ताप्लेजुङमा श्रीमान्को हत्या गरि श्रिमति फरार
सारांश
- ताप्लेजुङ, ३१ जेठ ।
- बुधबार राति धारिलो हतियार प्रहार गरी एक महिलाले श्रीमान्को हत्या गरेकी छन्।
- ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा २५ वर्षीय शर्मिला लिम्बूले २४ वर्षीय श्रीमान् दुर्गा लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
ताप्लेजुङ, ३१ जेठ । बुधबार राति धारिलो हतियार प्रहार गरी एक महिलाले श्रीमान्को हत्या गरेकी छन्।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा २५ वर्षीय शर्मिला लिम्बूले २४ वर्षीय श्रीमान् दुर्गा लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
हत्यापछि आफ्नी ५ वर्षीया छोरीलाई समेत घरभित्रै थुनेर शर्मिला राति नै फरार भएको ताप्लेजुङका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।
मृतक बाबुसँगै रातभर रहेकी छोरी बिहान देखि रोयको रोयै गरेको आवाज सुनेपछि छर छिमेकीले थाहा पाएका थिए। फरार भएकी शर्मिलाको खोजी भइरहेको र घटनाको अनुसन्धान भइरहेको बस्नेतले बताए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया