पुरूष वेश्याकाे पिडा: प्रत्येक पटकको उफ्राईमा शरीर भरी चिथोर्छन्
सारांश
- पाँच दिनमा ८ पटक सम्पर्क गरेपछी उनि म सँग भेट्न राजी भए तर मोवाईल , क्यामेरा , रेकडर् र ब्याग केही नलाने शर्तमा | दरबारमार्गको एक क्लब अघि मलाई उभिन भनियो | म तोकिएको समयमा क्लब पुगेको थिए तर त्यहाँ कोही थिएन| भर्खर साँझ पर्न लागेकाले क्लबमा चहलपहल न्यून प्राय थियो | सुमन हो ?
- अगाडी बाट आएको लिखुरे, झ्याप्ले केटाले म तर्फ औला तेर्साएर सोध्यो | हो , मैले भने !
- हिड्नु भन्दै उ फर्कियो मैले उसलाई पच्छ्याए| एक जोडी लाजै पचाएर बाहिरै “मुसार्ने” काम गर्दै थिए , म नदेखेझै गरेर केटाको पिछा गरिरहे | उसले मलाई सिडी उकाल्दै माथी एउटा कोठामा पुर्यायो र बस्दै गर्नु भनेर त्यहाँ बाट हरायो| तपाई जे काम गर्नुहुन्छ त्यसमा सन्तुष्ट हुनुहुन्छ ?
पाँच दिनमा ८ पटक सम्पर्क गरेपछी उनि म सँग भेट्न राजी भए तर मोवाईल , क्यामेरा , रेकडर् र ब्याग केही नलाने शर्तमा | दरबारमार्गको एक क्लब अघि मलाई उभिन भनियो | म तोकिएको समयमा क्लब पुगेको थिए तर त्यहाँ कोही थिएन| भर्खर साँझ पर्न लागेकाले क्लबमा चहलपहल न्यून प्राय थियो | सुमन हो ? अगाडी बाट आएको लिखुरे, झ्याप्ले केटाले म तर्फ औला तेर्साएर सोध्यो |
हो , मैले भने !
हिड्नु भन्दै उ फर्कियो मैले उसलाई पच्छ्याए|
एक जोडी लाजै पचाएर बाहिरै “मुसार्ने” काम गर्दै थिए , म नदेखेझै गरेर केटाको पिछा गरिरहे | उसले मलाई सिडी उकाल्दै माथी एउटा कोठामा पुर्यायो र बस्दै गर्नु भनेर त्यहाँ बाट हरायो|
तपाई जे काम गर्नुहुन्छ त्यसमा सन्तुष्ट हुनुहुन्छ ?
सोफामा मस्त ढल्किएर बसेको झन्डै ६ फिट अग्लो , अनुहार नपरेको तर मिलेको शरीर भएको केटोलाई मैले पहिलो प्रश्न सोधे ?
अक्मक्कीदै उ सिधा भयो र ठाडो उत्तर दियो “ सन्तुष्ट नहुँदा किन गरिराख्नु “ ?
