डा बाबुराम भट्टराईकाे याे कस्ताे राज माेह !

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १७, २०७५
|
|
२७ पटक हेरिएको
Shares
डा बाबुराम भट्टराईकाे याे कस्ताे राज माेह !

सारांश

  • काठमाडौं, १७ वैशाख ।
  • राजतन्त्रको सँधैभरी विरोध गरेका नयाँ शक्ति नेपालमा संयोजक डा बाबुराम भट्टराई पूर्वराजा ज्ञानेन्द्रका भाई धीरेन्द्रपुत्री श्रेया राज्यलक्ष्मी शाहलाई नागरिकता नदिने प्रशासनसँग चिढिएका छन् ।
  • बाबु उपस्थित नगराई नागरिकता दिन नमिल्ने सरकारी अधिकारीको अडानपछि धीरेन्द्रकी छोरी श्रेयाले नागरिकता पाउन नसकेको जनाएका बाबुरामले उनको आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित रहेको उल्लेख गरेका छन् ।

काठमाडौं, १७ वैशाख । राजतन्त्रको सँधैभरी विरोध गरेका नयाँ शक्ति नेपालमा संयोजक डा बाबुराम भट्टराई पूर्वराजा ज्ञानेन्द्रका भाई धीरेन्द्रपुत्री श्रेया राज्यलक्ष्मी शाहलाई नागरिकता नदिने प्रशासनसँग चिढिएका छन् ।

बाबु उपस्थित नगराई नागरिकता दिन नमिल्ने सरकारी अधिकारीको अडानपछि धीरेन्द्रकी छोरी श्रेयाले नागरिकता पाउन नसकेको जनाएका बाबुरामले उनको आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित रहेको उल्लेख गरेका छन् ।

उनले सरकार अधिकारी र जनप्रतिनिधिले नागरिकता दिन रोक्नु दुखदायी भएको भन्दै तत्काल नागरिकता दिनका लागि अपिल गरेका छन् । ‘दिवंगत धीरेन्द्र शाह र जया पाण्डे शाहकी छोरी श्रेया शाहलाई यो समस्या परेको कुरा हाल कामानपा–३ वासीको नाताले मैले पनि सुनेको छु । छिटो नागरिकता दिइयोस् !’

धीरेन्द्र ०५८ मा भएको दरबार हत्याकाण्डमा मारिएका ज्ञानेन्द्रका कान्छा भाई हुन् । श्रेया उनकी कान्छी पत्नी जयाकी छोरी हुन् ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Gita Sapkota

    एक नेपलकी नेपाली छोरा छोरी ले पाउनु पर्ने सहि र सत्य अधिकार का लागि राजाबादि न जन्ता बादि आखिर राम्रो काम गर्ने मान्छे सदा राम्रो हुन्छ |

    Comment Author

    Kc Ganesh

    भारतिय ले नेपाली नागरिक्ता पाउँदा नेपाली बाबू आमाकी छोरिले नेपाल मै जन्म लिदा किन नपाउने ,बादी जुन सुकै होस ,नेपाली त होनि ।

    Comment Author

    Meera Heju

    ओ भाइ ! नेप्पाली नागरिकले बंशजको नाताले पाउनुपर्ने नागरिकताको बारेमा बोल्दा, लेख्दा राजमोह हुने ? चाहिने र न्यायसंगत कुरा त बोल्नुस ,लेख्नुस ।के त टिचिङ हस्पिटलले दिएको जन्मप्रमाणपत्रबाट उन्ले नेपालको नागरिकता नपाउने ?

    Comment Author

    Ram Saran Pandit

    Bhattaraiko yo sahi kura

    Comment Author

    Om Sunuwar

    भारतिय भिकारी बिहारिहरुलाइ नागरिता दिएर बकम्फुस मन्त्री बनाउन मिल्ने जबकी कत्तिले त राम्ररी नेपाली नै बोल्न जानेकाछैन बिडम्बना ! नेपाली चेलिले नै नागरिता नपाउने यो कस्तो गणतन्त्र आयो नेपालमा ।अचम्म छ बा…

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?