ढुक्क हुनोस्, सबै राप्रपा एक हुन्छन्ः सहायक महामन्त्री बर्तौला

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १०, २०७५
|
|
१७ पटक हेरिएको
Shares
ढुक्क हुनोस्, सबै राप्रपा एक हुन्छन्ः सहायक महामन्त्री बर्तौला

सारांश

  • काठमाडौं, १० असार।
  •   टुटफुटबाट कमजोर बनेको राप्रपाका सबै समुह ढिलोचाँडो एकै ठाउँमा आउने राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले ठोकुवा गरेका छन् ।
  • शनिबार  पार्टीको रामेछाप–काठमाडौं सम्पर्क समाजको कार्यक्रममा बोल्दै बर्तौलाले पार्टी फुट्नु ठूलो गल्ती भएको भन्दै अब एक नहुनु अर्को महागल्ती हुने हुँदा एकताको विकल्प नभएको जिकिर गरे ।

काठमाडौं, १० असार।  टुटफुटबाट कमजोर बनेको राप्रपाका सबै समुह ढिलोचाँडो एकै ठाउँमा आउने राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले ठोकुवा गरेका छन् ।

शनिबार  पार्टीको रामेछाप–काठमाडौं सम्पर्क समाजको कार्यक्रममा बोल्दै बर्तौलाले पार्टी फुट्नु ठूलो गल्ती भएको भन्दै अब एक नहुनु अर्को महागल्ती हुने हुँदा एकताको विकल्प नभएको जिकिर गरे । उनले एकीकृत पार्टीको महाधिवेशनको जगमा टेकेर एकता हुने स्पष्ट पारे ।

हामीबिच कुनै सैद्धान्तिक वैचारिक मतभेद छैन, सानातिना प्राविधिक कुराको समाधान खुल्ला छाती र पार्टीको सुदुर भविश्यलाई केन्द्रमा राखेर मिलाइन्छ । कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य लालध्वज लामाले संगठन सुदृढीकरणलाई महत्वका साथ अगाडि बढाउनु पर्नेमा जोड दिए । तीन नम्बर प्रदेशका सांसद रिता माझीले युवा पुस्तालाई राप्रपामा प्रचुर संभावना र अवसर रहेको भन्दै मुलुकको राष्ट्रियता, प्रजातन्त्रको संरक्षणका साथै आर्थिक समृद्धिको निमित्त राप्रपाले लिएको बाटो नै सही भएको दाबी गरिन् ।

कार्यक्रममा अर्का केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख विजय खड्काले सैद्धान्तिक र वैचारिक रुपमा प्रतिबद्ध कार्यकर्ताको जमातले मात्र गन्तब्यमा पुगिने भन्दै प्रवासमा रहेका लाखौं परिश्रमी युवाहरुलाई देश निर्माणमा स्वदेश फर्काउनु आवश्यक भएको विचार ब्यक्त गरे । कार्यक्रममा केन्द्रीय सदस्य सरस्वती श्रेष्ठ, राजु श्रेष्ठ लगायतले आआफ्नो धारणा राखेका थिए ।

बुद्धिकृष्ण चौहानको संयोजकत्वमा राप्रपाको काठमाडौं–रामेछाप सम्पर्क समाज भेला आयोजक समिती गठन भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?