दोश्रो प्रश्न राख्नु अघि उसले रेडबुल र मैले कफी पिउने निदो गरिउ मेरो चाहानामा |दुई वर्ष अघि उ यहीँ हामी बसेको क्लबको बाउन्सर थियो | एकदिन एक महिलाले रातको १ बजे रक्सि धेर पिएर बमिट गरिछन् | पछी घर पुर्याईदिनु भन्न थालिन | गाडीको लाइसेन्स भएको उ मात्र थियो| त्यसैले पुर्याउने जिम्मा उसैको भयो | दरबारमार्ग बाट सानेपा पुगुन्जेल ति महिलाले उनको शरीरको विभिन्न स्थानमा स्पर्श गर्दा उनलाई गाडी चलाउन गाह्रो भएको थियो रे | जसोतसो घर पुर्याए अझ कोठा सम्म उनैले समातेर लगे र बेडमा राखे |
बेहोसी महिला उनको छेउमा बसेकी थिइन् हात उनको तिघ्रामा राखेर | उनले आफु क्लब फर्कन ट्याक्सी भाडा मागे | अब भने महिला उठिन र एकोहोरो हेरिन |
उनि रिसाइन् सम्झेर मैले पर्स बोक्न बिर्सेछु , पाँच सय भए पुग्छु उनले नम्र भएर भने |
महिलाले हास्दै दराज बाट आधा बिटो पैसा निकालेर उनलाई दिईन् , उनि छक्क परे | शुरुमा समाएनन तर स्त्री र पैसाको अघि उनि झुके, पैसा गोजीमा राखेर हिड्न लागे | तर ति महिलाले उनलाई च्याप्प समातिन र खाटमा पल्टाइन | चल्न थालिन, चलाउन थालिन | उनले सम्झाउन खोजे , फुत्किन खोजे तर उनको केही लागेन अन्त्यमा उनि म्यामको तिर्खा मेट्न बाध्य भए |
त्यो रात बिहान सम्म म्यामको रोजाईमा उनीहरु उफ्रिरहे | उठेर विदा माग्दा फेरी म्याम उनि सँग जिस्कन थालिन | कपडा खोलेर उनको अघि उभिईन् | उनि फेरी झुके क्लब बाट निस्केको करिब १८ घण्टा सम्म म्यामले उनलाई आफ्नो कब्जामा राखिन , आनन्द लिइरहिन| तर उनको शरीर यता गलेको थियो पैसाको लोभले मैले चुपचाप म्यामको चाहना पुरा गरे |
त्यही दिन बाट सुरु भयो उनको यो व्यबसाय |
त्यसपछी दैनिक उनि म्यामको सेवामा हाजिर हुन्छ | राती १० बजे पछी बिहान ४ बजे सम्म उनले म्यामलाई समय दिएका छन् | म्यामको चाहानामा, रोजाईमा , म्यामले भने जसरी उनि प्यास मेट्दीन्छन् त्यो बापत मोटो रकम पनि लिन्छन |
कति जनालाई सेवा दिनुहुन्छ उनि मौन भएपछी म सोध्छु ?
दिनै भेट्ने त म्यामलाई मात्र हो तर अरु पनि ८,१० जना हुनुहुन्छ उनि भन्छन |
अरुलाई कसरी भेट्नु भयो ?
तपाईलाई मिडियाका मान्छे भेट्न गाह्रो हुन्न नि हैन | जब यसैलाई पेसा बनाए तब आफै नेटवर्क बन्यो उनि डिप्लोम्याटिक उत्तर दिन्छन्|
यहीँ पेशामा जीवन बिताउने मन हो ?
कस्तो प्रश्न सोधेको उनि झर्किन्छन् म तत्कालै प्रश्नलाई सहज बनाउँछु |
अरु केही व्यबसाय पनि गर्ने मन छ कि ?
यो वर्ष गाडी किन्दैछु अर्को वर्ष घर बनाउँछु अनि केही व्यबसाय थालेर सायद छोड्छु | मलाई यो पेशामा आएकोमा कुनै पछुतो छैन | तर लामो समय यो पेसामा रहन गाह्रो छ उनि भन्छन |
किन गाह्रो म सोध्छु कपको कफी सेलाउन लागेकाले त्यता पनि ध्यान दिन्छु |
म्यामहरुको तिर्खा मेट्न निकै तागत चाहिन्छ | “हतियार” गतिलो भएर शरीर फिट हुनेहरु मात्र यो कर्ममा जम्न सक्ने उनि बताउँछन् | म्यामहरु लामो समय यौनको मज्जा लिने धुनमा जुस वा रक्सीमा के के मिसाएर खुवाउनु हुन्छ | जसले स्वास्थ्यमा असर गर्दो रहेछ त्यो म अहिले बुझ्दैछु सुनाउँदा भने उनि अनुहार बिगार्छन |
भनेपछि कहिले काहीँ हीनताबोध पनि हुन्छ ?
प्रत्येक पटकको उफ्राईमा शरीर भरी चिथोर्छन् , दाग शरीरमा भन्दा बढी आत्मामा बस्छ | कहिले काहीँ त अहिलेनै छोडौ जस्तो लाग्छ तर गाह्रो छ छोड्न |
कसरी म जिज्ञासु हुन्छु ?
म्यामहरुले छोड्नु पर्यो नि उनि मुसुक्क मुस्कुराउँदै उत्तर दिन्छन्|
कसरी कसरी आउँछन् यो पेशामा केटाहरु ?
रहर र कर दुवैले | कोही पैसा पाइने , मोजमस्ती पनि हुने धुनमा आउँछन् | कोही अरु केही गर्न नसकेर, काम नपाएर आउँछन् , कोही छिटो पैसा कमाउने धुनमा आउँछन् | सबै कुरा बाट हार खाएर मन नहुँदा नहुँदै आउने पनि धेरै छन् |
तपाईको दैनिकी कसरी बित्छ ?
५ बजे उठ्छु , नियमित ब्रेकफास्ट खान्छु , जिम गर्छु अघिल्लो दिन नै थाहा हुन्छ आज कत्ति जना म्यामहरुलाई समय दिएको छु | त्यसै अनुसार बाहिर निस्कन्छु | कहिलेकाहीँ ५ जना सम्म म्यामहरुलाई सन्तुष्ट पार्नु पर्दा बेलुका मेरो शरीर र मन दुवै ठेगानमा हुँदैन | अनि नशाको सहारामा निदाउँछु |
ग्राहक को को हुन् तपाईहरुको ?
यो त भन्ने कुरा भएन तर जसका बुढा घरमा छैनन्, भए पनि सन्तुष्ट बनाउन सक्दैनन्, डिभोर्स भएको छ अनि उनीहरु सँग प्रसस्त पैसा पनि छ भने उनीहरुले केटाहरुलाई वेश्या बनाउँछन् | यत्ति भनेर उनि मोवाईल निकाल्छन् फोन आएछ | म आईहाले सरी म्याम भन्दै उनि उठ्छन | एकछिन बस्न मिल्दैन म भन्छु | भयो अहिले टाईम छैन भन्दै निस्किन खोज्छन् | म पनि उठ्छु अलि पर्तिर पुगेर तिमीले लुकेर रेकड त गरेनौ ? उनि धम्कीको स्वरमा सोध्छन्|
चाहेको भए सक्थे तर गरिन भन्दै म पनि सिडी ओर्लिन्छु | के के लेख्छौं इन्टरनेटमा राख्नु अगी मलाई देखाउ निर्देशनको शैलीमा उनि बोल्छन् | लेखिसकेर भेटौ न् त म भन्छु |
फोन गर्नु भनेर उनि बुलेट बाईकमा हुइकिन्छन् |
कालो फिटिङ टि सर्ट र सेतो पाइन्टमा रहेका उनको छाती माथी उठेको थियो , कसिलो ज्यान भएका उनि ठियाक्कै भन्दा फिल्मको नायक जस्तो नभएर गुण्डा जस्तो देखिन्थे | उनि सँग मात्र कुरा गरेर स्टोरी प्रकाशित् गर्नु एउटा कोणबाट मात्र हेरेको ठहरिन्थ्यो | त्यसैले मैले अरु अनुसन्धान पनि गर्ने निदो गरे | उनि सँग बाँकी कुरा अर्को भेटमा गर्छु सोचे |

पछिल्लो तथ्यांक अनुसार नेपालमा करिब २५ हजार पुरुष यौनकर्मी वा “जिगोलो” छन् |जो काठमाडौं , पोखरा , धरान , विराटनगर लगायतका ठाउँमा सक्रिय छन् | धेरैजसो भने काठमाडौंमै बस्छन् |३५ देखी ४० वर्ष समुहका महिलाहरुले धेरै पुरुष यौनकर्मीको प्रयोग गरेको पाईन्छ | धनाढ्य परिवारका महिलाहरुले श्रीमान बाट यौन सुख प्राप्त नहुँदा वेश्या पुरुषको प्रयोग गरेका छन् | विशेष गरी लाहुरेका श्रीमती , धनाढ्य वर्गका महिला , वैदेशिक रोजगारमा गएका पुरुषका श्रीमती , श्रीमानले छाडेका महिला पुरुष यौन व्यवसायीका दरिला ग्राहक हुन् |
