नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा अर्याल, साउद बर्खास्त
सारांश
- काठमाडौं, २५ असार ।
- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा सरकारले अर्थ मन्त्रालयका उपसचिव रमेश अर्याललाई नियुक्त गरेको छ ।
- अर्यालले सोमबार नै पदभार ग्रहण गरेका छन् ।
काठमाडौं, २५ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा सरकारले अर्थ मन्त्रालयका उपसचिव रमेश अर्याललाई नियुक्त गरेको छ । अर्यालले सोमबार नै पदभार ग्रहण गरेका छन् ।
अर्को व्यवस्था नभएसम्मका लागि भन्दै अर्थ मन्त्रालयले उपसचिव अर्याललाई नेप्सेको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । पदभार ग्रहण गर्दै अर्यालले पूँजी बजार विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
यसअघि सरकारले चन्द्रसिंह साउदलाई असार २२ गतेबाटै लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत पदबाट बर्खास्त गरेको पत्र थमाइसकेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया