ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ःगृहमन्त्री शर्मा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १२, २०७४
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, १२ असार ।
  • गृहमन्त्री जनार्दन शर्माले ढुक्क भएर निर्वाचनमा भाग लिन मतदातालाई आग्रह गर्नुभएको छ ।
  • रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा मिलाएको भन्दै ढुक्क भएर निर्वाचनमा भाग लिन मतदातालाई आग्रह गर्नुभएको हो ।

काठमाडौँ, १२ असार । गृहमन्त्री जनार्दन शर्माले ढुक्क भएर निर्वाचनमा भाग लिन मतदातालाई आग्रह गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा मिलाएको भन्दै ढुक्क भएर निर्वाचनमा भाग लिन मतदातालाई आग्रह गर्नुभएको हो ।

गृहमन्त्री शर्माले भन्नुभयो– “पहिलो चरणको निर्वाचन सम्पन्न गर्दाका अनुभवका आधारमा समेत सुरक्षा योजनालाई थप विकसित र परिमार्जन गरिएको छ, सुरक्षामा कुनै समस्या छैन, ढुक्क रुपमा सुरक्षित भएर मत खसाल्ने वातावण मिलाइएको छ ।”

नेकपा (विप्लव समूह) र राष्ट्रिय जनता पार्टीसमेत निर्वाचनमा स्वतन्त्र रुपमा भाग लिएको भन्दै उहाँले निर्वाचन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री शर्माले भन्नुभयो – “म निर्वाचन हुने सबै प्रदेशमा गएर सुरक्षा निकायहरुसंगको अन्तक्र्रिया र छलफल गरी हरेक जिल्ला र हरेक मतदान केन्द्रका सुरक्षा योजनालाई परिमार्जित गरिएको अवस्था छ, निर्वाचनमा भाग लिन कुनै डर छैन ।”

नेपालको राजनीतिमा सकारात्मक प्रतिस्पर्धा सुरु हुने भएकाले यो ऐतिहासिक परिघटनामा जनताको ठूलो उत्साह रहेकाले निर्वाचनमा भाग लिन सबैलाई आग्रह गर्दै उहाँले दोस्रो चरणको निर्वाचनका लागि मौन अवधि सुरु भएकाले यसलाई पालना गर्न सबै राजनीतिक दललाई आग्रह गर्नुभयो ।

दोस्रो चरणअन्तर्गत यही असार १४ गते बुधबार प्रदेश नं १, ५ र ७ का ३५ जिल्लामा स्थानीय तहको निर्वाचन हुँदैछ । सो निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतको प्रयोग गर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
गिट्टी र बालुवाको उत्खनन रोक्न निषेधाज्ञायुक्त परमादेश जारी
गिट्टी र बालुवाको उत्खनन रोक्न निषेधाज्ञायुक्त परमादेश जारी
गौशाला-२६ को गोपनीयता भंग गरेको आरोपमा एक जना पक्राउ
गौशाला-२६ को गोपनीयता भंग गरेको आरोपमा एक जना पक्राउ
रोमाञ्चक सुपर ओभरमा भारत विजयी, श्रीलंकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप
रोमाञ्चक सुपर ओभरमा भारत विजयी, श्रीलंकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप
कास्कीमा ५६ हजारको स्वास्थ्य बीमा
कास्कीमा ५६ हजारको स्वास्थ्य बीमा
7 Ayurvedic Face Packs For Glowing Skin
7 Ayurvedic Face Packs For Glowing Skin
सरकारको एक वर्ष : पर्यटनमा जागेको आशा
सरकारको एक वर्ष : पर्यटनमा जागेको आशा
गठबन्धनबाट सबैभन्दा बढी फाइदा काँग्रेसलाई छ : देउवा
गठबन्धनबाट सबैभन्दा बढी फाइदा काँग्रेसलाई छ : देउवा
अब नेपालमै मोबाइल सेट उत्पादन गरिने….
अब नेपालमै मोबाइल सेट उत्पादन गरिने….
आलम जेल नगएसम्म छोराको किरिया नगर्ने
आलम जेल नगएसम्म छोराको किरिया नगर्ने

तपाईंले छुटाउनुभयो कि?