महिला यौन व्यबसायीको जस्तो वेश्या पुरुषको फिक्स रेट हुन्न | प्राप्त जानकारी अनुसार दश हजार रुपैया लिन्छन् एक पटक सुख दिए बापत | अझ उस्तै महिला परे ठुला ठुला उपहार पनि दिन्छन् | सानातिना उपहार त दैनिक ल्याइदिनुहुन्छ म्यामहरुले म सँग कुरा गर्ने विष पुरुषले बताएका थिए | यसरी मोज गरेर श्रीमतीले पैसा वेश्या पुरुषमा खर्च गर्दा विदेश बाट फर्किएका श्रीमानले सम्पति र श्रीमती दुवै गुमाउने गरेका छन् | कतिपय अवस्थामा महिला यौनकर्मीको प्रयोग गरि महिलाहरुले पुरुष खोज्ने गरेका छन् | प्राय पुरुष यौनकर्मीहरु ग्राहक खोज्दै सडक सडक हिड्दैनन् | डिस्को , रेस्टुरेन्टहरुमा गएर म्यामहरुलाई आनन्दित बनाउछन् कत्तिले त यहीँ व्यबसायलाई मध्यनजर गरेर अपार्टमेन्ट नै लिएर बसेका छन् |
विशेष गरी महीलाहरु मनोरन्जन क्षेत्रमा सक्रिय युवाहरुलाई आफ्नो सेक्स पार्टनर बनाउन बढी रुचि देखाउँछन् | पछिल्लो समय पुरुष यौनकर्मीहरुले सामाजिक संजाल बाट एकल महिला , वैदेशीक रोजगारमा गएका पुरुषका श्रीमतीहरुलाई मायाजाल बिछ्याएर यौन चाहाना पुरा गर्दिने बहानामा धनसम्पत्ति लुट्ने गरेका घट्नाहरु पनि बाहिर आउन थालेका छन् |
पुरुष यौनकर्मी बढ्नुमा बेरोजगारी मुख्य रहेको रक्षा नेपालकी अध्यक्ष मेनुका थापा बताउछिन जागिर नभेटेर हार खाएपछि यो व्यबसायमा आउनेहरु धेरै छन् | विदेश जान पैसा डुबाउनेहरु , घरको पुर्खेउली ऋण भएकाहरु यो पेशामा जबर्जस्ति लागेका छन् | चाडो पैसा जम्मा हुने र लाईफ स्टाईल पनि फेरिने सोचेर यो पेशामा फसेकाहरु धेरै पाइएको छ |
पुरुष यौनकर्मीको कमाई महिनामा झन्डै ५० हजार हुन्छ |
यो सबै तयार गरेपछी मैले उनलाई पुन भेट्न मन गरे उनले यो पटक भाउ नखाई हुन्छ भने | मैले सुरुमै यो पढेरै आउनु होला भनेर मेल गर्दिए | दोश्रो पटक भेट्न जाँदा उनले “एटिटयूड” देखाएनन्| म पुग्दा जुरुक्क उठेर हात मिलाए | मलाई त कथा पढे जस्तो लाग्यो उनि खुसी भएर सुनाउँछन्, म हास्छु मात्र | तिमीलाई मैले हप्काए पनि है उनि भन्छन् म अझै केही बोल्दिन
बिहे कहिले गर्नु हुन्छ नि ? म सोध्छु |
गर्लफ्रेन्ड छिन् ,अब चाडै |
उनलाई थाहा छ यो कुरा?
कहाँ थाहा हुनु ? केटीहरु आफ्नो ब्याईफ्रेन्ड अरु केटी सँग गफ गरेको त मन पराउँदैनन् अझ यस्तो कुरा |
यो व्यबसायमा लाग्नेहरु विवाहित बढी छन् कि अविवाहित ?
अविवाहित, तर म्यामहरु चाहीँ सबै विवाहित हुनुहुन्छ |
तपाईलाई मैले वेश्या पुरुष भन्दा कस्तो फिल गर्नुहुन्छ ? म आखिरी प्रश्न राख्छु |
उनि एकछिन रोकिन्छन्, बोल्छन कि सोचेको केही उत्तर दिंदैनन् | हीनताबोध देखिन्छ अनुहारमा | मौनताले स्वीकृति जनाउँछ सायद त्यस्तै होला सम्झेर म विदा हुन खोज्छु |
हस् राजन जी म जान्छु समय दिनु भयो, आफ्नो कुरा सुनाउनु भयो धेरै धेरै धन्यवाद |
मलाई पनि खुसी लाग्यो कसैलाई नसुनाको कुरा सेयर गर्न पाए |
(“एभरेष्टटक डटकम) बाट साभार ।
प्रतिक्रिया