हुम्लामा हिमपात, एसइई परीक्षार्थी समस्यामा
सारांश
- हुम्ला।
- यहाँ चैतको दोस्रो साता पुनः हिमपात भएको छ ।
- जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो।
हुम्ला। यहाँ चैतको दोस्रो साता पुनः हिमपात भएको छ । जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो। चैतको दोस्रो साता हिमपात हुँदा एसइई परीक्षा दिने परीक्षार्थीलाई समस्या बनाएको छ।
हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या बनाउने भएको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्रध्यक्ष अमरबहादुर शाहीले बताए। जिल्लामा सोमबार दिनभरि पानी परेको थियो भने आज बिहानदेखि हिमपात शुरु भएको छ।
चैत १० गतेबाट सञ्चालन भएको एसइई परीक्षा दिने परीक्षार्थीलाई हिमपात हुँदा चिसो बढेको छ भने चिसोले गर्दा लेख्न समस्या बनाएको छ। सोमबार बिहानदेखि मौसम बदलिएसँगै आज बिहानबाट हिमपात भएको छ। जिल्लाको बेँसीतिर पानी परिरहेको छ । उत्तरी नाम्खा गाउँपालिकामा बढी हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
जिल्लामा बिहानदेखि हिमपात हुँदा तापक्रम माइनसमा झर्नुको साथै एसइई परीक्षा दिने विद्यार्थीलाई समस्या बनाएको छ। यस वर्षको एसइईमा जिल्लाबाट ९५३ जना विद्यार्थी परीक्षामा नियमित सहभागी छन्। रासस
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया