नेपाल र भारतबीचको बिधुत व्यापारका लागि निर्माण गरिएको ढल्केबर सवस्टेसन सञ्चालनमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०७५
|
|
३० पटक हेरिएको
Shares
नेपाल र भारतबीचको बिधुत व्यापारका लागि निर्माण गरिएको ढल्केबर सवस्टेसन सञ्चालनमा

सारांश

  • जनकपुर १ भदौ ।
  • नेपाल र भारतबीचको विधुतीय  व्यापारका लागि धनुषामा निर्माण गरिएको ढल्केबर सवस्टेसन औपचारिक रूपमा बिहीबार रातिदे खि सञ्चालनमा आएको छ ।
  • नेपालकै हालसम्मको ठूलो स्वचालित २२०-१३२ केभी ढल्केबर सवस्टेसनमा चार्ज गरी विद्युत सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

जनकपुर १ भदौ । नेपाल र भारतबीचको विधुतीय  व्यापारका लागि धनुषामा निर्माण गरिएको ढल्केबर सवस्टेसन औपचारिक रूपमा बिहीबार रातिदे खि सञ्चालनमा आएको छ ।नेपालकै हालसम्मको ठूलो स्वचालित २२०-१३२ केभी ढल्केबर सवस्टेसनमा चार्ज गरी विद्युत सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

सवस्टेसन चार्ज भएपछि भारतबाट पहिलोपल्ट २२० केभी प्रसारण लाइनबाट विद्युत् आयात शुरु भएको छ । ढल्केबर सवस्टेसन निर्माण नभएकाले यसअघि १३२ केभीमार्फत् बिधुत आयात भइरहेको थियो ।घिसिङले दुई मुलुकबीचको ढल्केबरमै ४००-२२० केभीको अर्को सवस्टेसन निर्माण गरिरहेको र  यसको काम पनि डेढ वर्षभित्रै सकिने जनाए । विद्युत आदान–प्रदानका लागि ढल्केबर–मुजफ्फपुर ४०० केभीको अन्तरदेशीय प्रसारण लाइन यसअघि नै निर्माण भइसकेको थियो ।

सवस्टेसन चार्ज भएपछि नेपाल र भारतबीच थप बिधुत आयात निर्यातका लागि ठूलो पूर्वाधार तयार भएको प्राधिकरणका प्रवक्ता एवं बिधुत व्यापार विभाग प्रमुख प्रबल अधिकारीले जानकारी दिए।स्वचालित भएकाले काठमाडौँको स्युचाटारमा रहेको प्राधिकरणको भारप्रेषण केन्द्रबाटै सवस्टेसनको सञ्चालन र अनुगमन गर्न सकिने छ । सवस्टेसनमा १६०-१६० एमभीए, २२०-१३२ केभीका दुई ट्रान्सफर्मर छन् । सवस्टेसन सञ्चालनमा आएपछि हिउँदमा बढी बिधुत  माग हुने समयमा भारतबाट थप बिधुत  आयातका लागि अब पूर्वाधार समेत  बनेकोे छ ।

यस्तै कुल ४५६ मेगावाटको माथिल्लो तामाकोशी निर्माण भएपछि नेपालमा वर्षायाममा विद्युत् बढी निर्यात गर्नाका साथै उक्त लाइनमार्फत् इनर्जी बैंकिङ गर्न समेत बाटो खुलेको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । हाल सो प्रसारण लाइनबाट करीब १०० मेगावाट विद्युत् आयात भइरहेको छ ।

प्राधिकरणले गत हिउँदमा ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत् बढी विद्युत् माग हुने समयमा दैनिकरूपमा १२० मेगावाटसम्म विद्युत् आयात गरेको थियो । अब थप करीब १५० मेगावाट विद्युत् आयात गर्न सकिने प्राधिकरणले जनाएको छ । मुलुकभित्रको प्रसारण प्रणाली सुदृढीकरणका लागि हेटाैडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण भइरहेको छ ।

विश्व बैंकको नेपाल–भारतबिधुत  प्रसारण तथा व्यापार आयोजना अन्तर्गत सवस्टेसन निर्माण गरिएको हो नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सवस्टेसन निर्माण गरिएको हो ।ढल्केबर सवस्टेसनको बाँकी रहेको काम गराउन टेण्डर गरी जनवरीफमा  भारतीय ठेकेदार कम्पनी टेलमोसले छ महिनामा काम सक्ने गरी ठेक्का पाएको थियो २०१८ मा ठेक्का सम्झौता गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

1XBET Azerbaycan İdman üzrə onlayn mərclər ᐉ Bukmeker şirkəti 1xBet giriş ᐉ aze 1xbet.co
‘दलबीच भइरहेको धुव्रीकरण स्वाभाविक’
‘दलबीच भइरहेको धुव्रीकरण स्वाभाविक’
हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री
हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री
हत्याको अभियोगमा महिला वडा सदस्यसहित ४ जना पक्राउ
हत्याको अभियोगमा महिला वडा सदस्यसहित ४ जना पक्राउ
यातायात व्यवस्था कार्यालयका निमित्त कार्यालय प्रमुख पक्राउ
यातायात व्यवस्था कार्यालयका निमित्त कार्यालय प्रमुख पक्राउ
विहे अघि नै छोरी जन्माएकी न्यूजिल्याण्डकी प्रधानमन्त्री विहे गर्दै
विहे अघि नै छोरी जन्माएकी न्यूजिल्याण्डकी प्रधानमन्त्री विहे गर्दै
१४ वर्षीय बालिका बलात्कार प्रकरण फेरी ब्युँतियो, २५ लाखमा मिलापत्र भएको खुलासा
१४ वर्षीय बालिका बलात्कार प्रकरण फेरी ब्युँतियो, २५ लाखमा मिलापत्र भएको खुलासा
नारायणगढ–बुटवल सडकमा १५ पुल अन्तिम चरणमा
नारायणगढ–बुटवल सडकमा १५ पुल अन्तिम चरणमा
सङ्घीय संसद्को अधिवेशन आजदेखि सुरु हुँदै, यस्तो छ कार्यसूची
सङ्घीय संसद्को अधिवेशन आजदेखि सुरु हुँदै, यस्तो छ कार्यसूची
जनतालाई देउवाको प्रश्नः तानाशाही कम्युनिष्ट शासन कि लोकतन्त्र रोज्ने ?
जनतालाई देउवाको प्रश्नः तानाशाही कम्युनिष्ट शासन कि लोकतन्त्र रोज्ने ?

तपाईंले छुटाउनुभयो कि?