तस्करहरुले किन ताेके कुकुरका लागि ८० लाख रुपैयाँ बराबरको मुल्य ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १३, २०७५
|
|
४२ पटक हेरिएको
Shares
तस्करहरुले किन ताेके कुकुरका लागि ८० लाख रुपैयाँ बराबरको मुल्य ?

सारांश

  • कोलम्बिया लागु औषध तस्करीका लागि बदनाम छ, त्यहाँ हरेक वर्ष लागु औषधका तस्करहरु बढीरहेका छन् ।
  • तर सोब्रा नामको एउटा कुकुरले लागु औषध तस्करको निद हराम गरेको छ ।
  • यो कुकुरले २ वर्षमा झण्डै ६८ करोडभन्दा बढी रुपैयाँ बराबरको लागु औषध पक्राउ गर्नमा सहयोग गरेको छ ।

कोलम्बिया लागु औषध तस्करीका लागि बदनाम छ, त्यहाँ हरेक वर्ष लागु औषधका तस्करहरु बढीरहेका छन् । तर सोब्रा नामको एउटा कुकुरले लागु औषध तस्करको निद हराम गरेको छ ।यो कुकुरले २ वर्षमा झण्डै ६८ करोडभन्दा बढी रुपैयाँ बराबरको लागु औषध पक्राउ गर्नमा सहयोग गरेको छ । यहि कारण तस्करहरुले यो कुकुरका लागि ८० लाख रुपैयाँ बराबरको मुल्य तोकेका छन्।

तस्करले आफ्नो समूहमा यो कुकुरलाई जिउदै अथवा मारेर ल्याउनेलाई  ८० लाख रकम इनाम दिइने सन्देश पठाएका छन् । कोलम्बियाको प्रहरीले पनि तस्करले पठाएको यो सन्देशका बारेमा ट्वीट गरेको छ ।

जर्मन शेफर्ड सोब्रा नामको कुकुर पछिल्लो २ वर्षदेखि कोलम्बिया प्रहरी विभागमा काम गरिरहेको छ । प्रहरी रिर्पाेटका अनुसार यो कुकुरको सहयोगबाट अहिलेसम्म २ सय ४५ जना अपराधी पक्राउ परेका छन् । यो कुकुरले दुईवटा विमानस्थलमा ड्युटी गर्छ । पहिलोपटक सोब्राले २०१६ मा आफ्नो क्षमता देखाएको थियो । त्यसपछि यो कुकुरलाई एउटा अनुसन्धानका लागि केराको बाकसमा गुप्त तरिकाले राखिएको थियो ।

केराको बाकसबाट सोब्राले त्यहाँ लुकाएर राखेको २ हजार ९ सय ५८ किलो कोकिन बरामद गर्न सहयोग गरेको थियो । केराको भित्र कोकिनले भरिएको यो बाकस बेल्जियम पठाउन लागिएको थियो ।

त्यस्तै २०१७ मा पनि यहि कुकुरले बेल्जियम पठाउन लागिएको १.१ टन कोकीन पनि बरामद गर्न सहयोग गर्‍यो । गएको जुनमा पनि यहि कुकुरको सहयोगमा प्रहरी ५.३ टन कोनीन बरामद गर्न सफल भयो ।
अझ रोचक कुरा त के छ भने यो कुकुर बुलेटप्रुफ गाडीमा आवतजावत गर्छ, यसको सुरक्षा गर्न २ जना बन्दुकधारी प्रहरी खटिएका हुन्छन्, विमानस्थलको सुरक्षाका लागि यो कुकुरलाई ६ घण्टा राखिन्छ, यो कुकुरको उमर ६ वर्षको रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?