आज एकता संयोजन समितिको वैठक बस्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
आज एकता संयोजन समितिको वैठक बस्ने

सारांश

  • काठमाडौं, ६ फागुन – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको लागि आज एकता संयोजन समितिको वैठक बस्दैछ ।
  • प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालले केही दिनदेखि शुरु भएको एकतासम्बन्धी छलफललाई आइतबार पनि निरन्तरता दिने भएका छन् ।
  • आज दुई नेताको छलफल सकिएपछि वाम एकता संयोजन समितिको बैठक बोलाएका हुन् ।

काठमाडौं, ६ फागुन – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको लागि आज एकता संयोजन समितिको वैठक बस्दैछ । प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालले केही दिनदेखि शुरु भएको एकतासम्बन्धी छलफललाई आइतबार पनि निरन्तरता दिने भएका छन् ।

आज दुई नेताको छलफल सकिएपछि वाम एकता संयोजन समितिको बैठक बोलाएका हुन् ।
दुवै नेताले एकता प्रक्रिया सकारात्मक ढंगले अघि बढेको बताउँदै आएका छन् । हिजो शनिबार पनि दुई नेताबीच छलफल भएको थियो ।

तीनचारदिनभित्रमा सरकारको विस्तार हुने जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले बताए । उनले भने, ‘पार्टी पनि एकता हुन्छ, अहिले दोभानमा छौं । एमाले र माओवादी रहँदैन । नेपाल कम्युनिष्ट पार्टी हुनेछ’ उनले भने ।

माओवादीका तर्फबाट मन्त्रीहरू नआउँदासम्म एमालेबाट समेत मन्त्री नथपिने ओलीले अडान लिएका छन् ।  आजै एकता संयोजन समितिबाट प्याकेजमै सहमति गरी टुंग्याउने पहल भैरहेको मन्त्री पण्डितले बताए ।

हिजो प्रधानमन्त्री ओलीले मन्त्रिमण्डलमा छिटो मन्त्रीहरु पठाउन अध्यक्ष दाहालसँग आग्रह गरेका थिए । मन्त्रिपरिषद विस्तारमा ढिलाइ गर्न नहुने भन्दै सकेसम्म आज आइतबार नै कुनै निष्कर्षमा पुग्न आग्रह गरेको स्रोतले जनाएको छ । सरकारमा मन्त्रीहरू पठाउन अध्यक्ष दाहालसँग आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओली भैसकेपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्षलगायत मुख्य पदको भागबन्डा टुंगाउन बाँकी छ ।

(https://jeepadvices.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?