मेस्सीको कप्तानीमा अर्जेन्टिनाद्वारा कोपा अमेरिका टिमको घोषणा

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ८, २०७६
|
|
१९ पटक हेरिएको
Shares
मेस्सीको कप्तानीमा अर्जेन्टिनाद्वारा कोपा अमेरिका टिमको घोषणा

सारांश

  • काठमाडौँ ।
  • अर्जे्न्टिनाले कोपा अमेरिका खेल्ने टोलीको घोषणा गरेको छ ।
  • यो प्रतियोगिता आगामी जुन १४ देखि जुलाई ७ सम्म ब्राजिलमा हुनेछ ।

काठमाडौँ । अर्जे्न्टिनाले कोपा अमेरिका खेल्ने टोलीको घोषणा गरेको छ । यो प्रतियोगिता आगामी जुन १४ देखि जुलाई ७ सम्म ब्राजिलमा हुनेछ । अर्जे्न्टिनाले २३ सदस्सीय राष्ट्रिय फुटबल टिमको घोषणा गरेको हो । अर्जेन्टिनाका म्यानेजर लिओनेल स्कालोनीले अर्जेन्टिनी फुटबलका लागि उपलब्ध उत्कृष्ट २३ जना छनौट गरेको बताएका छन् ।

टिममा युभेन्टसबाट खेल्ने पाउलो डिबाला, म्यानचेस्टर सिटीबाट खेल्ने सर्जियो अग्युरो फर्किएका छन् भने इन्टर मिलानका माउरो आइकार्डीलाई टिममा समावेश गरिएको छैन । २६ बर्षिय आइकार्डीको यस सिजन इन्टर मिलानमा विवादस्पद रहेको थियो यद्यपी उनले खेलेका ३६ खेलमा १७ गोल गरेका थिए । त्यस्तै लिओनेल मेस्सी गत बर्षको रसिया विश्वकप पछि केवल एक खेल भेनेजुएलाविरुद्ध खेलेका थिए, जसमा अर्जे्न्टिना ३–१ गोल अन्तरले पराजित भएको थियो ।

टिममा गोलकिपरहरु इस्तेबान आन्द्राडा, फ्रान्को आर्मानी र अगस्टिन मार्चे्सिन डिफेण्डरहरु निकोलस ओटामेन्डी, जुयान फोयथ, निकोलस टागलियाफिको, रामिरियो फुनेस मोरी, मार्कोस आकुना, रेन्जो साराभिया, जर्मन पेज्जेल्ला र मिल्टन कास्को मिडफिल्डरहरु एन्जेल डी मारिया, रोबेर्टो पेरेयरा, जियोभानी लो केल्सो, लिनड्रो परेडेस, रोड्रीगो डे पाउल, एक्सक्वियल पालासियस, गुइडो रोड्रीगेज तथा फरवार्डहरु लियोनेल मेसी, सर्जियो अग्युरो, पाउलो डिबाला, लाउटारो मार्टीनेज र माटीयास स्वरेज । अर्जे्न्टिना कोपा अमेरिकामा समूह बीमा कोलम्बिया, पराग्वे र कतारसँग रहेको छ । अर्जेन्टिनाले आफ्नो पहिलो खेल जुन १५ मा कोलम्बियासँग खेल्ने छ ।

(https://www.stellardental.my/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?