हारेपछि कमल थापाको अर्को ट्वीट – म कसैलाई दोष दिन चाहन्न
सारांश
- काठमाडौं, मंसिर २४ –मकवानपुर क्षेत्र नं.
- १ मा एमालेका कृष्णप्रसाद दाहालसँग पराजित राप्रपा अध्यक्ष कमल थापाले पराजयका कारण धेरै भए पनि अहिले बहस गर्ने बेला नभएको टिप्पणी गर्नुभएको छ ।
- चुनावी नतिजा सार्वजनिक भएपछिको तेस्रो ट्वीट गर्दै उहाँले पराजयको दोष कसैलाई नदिने उल्लेख गर्नुभएको छ ।
काठमाडौं, मंसिर २४ –मकवानपुर क्षेत्र नं. १ मा एमालेका कृष्णप्रसाद दाहालसँग पराजित राप्रपा अध्यक्ष कमल थापाले पराजयका कारण धेरै भए पनि अहिले बहस गर्ने बेला नभएको टिप्पणी गर्नुभएको छ ।
चुनावी नतिजा सार्वजनिक भएपछिको तेस्रो ट्वीट गर्दै उहाँले पराजयको दोष कसैलाई नदिने उल्लेख गर्नुभएको छ । पहिलो ट्वीटमा उहाँले दाहाललाई बधाई दिनुभएको थियो भने दोस्रो ट्वीटमा झापाबाट विजयी पार्टी नेता राजेन्द्र लिङ्देनलाई बधाई दिनुभएको थियो ।
पराजयको बिभिन्न कारणहरु छन्,त्यसवारे बहस गर्ने यो बेला होइन।म कसैलाई दोष दिन चाहन्न।यसपटकको पराजयको बावजुद ४७ बर्ष को मेरो राजनीतिक जीवन यात्राको क्रममा मकवानपुरका जनताबाट प्राप्त माया,ममता र सदभाव प्रति म सदैव आभारी छु, ऋणी छु
— Kamal Thapa (@KTnepal) 10 December 2017
प्रतिक्रिया