डेढ वर्षभित्रै महाकाली करिडोरको ट्र्याक खुल्छ : प्रमुख सचेतक लेखक

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १७, २०८०
|
|
४४ पटक हेरिएको
Shares
डेढ वर्षभित्रै महाकाली करिडोरको ट्र्याक खुल्छ : प्रमुख सचेतक लेखक

सारांश

  • महेन्द्रनगर ।
  • नेपाली कांग्रेसका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले अबको डेढ वर्षभित्र महाकाली करिडोरको ट्र्याक खुलिसक्ने बताएका छन् ।
  • करिडोरको शून्य विन्दु कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा आइतबार स्थलगत अनुगमन गर्दै प्रमुख सचेतक लेखकले विगतमा सरकारले निर्णय नगर्दा करिडोरअन्तर्गत रुख कटान आदेश र अन्य प्रक्रियागत कारणले ढिलाइ भएको बताए ।

महेन्द्रनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले अबको डेढ वर्षभित्र महाकाली करिडोरको ट्र्याक खुलिसक्ने बताएका छन् ।

करिडोरको शून्य विन्दु कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा आइतबार स्थलगत अनुगमन गर्दै प्रमुख सचेतक लेखकले विगतमा सरकारले निर्णय नगर्दा करिडोरअन्तर्गत रुख कटान आदेश र अन्य प्रक्रियागत कारणले ढिलाइ भएको बताए ।

“अहिलेको सरकारले करिडोरअन्तर्गत पर्ने कञ्चनपुरदेखि दार्चुलासम्मको रुख कटान आदेश दिएर काम अघि बढिसकेको छ”, उनले भने, “वर्ष डेढ वर्षभित्रमा करिडोरको ट्र्याक खुलेर कालोपत्र गर्ने चरणमा जान्छ ।”

रुख कटानको अनुमति नमिल्दा कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढासम्मको पहिलो प्याकेजको काम ठेक्का भएको करिब डेढ वर्षदेखि प्रभावित थियो ।

“आउँदो दशैँसम्म यही ट्र्याकबाट जोगबुढा पुग्ने गरी काम गर्ने भनिएको छ”, उनले भने, “अब माथिका जिल्लाहरूमा पनि रुख कटान आदेश आइसकेकाले अब निर्माण प्रभावित हुँदैन ।”

नेपाल–भारत र चीनसित जोड्ने र त्रिदेशीय नाकाका रूपमा विकास गर्ने अवधारणाका साथ अघि बढेको करिडोरको ६० प्रतिशत ट्र्याक खुलेको छ ।

महाकाली करिडोर दार्चुला–तिङ्कर सडक योजनाका प्रमुख लक्ष्मण जोशीले करिडोरको काम द्रुत गतिमा अघि बढेको जानकारी दिए । उनले कञ्चनपुरसँगै बैतडी र दार्चुलामा करिडोरको ट्र्याक खोल्नका लागि रुख कटानको अनुमति आइसकेको जानकारी दिए ।

करिडोरअन्तर्गत चार सय २५ किलोमिटर ट्र्याकमध्ये केही भाग नेपाली सेनाले खोलिरहेको छ । करिडोरको अनुगमनमा प्रमुख सचेतक लेखकसँगै सुदूरपश्चिम प्रदेशसभा सदस्य बेलबहादुर राना र मधु भारती, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरालगायतको सहभागिता रहेको थियो ।

(www.bricks4kidz.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वभर तेलको मूल्य बढ्यो, नेपालमा पनि बढाउने तयारी
विश्वभर तेलको मूल्य बढ्यो, नेपालमा पनि बढाउने तयारी
ओली सरकारको १० महिने उपलब्धिमुलक काम ।
ओली सरकारको १० महिने उपलब्धिमुलक काम ।
फेवातालमा पर्यटक सुरक्षाका लागि प्रहरीको आकस्मिक एक्सनः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक पक्राउ
फेवातालमा पर्यटक सुरक्षाका लागि प्रहरीको आकस्मिक एक्सनः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक पक्राउ
जैविक तटबन्ध निर्माण शुरु
मोबाइल हरायो चिन्ता छैन, प्रहरीमा उजुरी गर्नुहोस्
मोबाइल हरायो चिन्ता छैन, प्रहरीमा उजुरी गर्नुहोस्
साफ च्याम्पियनसिप फुटबल
साफ च्याम्पियनसिप फुटबल
माओवादी उम्मेदवारलाई आक्रमण गर्ने विप्लव कार्यकर्तालाई कांग्रेसको संरक्षणः प्रचण्ड
माओवादी उम्मेदवारलाई आक्रमण गर्ने विप्लव कार्यकर्तालाई कांग्रेसको संरक्षणः प्रचण्ड
यू-१९ महिला टी-२० विश्वकप छनौटमा जित्नैपर्ने खेलमा आज नेपाल र युएई भिड्दै
यू-१९ महिला टी-२० विश्वकप छनौटमा जित्नैपर्ने खेलमा आज नेपाल र युएई भिड्दै
नेविसंघका अध्यक्ष महरलाई पाँच उपाध्यक्षहरुको यस्तो चेतावनी
नेविसंघका अध्यक्ष महरलाई पाँच उपाध्यक्षहरुको यस्तो चेतावनी
लालीगुराँस आवासीय माविमा विद्यार्थीको स्वास्थ्य परीक्षण
लालीगुराँस आवासीय माविमा विद्यार्थीको स्वास्थ्य परीक्षण