फुटपाथ खाली गर्न जारी गरिएको सुचनाको म्याद आज सकिदै,अटेर गरे सामाग्रीहरु जफत गरिने

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १५, २०७४
|
|
२८ पटक हेरिएको
Shares
फुटपाथ खाली गर्न जारी गरिएको सुचनाको म्याद आज सकिदै,अटेर गरे सामाग्रीहरु जफत गरिने

सारांश

  •   पोखरा लेखनाथ महानगरपालिका वडा नं.
  • २५ मा पर्ने पोखरा बाग्लुङ् हाईवेको मापदण्ड भित्रको फुटपाठ खाली गर्न वडा कार्यालयले जारी गरेको सार्वजनिक सुचनाको समयसिमा आज सकिदै छ ।
  • तर, अन्तिम समयसम्म पनि कुनै प्रगति नभएको सरोकारवालाहरुले बताएका छन् ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. २५ मा पर्ने पोखरा बाग्लुङ् हाईवेको मापदण्ड भित्रको फुटपाठ खाली गर्न वडा कार्यालयले जारी गरेको सार्वजनिक सुचनाको समयसिमा आज सकिदै छ । तर, अन्तिम समयसम्म पनि कुनै प्रगति नभएको सरोकारवालाहरुले बताएका छन् । यो समाचार तयार पार्दा सम्म सडकको छेउछाउमा राखिएका कुनै पनि सामाग्रीहरु हटाईएको छैन् ।

सडकको मापदण्ड भित्र राखिएका निर्माण सामाग्रीहरु, मिलनचोको फुटपाथ पसलका टहराहरु, ग्यारेजवका अगाडी राखिएका पुराना सवारी तथा टायरहरु, पराल, काठ तथा गाडीको पार्कीङ् अहिले सम्म पनि यथावत राखिएको छ । सडक छेउमा जथाभावि रुपमा राखिएका ति सामाग्रीहरुका कारण सडक सुरक्षाको चुनौती बढेको र आसपासको क्षेत्र अव्यवस्थित तथा फोहोर देखिएका कारण हटाउन लागिएको उल्लेख गरेका पोखरा लेखनाथ महानगरपालिका वडा नं. २५ का वडा अध्यक्ष शोभाखर तिम्सीनाले भने आजको दिनमा आंशिक भएपनि प्रगति हाषिल हुने विश्वास व्यक्त गर्नुभयो ।

तर, वडाको आग्रह अनुसार सडकको मापदण्ड भित्रमा फर्ने क्षेत्र खालि नगरे भोलीदेखी महानगरको सहयोगमा सामाग्रीहरु जफत गर्ने वडाले चेतावनी दिएको छ । आज सम्मको समयसिमा दिएर दुईसाता भन्दा अगाडी देखी सार्वजनिक सुचना जारी गरिए पनि अहिले सम्म व्यावहारीक तथा ठोष उपलब्धि हाषिल हुन नसकेकामा भने वडाका जनप्रतिनिधिशरुले चिन्ता व्यक्त गरेका छन् । यसअघि निर्वाचित भएसंगै पदभार ग्रहणताका उनिहरुले वडाको फोहोरमैलाको व्यवस्थापन, सरसफाई तथा फुटपाथलाई सुरक्षित बनाउने प्रतिवद्धता जाहेर गरेका थिए ।

पोखराको याम्दी पुलदेखी घट्टेखोलमा सम्मको क्षेत्रमा पर्ने उक्त सडकको दायाँ बायाँ विभिन्न निर्माणका सामाग्रीहरु, फुटपाठ पसल, पार्कीङ्, वक्ससप लगायत रहेका छन् । जसका कारण फुटपाठ साँधुरिएको र पैदलयात्रुको सुरक्षा जोखिम बढेको जनप्रतिनिधिहरुले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुठी विधेयकको विरोध सेलाउ नपाउँदै गुठी संस्थान खारेज गर्न माग
गुठी विधेयकको विरोध सेलाउ नपाउँदै गुठी संस्थान खारेज गर्न माग
एमाले २४, माओवादी ९ र कांग्रेस ५ स्थानमा विजयी (हेर्नुस् कसको कति अग्रता)
एमाले २४, माओवादी ९ र कांग्रेस ५ स्थानमा विजयी (हेर्नुस् कसको कति अग्रता)
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषकका लागि बरदान
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषकका लागि बरदान
सुत्केरी गराउने क्रममा आमा र शिशुको मृत्यु
सुत्केरी गराउने क्रममा आमा र शिशुको मृत्यु
मल वितरण प्रभावकारी बनाउन सांसदहरूको जोड
मल वितरण प्रभावकारी बनाउन सांसदहरूको जोड
ऋण मिनाहको माग गर्दै हजारौ कृषक राजधानीमा
ऋण मिनाहको माग गर्दै हजारौ कृषक राजधानीमा
दृष्टिविहीन गिटी कुटेर परिवार पाल्दै
दृष्टिविहीन गिटी कुटेर परिवार पाल्दै
राप्रापा को नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज
राप्रापा को नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज
तीन वर्षभित्र सबै नेपालीको घरमा उज्यालो पुर्याइनेः मन्त्री पुन
तीन वर्षभित्र सबै नेपालीको घरमा उज्यालो पुर्याइनेः मन्त्री पुन
प्रधानमन्त्री ओलीलाई गगन थापाको चेतावनी : ‘सरकार ५० वर्ष चलाउनुस् तर सरकारले सत्ता नचलाओस्’
प्रधानमन्त्री ओलीलाई गगन थापाको चेतावनी : ‘सरकार ५० वर्ष चलाउनुस् तर सरकारले सत्ता नचलाओस्’

तपाईंले छुटाउनुभयो कि?