काठमाडौं ल्याएर सुविधासम्पन्न अस्पतालमा उपचार गर्ने निर्णय गरेको हो ।
बुधबार राति बसेको नेकपाको वैठकले केसी अनसन बसिरहेको कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानले अब उपचार गर्न सक्ने अवस्थामा नरहेको बताएपछि यस्तो निर्णय गरेको हो । जुम्लामा २० दिनदेखि अनशनमा रहेका डा. केसीको जीवनरक्षाका लागि काठमाडौं ल्याएर सुविधासम्पन्न अस्पतालमा उपचारका लागि ल्याउने निर्णय गरेको हो।
डा. केसीलाई काठमाडौँ ल्याउने र उनका मागबारे छलफल गर्ने निर्णय समेत नेकपाले गरेको छ । चिकित्सा शिक्षा विधेयक अध्यायादेश अनुसार नै हुनु पर्नेसहितका माग गरेर डा। केसी अनशनमा छन् । सरकारले यस अघि नै केसीसँग वार्ताका लागि टोली गठन गरिसकेको छ । तर, वार्ताको प्रयास भएपनि सहमति जुट्न सकेको छैन । डा. केसीलाई आज हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भएको बताइएको छ ।
यसैबिच सरकारले केसीलाई ल्याउनेबारे औपचारिक जानकारी दिन शिक्षा, विज्ञान तथा प्रविधि गिरिराजमणि पोखरेलले पत्रकार सम्मेलन गर्दैछन् ।
प्रतिक्रिया