एकताको चर्चाले देखियो प्रभाव, एकहजार ५०० एमालेमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १८, २०७४
|
|
४० पटक हेरिएको
Shares
एकताको चर्चाले देखियो प्रभाव, एकहजार ५०० एमालेमा प्रवेश

सारांश

  • जितपुर, कपिलवस्तु, १८ असोज  ः नेपाली राजनीति केही दिनयता वामपन्थी दलको एकताले तातेको छ भने यसको असर कपिलवस्तु जिल्लामा पनि परेको छ ।
  • स्थानीय चुनावमा नेपाली काँग्रेससँग तालमेल गरेको नेकपा (माओवादी केन्द्र) एकाएक नेकपा (एमाले) सित चुनावमा तालमेलसँगै पार्टी एकता गर्ने निर्णय गरेपछि यहाँको राजनीति ह्वात्तै तातेको हो ।
  • यसको प्रभाव गाउँगाउँसम्म परेको छ ।

जितपुर, कपिलवस्तु, १८ असोज  ः नेपाली राजनीति केही दिनयता वामपन्थी दलको एकताले तातेको छ भने यसको असर कपिलवस्तु जिल्लामा पनि परेको छ ।

स्थानीय चुनावमा नेपाली काँग्रेससँग तालमेल गरेको नेकपा (माओवादी केन्द्र) एकाएक नेकपा (एमाले) सित चुनावमा तालमेलसँगै पार्टी एकता गर्ने निर्णय गरेपछि यहाँको राजनीति ह्वात्तै तातेको हो ।

यसको प्रभाव गाउँगाउँसम्म परेको छ । काठमाडौँमा तीन वामपन्थी दलको एकताको घोषणा भइरहँदा यता कपिलवस्तुमा ठूलो संख्यामा विभिन्न पार्टी परित्याग गरी करिब एक हजार ५०० नेता तथा कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

एमाले कपिलवस्तुले मंगलबार पकडीमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा निर्वाचित वडाध्यक्षसहित प्रभावशाली नेता एमालेमा प्रवेश गरेका हुन् ।

महाराजगञ्ज नगरपालिका–१० का वडा अध्यक्ष शैलेन्द्र चौधरी, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा ५ नम्बर प्रदेशका कार्यवाहक अध्यक्ष इसरार मोहम्मद खाँन, माओवादी केन्द्रका केन्द्रीय सदस्य विनोद चौधरी, राजपाका जिल्लास्तरका नेता जगन्नाथ कुर्मी, नवीन चौधरीलगायत नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

वडाध्यक्ष चौधरी स्वतन्त्रबाट निर्वाचित भएका थिए । पार्टी प्रवेशीलाई एमालेका सचिव प्रदीप ज्ञवालीले टीका लगाएर स्वागत गर्नुभएको थियो ।

सो अवसरमा छोटो मन्तव्य राख्दै उहाँले प्रदेश र संघको निर्वाचनमा जाँदा माओवादी केन्द्र पनि सूर्य चिह्न लिएर चुनाव लडेर देशव्यापी रुपमा केन्द्र र प्रदेशमा बहुमतको सरकार बनाउने दाबी गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिन्दु र मुस्लिम युवतीले गरे विवाह, समाजिक संजालमा भाइरल दुई युवतीको फोटो
हिन्दु र मुस्लिम युवतीले गरे विवाह, समाजिक संजालमा भाइरल दुई युवतीको फोटो
पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ल्याइयो
पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ल्याइयो
एमाले अध्यक्ष केपी ओली,बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र पार्टीका प्रचार विभाग प्रमुख एवम् युवा नेता योगेश भट्टराई लगायतले अभिनय गर्नुभएको यो गीति भिडियो भाइरल
एमाले अध्यक्ष केपी ओली,बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र पार्टीका प्रचार विभाग प्रमुख एवम् युवा नेता योगेश भट्टराई लगायतले अभिनय गर्नुभएको यो गीति भिडियो भाइरल
मन्त्री विष्टसँग अनुहार मिलेपछि डिजल छर्केर जिउँदै जलाउने प्रयास
मन्त्री विष्टसँग अनुहार मिलेपछि डिजल छर्केर जिउँदै जलाउने प्रयास
अब सवारीमा जोर-बिजोर
अब सवारीमा जोर-बिजोर
११९ स्थानीय तहमा बैंक जान नसक्दा के हुन्छ !
११९ स्थानीय तहमा बैंक जान नसक्दा के हुन्छ !
तल्लो सेती जलविद्युत्मा एडिबी र जाइकाको चासो
तल्लो सेती जलविद्युत्मा एडिबी र जाइकाको चासो
चीनमा प्रधानमन्त्री ओलीले भुले याे महत्वपुण सम्झाैता
मेडिकल कलेजका नाममा ‘मान्छे मार्दै’ याे अस्पताल
मेडिकल कलेजका नाममा ‘मान्छे मार्दै’ याे अस्पताल
फरार पूर्वसभासद् कार्की जेल चलान
फरार पूर्वसभासद् कार्की जेल चलान