तीज गीतमा दुई नायिका वर्षा राउत र वर्षा शिवाकोटी (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २५, २०७४
|
|
२१ पटक हेरिएको
Shares
तीज गीतमा दुई नायिका वर्षा राउत र वर्षा शिवाकोटी (भिडियोसहित)

सारांश

  • काठमाडौं ।
  • नायिका वर्षा राउत र वर्षा सिवोकाटी अभिनिति एक तिज गीतको भिडियो सार्वजनिक भएको छ ।
  • ‘अहिलेको तीजैमा नाचौ छमछम’ बोलको यस गीतमा दुर्इ बर्षालाई नचाउने काम भने नृत्य निर्देशक गम्भीर विष्टले गरेका छन् ।

काठमाडौं । नायिका वर्षा राउत र वर्षा सिवोकाटी अभिनिति एक तिज गीतको भिडियो सार्वजनिक भएको छ ।

‘अहिलेको तीजैमा नाचौ छमछम’ बोलको यस गीतमा दुर्इ बर्षालाई नचाउने काम भने नृत्य निर्देशक गम्भीर विष्टले गरेका छन् ।

म्यूजिक भिडियोको निर्देशक तथा संचारकर्मी सुव्रत आचार्य हुन् भने राजकुमार बगरको शब्द तथा सुदाम थापाको संगीत रहेको यो गीतमा गायिका सिन्धु मल्लको आवाज छ ।

अर्जुन तिवारीको छायांकन रहेको गीतको भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् । दुइ बर्षाले पनि एकसाथ काम गर्न पाउँदा खुशी लागेको बताए ।

चलचित्र क्षेत्रमा नायिकाद्धय बर्षा राउत र बर्षा सिवाकोटीको राम्रै चर्चा छ । यी दुइविच शितयुद्ध चलिरहेको छ भन्ने खालका समाचार पनि सार्वजनिक नभएका होइनन् । तर, यी दुइ अहिले आफूहरु मिल्ने साथी भएको बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?