नेपालकाे २०० रन पुरा, सन्दिप अर्धसतक बनाएर अाउट !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १६, २०७५
|
|
२२ पटक हेरिएको
Shares
नेपालकाे २०० रन पुरा, सन्दिप अर्धसतक बनाएर अाउट !

सारांश

  • काठमाडाैँ १६ असाेज ।
  • बंगलादेशमा जारी यु१९ एसिया कप क्रिकेट प्रतियाेगितामा युएइ विरुद्ध  खेलिरहेकाे नेपालले २०० रन पुरा गरेकाे छ ।
  • २ सय ६९ रनकाे लक्ष्य पछ्याएकाे नेपालले एकचालिसाैँ अाेभरमा ५ विकेट गुमाएर २०० रन बनाएकाे हाे ।

काठमाडाैँ १६ असाेज । बंगलादेशमा जारी यु१९ एसिया कप क्रिकेट प्रतियाेगितामा युएइ विरुद्ध  खेलिरहेकाे नेपालले २०० रन पुरा गरेकाे छ । २ सय ६९ रनकाे लक्ष्य पछ्याएकाे नेपालले एकचालिसाैँ अाेभरमा ५ विकेट गुमाएर २०० रन बनाएकाे हाे । भने सन्दिप जाेरा अर्धसतकिय पारी खेल्दै ६७ रन बनाएर अाउट भएका छन् ।

सुरुवाती ब्याट्सम्यान सस्तैमा गुमाएपछि नेपाल  केहीबेर स‌घर्ष गरेकाे थियाे । त्यसपछि कप्तान माेहमद अासिफ शेख र सन्दिप जाेराले नेपालकाे पारी सम्हालेका थिए । अासिफले अाउट हुनुअघि ३५ रन बनाएका थिए । भने सन्दिप जाेरासँग ५९ रनकाे साझेदारी गरेका थिए ।

४१ अाेभरकाे खेल सकिँदा नेपाललाई ९ अाेभरमा ६९ रनकाे अावश्यकता रहेकाे छ भने ५ विकेट हातमा छ । राे‍हित कुमार पाैडेलले अाफ्नाे अर्धसतक पुरा गरेका छन् भने उनलाई साथ दिन नयाँ ब्याट्सम्यान अरुन एेरी क्रिजमा अाएका छन् ।

 टस जितेर पहिले ब्याटिङ् गरेको युएइले निर्धारित ५० ओभरमा राम्रो प्रदर्शन गर्दैै २ सय ६८ रन बनाएको थियो । युएइलाई राम्रो सुरुवात दिने क्रममा फहज नवाज र अन्स टन्डनले १ सय ५९ रनको प्रारम्भिक साझेदारी गरेका थिए । आउट हुनुअघि टन्डनले ६७ र नवाजले ८४ व्याक्तिगत रन बनाएका थिए । नेपालका लागि भने पवन सर्राफ, नन्दन यादव र रसिद खानले समान दुई दुई विकेट लिएका थिए ।

प्रतियोगिताबाट बाहिरीसकेका नेपाल र युएइका युवा टोली सान्त्वना जितको खोजिमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?