तिहारः शीर्ष नेतालाई कस्ले लगाइदिन्छ टीका ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २२, २०७५
|
|
४९ पटक हेरिएको
Shares
तिहारः शीर्ष नेतालाई कस्ले लगाइदिन्छ टीका ?

सारांश

  • काठमाडौँ, २२ कात्तिक।
  • राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई यतिबेला तिहारको रमझमले छोएको छ ।
  • तिहारको टीका लगाउन र लगाइदिन उनीहरूले तयारी गरेका छन् ।

काठमाडौँ, २२ कात्तिक। राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई यतिबेला तिहारको रमझमले छोएको छ । तिहारको टीका लगाउन र लगाइदिन उनीहरूले तयारी गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले कान्छो भाइ डेगेन्द्र पाण्डेलाई शुभसाइतमै राष्ट्रपति भवन शीतल निवासमा टीका लगाइदिने शीतल निवासले जानकारी दिएको छ ।

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले दुई बहिनीको हातबाट टीका थाप्ने तयारी गरिरहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीलाई टीका लगाइदिन झापामा रहेकी बहिनी कौशल्या कोइराला र चितवनमा रहेकी अर्की बहिनी विष्णुकुमारी ढकाल काठमाडौँ आइसकेका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने बरखीमा छन् । गतवर्ष दिवंगत भएका छोरा प्रकाश दाहालको जूठो नसकिएकाले उनले यसवर्ष टीका थाप्ने छैनन् । त्यसो त प्रचण्डले तिहारमा कहिल्यै टीका लगाउँदैनन् ।

यस्तै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले ज्वाइँको निधन भएका कारण यसपटक तिहारको कुनै कार्यक्रम हुने छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठस्थित निवासमै तिहार मनाउँदै छन् । देउवाले विगतमा जस्तै यसवर्ष पनि बहिनी सुशीला खड्काको हातबाट टीका लगाउने उनको सचिवालयले जानकारी दिएको छ ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बहिनी बसुधा पोखरेलको हातबाट टीका लगाउनेछन् । त्यस्तै झलनाथ खनालले भने भक्तपुरमा रहेकी जेठी दिदी यशोधादेवी आचार्य र काठमाडौमा रहेकी बहिनी कुसुम खनालको हातबाट शुभसाइतमै टीका थाप्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गायिका मिलन अमात्यले गरिन् डिभोर्स
गायिका मिलन अमात्यले गरिन् डिभोर्स
देउवाको दाबी : ‘ओलीले फुर्ति नलाए हुन्छ, अबको प्रधानमन्त्री मै हुँ’
देउवाको दाबी : ‘ओलीले फुर्ति नलाए हुन्छ, अबको प्रधानमन्त्री मै हुँ’
लामिछाने विरुद्ध आज थुनछेक बहस हुने
लामिछाने विरुद्ध आज थुनछेक बहस हुने
सुन तस्करी प्रकरण :  ‘रेडी ट्रेड प्रालि’को गोदाममा छापा, ५५ बाकस ब्रेक प्याड नियन्त्रणमा
सुन तस्करी प्रकरण : ‘रेडी ट्रेड प्रालि’को गोदाममा छापा, ५५ बाकस ब्रेक प्याड नियन्त्रणमा
कम्बोडियाबाट फर्केपछि प्रधानमन्त्रीले भने, ‘आवेशमा च्यातेर बहस गर्ने होइन’
कम्बोडियाबाट फर्केपछि प्रधानमन्त्रीले भने, ‘आवेशमा च्यातेर बहस गर्ने होइन’
निर्वाचनको समाचार संकलन कार्य सहज हुनुपर्ने – महासचिव विष्ट
निर्वाचनको समाचार संकलन कार्य सहज हुनुपर्ने – महासचिव विष्ट
विवादमा ‘एक भगवत् गीता’
विवादमा ‘एक भगवत् गीता’
एनसेलले ल्यायो ‘एनसेल जबसप’, रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एउटै प्लेटफर्म
एनसेलले ल्यायो ‘एनसेल जबसप’, रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एउटै प्लेटफर्म
आजदेखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालन हुँदै
आजदेखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालन हुँदै
भारतसँग पराजित हुँदै साफ च्याम्पियनसिपबाट नेपाल बाहिरियो
भारतसँग पराजित हुँदै साफ च्याम्पियनसिपबाट नेपाल बाहिरियो