यसरी जन्मियो ‘खबर हराएको चिठी’ !
सारांश
- काठमाडौँ, २० भदौ ।
- यतिबेला काठमाडौँ स्थित मण्डला नाटक घरमा नाटक ‘खबर हराएको चिठी’ मञ्चन भैरहेको छ ।
- २०७४ सालमा मण्डला मै आयोजना भएको एक कार्यशालामा सहभागी युवा निर्देशकहरुको समूहले यो नाटकको लेखन, निर्देशन तथा अभिनय गरेको हो ।
काठमाडौँ, २० भदौ । यतिबेला काठमाडौँ स्थित मण्डला नाटक घरमा नाटक ‘खबर हराएको चिठी’ मञ्चन भैरहेको छ । २०७४ सालमा मण्डला मै आयोजना भएको एक कार्यशालामा सहभागी युवा निर्देशकहरुको समूहले यो नाटकको लेखन, निर्देशन तथा अभिनय गरेको हो ।

सोही कार्यशालाको दोस्रो संस्करण अन्तर्गत गएको साउनमा पोखरामा भएको युवा निर्देशकहरु भेला भएका थिए । त्यहाँ अघिल्लो संस्करणमा अधुरो रहेको नाटक मञ्चन गर्ने काम यो पटक पुरा गर्ने धेयले विषयवस्तु तथा नाटक निर्माण प्रक्रियामाथि छलफल भयो । अन्ततः प्रशिक्षक विमल सुवेदीको सहजीकरणमा सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका नागरिक तथा तिनका परिवारले भोगिरहेका समस्यालाई समेटेर नाटक खबर हराएको चिठी निर्माण भयो । १२ जना निर्देशकहरु मिलेर तयार परिएको यो नाटक चार फरक कथालाई मिलाएर तयार परिएको छ ।

नाटक निर्माणका क्रममा सहभागी सबैले बेपत्ता नागरिक र तिनका परिवार सम्बन्धि विविध सन्दर्भ सामग्री संकलन गरेर ल्याएका थिए । भने पोखरा आसपासका वास्तविक द्वन्द्व पिडितसँग प्रत्यक्ष कुराकानी पनि गरिएको थियो । तर नाटकमा उनीहरुको मात्र नभएर नेपाल भरी रहेका द्वन्द्व पिडितहरुको दुःख पिडा मात्र नभएर सामथ्र्य, संघर्ष र अधिकारका लागि उठाइएका आवाजहरु पनि समेट्न खोजिएको निर्माण पक्षको भनाई छ । नाटक चलिरहेको धार भन्दा भिन्न रहेको र यसमा दर्शकलाई डाँको छोडेर रुवाउन सक्ने सामथ्र्य रहेको उनीहरु बताउँछन् ।
नाटकमा सामूहिक लेखन, निर्देशन तथा अभिनय गर्नेहरुमा आकांक्षा कार्की, चेतन आंथुपो, केदार श्रेष्ठ, सुदाम सिके, सिजन दाहाल, चे शंकर, किरण चाम्लिङ् राई, परिवर्तन, पत्रिका घिमिरे, रेनुका कार्की पशुपति राई र सोनम लामा रहेका छन् ।
नाटक ‘खबर हराएको चिठी’ पोखराको गन्धर्व नाटक घरमा यस अघि नै भदौ ८, ९ र १० मा मञ्चन भैसकेको छ भने काठमाडौँको मण्डला नाटक घरमा मञ्चनको क्रममा छ । भदौ १५ मा सुरु भएको नाटक भदौ २४ सम्म चल्नेछ ।
प्रतिक्रिया